Skip to main content

धनगढी न्यूज

राना समुदायमा ‘सावन डोला’को रौनक

Advertisement

धनगढीः साउन महिना सुरु भएसँगै सुदूरपश्चिम प्रदेशका रानाथारू र कठरिया थारू समुदायमा ‘सावनको डोला’ (सावनियाँ डोला)को रौनक सुरु भएको छ।

दुवै समुदायको बसोबास रहेका गाउँमा पूजाआजासहित विधिपूर्वक डोला राखेसँगै यसको रौनक सुरु भएको हो। रानाथारूले सावन (साउन) की डोला र कठरिया थारूले सवनियाँ डोला भन्ने गरे पनि खेल्ने र रमाउने तरिका भने मिल्दोजुल्दो छ। कैलाली, कञ्चनपुरमा बस्ने रानाथारू बस्तीमा श्रावण कृष्णपक्ष प्रतिपदाको दिन सावनकी डोला राखिएका छन्।

काठको चार वटा खम्बा गाडेर त्यसको बिचमा काठकै बलियो डन्डी राखी डोला तयार पारिएको छ। डन्डीमा बलियो डोरी बाँध्ने र त्यसमा काठको फ्ल्याक राखेर गाउँका महिला सामूहिक रूपमा डोला (पिङ) खेल्ने चलन यो समुदायमा रहेको छ। रानाथारू समुदायमा साउन महिनामा परम्परादेखि नै डोला राख्ने र खेलेर रमाउने चलन रहेको नेपाल आदिवासी जनजाति महासङ्घ कञ्चनपुरका सचिव साहेब रानाले जानकारी दिए।

उनका अनुसार डोलालाई सजाएर महिलाले लोकभाकामा लोकगीत गाउने र डोलामा झुल्दै (खेल्दै) रमाउने चलन रहेको छ। डोला खेल्ने महिलामा उत्साह थप्नका लागि पुरुषले ठुलो आवाजमा गीत गाएर रमाउने चलन छ। सावनको डोला खेल्ने र रमाउने क्रम श्रावण शुक्लपक्ष तृतीयासम्म चल्छ। तृतीयाको दिन दिदीबहिनी, दाजुभाइ र भतिजाको दीर्घायु, सुस्वास्थ्यको कामना गर्दै तिज व्रत बस्ने गरेको पूर्वप्रदेश सभा सदस्य मालामती रानाथारू बताउछिन्।

तिजमा महिलाले डोलामा राखिएको डोरी काटेर सेलाएपछि सावनको डोलाको उत्सव समापन हुने गरेको उनको भनाइ छ । तिजमा सिमही, गुलगुला, पपरालगायतको परिकार खाने चलन छ। यसै गरी कैलालीमा बसोबास रहेको कठरिया थारू बस्तीमा पनि सावनियाँ डोला राखिएको छ। विभिन्न गाउँमा विधि, रीतिपूर्वक डोला राखेर सजाइएको स्थानीय अर्जुन कठरियाले जानकारी दिए। उनका अनुसार कठरिया थारू समुदायमा एक पाख अर्थात् १५ दिनसम्म सावनियाँ डोला खेल्ने र रमाउने चलन छ। साउन १३ गतेसम्म गाउँमा सावनियाँ डोला खेलिने जनाइएको छ।दिनेश खबर बाट साभार

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढी, असार ५ - राष्ट्रिय परीक्षा बोर्ड (NEB) अन्तर्गत कक्षा १२ को परीक्षामा धनगढीस्थित एसपीए कलेजकी छात्रा नीतिका अवस्थी व्यवस्था...
सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

गृहमन्त्री सुधन गुरुङले सिन्धुलीको प्रहरी हिरासतमा श्रीकृष्ण विश्वकर्माको निधन भएको विषयमा छानबिन समिति गठन भई प्रतिवेदन प्राप्त भ...
बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको हिमाली गाउँपालिका–३ लामापाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाको खार्पुनाथ गाउँपालिकाका २३ जनालाई प्रहरीले पक्राउ गरेको छ...
कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरका खेलकुद पूर्वाधारमा बजेट विनियोजन भएपछि धमाधम संरचना निर्माण अघि बढेको छ। जिल्ला खेलकुद समिति कञ्चनपुरका अनुसार यहाँ क्र...