Skip to main content

धनगढी न्यूज

विद्या भण्डारीसँग ओलीले भने- सदस्यताको समस्या छैन, कुरा राजनीतिक हो

Advertisement

५ साउन, काठमाडौं । नेकपा एमालेको केन्द्रीय कार्यालय च्यासलमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी आइतबार दोस्रोपटक पुगेकी थिइन् । संविधान सभाका अध्यक्ष एवं एमालेका तत्कालीन उपाध्यक्ष सुवास नेम्वाङको श्रद्धाञ्जली कार्यक्रममा भण्डारी पहिलोपटक च्यासल पुगेकी थिइन् ।

राजनीतिक प्रयोजनका निम्ति भने आइतबार पहिलोपटक च्यासल पुगेकी हुन् । एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसँग वार्ता गर्न पूर्वराष्ट्रपति भण्डारी च्यासल पुगेकी थिइन् ।

राष्ट्रिय राजनीतिमै चासोका साथ हेरिएको यो भेटवार्ता पौने दुई घण्टा चल्यो । भेटवार्तापछि ओली सहित वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेल, उपाध्यक्ष सुरेन्द्र पाण्डे, स्थायी कमिटी सदस्य कर्ण थापा लगायतसँग सामूहिक तस्वीर लिइयो ।

नेताहरूसँग सामूहिक र ओली–भण्डारीको तस्वीर राखेर कतिपय एमाले नेताहरूले ‘एकताको सन्देश’ भनिरहेका छन् । तर उच्च स्रोतका अनुसार हाँस्दै बाहिरिएका ओली र भण्डारीबीचको सम्वाद सार्वजनिक टिप्पणी जस्तो थिएन । बरु एकले अर्कालाई गलाउने, र अप्ठ्यारो पार्नेगरी चलेको थियो ।

ओली आफू निकट नेताहरूले भण्डारीको सदस्यता नवीकरण होल्डमा राखिएको सार्वजनिक अभिव्यक्ति दिएकोमा सम्वाद केन्द्रीत थियो । ‘विद्या भण्डारीको सदस्यता नवीकरण होल्डमा राखिएको, नवीकरण नै नहुने र राजनीतिमै आउन नदिने जस्तो कुरा ओली नजिक भनिने नेताहरूले सार्वजनिक रुपमै भनिरहनु भएको,’ भंगाल स्रोत भन्छ, ‘पूर्वराष्ट्रपतिले यसैबारे अध्यक्षको धारणा माग्नु भएको थियो ।’

सचिवालय र पोलिटब्यूरो बैठकमा नभएको कुरालाई निर्णय भनी प्रचार विभागका प्रमुख राजेन्द्र गौतमले पत्रकारहरूलाई सुनाएको प्रसंग पनि भण्डारीले उठाएकी थिइन् । ‘बैठकबाट कुनै निर्णय भएको हुँदैन, अनि छलफलमा कसैले उठाएको कुरालाई निर्णय भनेर सार्वजनिक गर्न मिल्छ ?,’ भण्डारीको प्रश्न थियो ।

स्रोतका अनुसार ओलीले भने सदस्यता नवीकरणको विषयमा समस्या नै नरहेको बताएका थिए । ‘तपाईंको सदस्यतामा समस्या होइन, त्यो प्राविधिक कुरा हो, भइहाल्छ,’ ओलीले भनेका थिए, ‘मैले राजनीतिक कुरा गर्न खोजेको हो ।’ ओलीले राजनीतिक विषय भनेर पूर्वराष्ट्रपतिको प्रसंग उठाएका थिए ।

‘पूर्वराष्ट्रपतिले राजनीतिमा आउँदा राम्रो सन्देश जाँदैन । तपाईं नआउनुस्’, ओलीको आग्रह थियो, ‘सम्मान लिएर बस्दा नै ठीक हुन्छ ।’

जवाफमा पूर्वराष्ट्रपति भण्डारीले भने धेरै अगाडि बढिसकेको बताइन् । ‘सदस्यता नवीकरण यसपटकको कुरा होइन । पोहोरै भइसकेको हो । तपाईसँग धेरैचोटी कुरा पनि भएकै हो’, पूर्वराष्ट्रपति भण्डारीले भनेकी थिइन् ।

तर, अहिले सदस्यता नवीकरणको कुरा उठाएर मुद्दा विषयान्तर गरिनु ठीक नहुने पनि भण्डारीले बताएकी थिइन् । अगाडि बढेर भण्डारीले अब च्यासलमा आफू नियमित आउने पनि जानकारी दिएकी थिइन् । च्यासल नियमित आउने सन्दर्भमा भने ओलीले स्वागत गरिने बताएका थिए । अन्लाईन खबार बाट साभार

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढी, असार ५ - राष्ट्रिय परीक्षा बोर्ड (NEB) अन्तर्गत कक्षा १२ को परीक्षामा धनगढीस्थित एसपीए कलेजकी छात्रा नीतिका अवस्थी व्यवस्था...
सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

गृहमन्त्री सुधन गुरुङले सिन्धुलीको प्रहरी हिरासतमा श्रीकृष्ण विश्वकर्माको निधन भएको विषयमा छानबिन समिति गठन भई प्रतिवेदन प्राप्त भ...
बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको हिमाली गाउँपालिका–३ लामापाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाको खार्पुनाथ गाउँपालिकाका २३ जनालाई प्रहरीले पक्राउ गरेको छ...
कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरका खेलकुद पूर्वाधारमा बजेट विनियोजन भएपछि धमाधम संरचना निर्माण अघि बढेको छ। जिल्ला खेलकुद समिति कञ्चनपुरका अनुसार यहाँ क्र...