धनगढी न्यूज

प्रचण्डको अपिल– धेरै व्याख्या नगरौँ, पार्टी एकता र संयुक्त मोर्चा बनाऔँ

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकता तथा बलियो संयुक्त मोर्चा बनाउन अपिल गरेका छन् । नेकपाका संस्थापक महासचिव पुष्पलालको ४७ औँ स्मृति दिवसको अवसरमा बुधबार काठमाडौँमा आयोजना भएको कार्यक्रममा उनले अपिल गरेका हुन् । कार्यक्रममा प्रचण्डले कम्युनिस्ट पार्टीहरू अलग अलग नभई संयुक्त बलियो मोर्चा बनाउन समेत आग्रह गरे ।

‘दलाल पुँजीवादसँग समर्पित हुने तत्त्वप्रति उदारता देखायौँ भने कुनै कम्युनिस्ट आन्दोलनको अर्थ रहने छैन । दलाल पुँजीवादविरुद्ध खडा हुने सबैसँग एकता, सहकार्य र ध्रुवीकरण हुन जरुरी छ ।

मलाई लाग्छ दलाल पुँजीवाद र नोकरशाहीविरुद्ध एक हुन सक्यौँ भने बलियो कम्युनिस्ट मोर्चा बनाउन सक्छौँ’, उनले भने, ‘त्यसैले बलियो कम्युनिस्ट मोर्चा बनाउन म अपिल गर्छु । पार्टी एकता पनि गरौँ । संयुक्त मोर्चा पनि बनाऔँ । धेरै व्याख्या गर्न आवश्यक छैन । पार्टी एकता र संयुक्त मोर्चा बनाए मात्र पुष्पलालप्रति सच्चा सम्मान हुन्छ ।’

पुष्पलाल सबैले सम्मान गर्ने दार्शनिक, राजनीतिज्ञ भएको स्मरण गर्दै उनले जो दलाल पुँजीवादीका पछि लाग्छन् उनीहरू सच्चा कम्युनिस्ट नभएको जिकिर गरे ।रातो पाटी बाट साभार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रो पात्रो
लोक सेवा तयारी
महत्त्वपूर्ण लिन्क
live stream
×