Skip to main content

धनगढी न्यूज

कोशीमा डिजिटल घुस काण्ड : अप्ठ्यारो परेपछि मन्त्रीले आफ्नै सहयोगी चिनेनन्

Advertisement

आफ्नो सचिवालयमा नभएको दाबी गर्दा उनले आफ्नै सहयोगीलाई नचिनेको शैलीमा प्रस्तुत भएका थिए । सोमबार प्रदेशसभा बैठकमै माओवादी केन्द्र गणेश उप्रेतीले मण्डलमाथि छानविनको माग गरेका हुन् ।

कोशी प्रदेश सभामा डिजिटल घुसकाण्डमा छानबिन गरी दोषीलाई कारबाहीको माग गर्दै सांसद गणेश उप्रेती (बायाँ) र वन तथा वातावरणमन्त्री सदानन्द मण्डल ( दायाँ)।

सोमबार प्रदेशसभा बैठकमै माओवादी केन्द्र गणेश उप्रेतीले मण्डलमाथि छानविनको माग गरेका हुन् । उनले मुख्यमन्त्री हिक्मतकुमार कार्की र कांग्रेस संसदीय दलका नेता उद्धव थापाको पनि जवाफ माग गरे ।

सचिवालयका कर्मचारी अमृत मेहताले कर्मचारीलाई पठाएको क्युआर कोड सार्वजनिक भएपछि मन्त्री मण्डल विवादमा छन् । उनले घुस मागेको कुनै प्रमाण भए ल्याउन चुनौती दिएका थिए ।

अमृत मन्त्री मण्डलका नजिकका सहयोगी हुन् । मन्त्रालयमा निजी सचिवको काम उनले नै गर्थे । तर शैक्षिक योग्यता कम भएका कारण नियुक्ती भने भाइ सन्तोष मेहताको नाममा थियो । घस मागेको विवाद सार्वजनिक भएपछि उनी मन्त्रालयमा देखिएका छैनन् ।

कोशी प्रदेश : घुस विवादमा वनमन्त्री, प्रश्नसँग भागे मुख्यमन्त्री

‘बजारमा आएको न्यूजमा देखिएको क्युआर कोड कसको हो, के प्रयोजनको लागि, कसलाई, किन दिएको हो, यो विषयमा मेरो कुनै पनि संलग्नता छैन,’ उनले भनेका थिए,‘ क्युआर कोडमा उल्लिखित व्यक्ति मेरो सचिवालयको सदस्य होइनन् । निजलाई के कति कारणले क्युआर पठाइएको हो, कानुनी दायरामा झिकाई अनुसन्धान गर्नको लागि सम्बन्धित निकायलाई अनुरोध गर्दछु ।’

‘कुनै व्यक्तिले क्युआर कोड पठाएको विषयमा मलाई जोड्न मिल्छ ? यो प्रकरणमा मलाई घोर अन्याय भएको छैन ?’, उनले भनेका थिए, ‘मेरो सचिवालय वा मैले यसरी क्युआर कोड पठाएर रकम मागेको प्रमाण छ भने ल्याउन चुनौती दिन चाहन्छु ।’

आफ्नो सचिवालयमा नभएको दाबी गर्दा उनले आफ्नै सहयोगीलाई नचिनेको शैलीमा प्रस्तुत भएका थिए । तर मन्त्रीको भनाइप्रति विश्वास गर्ने आधार नभएको कांग्रेस संसदीय दल स्रोत बताउँछ ।

‘मन्त्रीको अनुमति बिना सचिवालयको कर्मचारीले कसरी क्युआर कोड पठाउछ रु’ संसदीय दल स्रोतले भन्यो,‘ सचिवालयका कर्मचारीले सल्लाह बिना कसैलाई क्युआर कोड पठाउने आट गर्दैन ।’

 

आफू समस्यामा परेपछि मन्त्रीले सचिवालयका कर्मचारीलाई नै नचिन्ने जस्तो गरी अभिव्यक्ती दिएको संसदीय स्रोतको दाबी छ । मन्त्री मण्डल भने सुभचिन्तक र पार्टीका नेतासँग घुस नमागेको भन्दै कसम खाने गरेको स्रोत बताउँन् ।

माओवादीले माग्यो छानबिन

मन्त्रीको जवाफ पछि असन्तुष्ट बनेको नेकपा माओवादी केन्द्रले मन्त्रीमाथि छानबिन र मुख्यमन्त्रीको धारणा सार्वजनिक गर्न माग गरेको छ ।

‘कुनै पनि चोरले मैले चोरेको हुँ भनेर स्वीकारेको आजसम्म इतिहास छैन । कुनै पनि भ्रष्टाचारीले मैले भ्रष्टाचार गरेँ भनेर चाहिँ आफै सदनमा आएर वा अदालत अगाडि पुगेर भनेको इतिहास छैन’, माओवादी केन्द्रका सांसद गणेश उप्रेतीले भने,‘ कुनै पनि श्रीमानले तिम्रो बयानको आधारमा चोरेको होइन भनिसकेपछि उसलाई घर पठाउँछ कि त्यसको अनुसन्धान गर्छ ? ’

उनले मन्त्री मण्डलले कर्मचारीलाई क्युआर पठाएको विषय भने घुमाउरो तरिकाले स्वीकार गरेको दाबी गरे ।

‘भ्रष्टाचार चाहिँ भएको छ, तर मेरो नम्बरबाट भा छैन भनेर उहाँले चाहिँ भन्नुभयो, अब, यो विषयमा पटक– पटक कुरा उठ्यो,’ उनले भने,‘ उहाँले आएर, यो मैले गर्या छैनू भन्ने बित्तिकै प्रश्न उठिसकेपछि यसको अनुसन्धान हुनुपर्छ कि पर्दैन रु यसको छानबिन हुनुपर्छ कि पर्दैन ?’

घुस विवादमा कोशीका वनमन्त्रीले भने : खाँदै नखाको विषले जिउँदै मार्‍यो

उनले मुख्यमन्त्री हिक्मतकुमार कार्की र कांग्रेस संसदीय दलका नेता उद्धव थापाले लाचार प्रवृति देखाएको दाबी गरे ।

‘उहाँहरुको यो लाचार प्रवृत्ति जो देखिन्छ यो सदनमा, यो सरकारमा, आफ्ना क्याबिनेटमा भएका मन्त्रीहरुको खुलेआम घुसका प्रकरणहरु, भ्रष्टाचारका प्रकरणहरु उठिरहँदा’, उनले भने,‘ केन्द्रीय क्याबिनेटमा पनि घुस खानेहरुको बाहिर विषय आइरहँदा पनि प्रधानमन्त्री चाहिँ आनन्द मानेर बसिराख्नुभएको छ र यहाँ मुख्यमन्त्रीज्यू पनि आनन्द मानेर बसिराख्नुभएको छ ।’

यो सरकारको जवाफ नि आउनुपर्छ कि पर्दैन ? यसको छानबिन हुनुपर्छ कि पर्दैन ?’, उनले भने, ‘मैले, क्यूआर पठाएर भ्रष्टाचार गरेको होइन भन्ने बित्तिकै यसको छुट पाउने ?… .यसको जवाफ उहाँले९मुख्यमन्त्रीले० दिनुपर्छ, सम्बन्धित दलले दिनुपर्छ ।’अन्लाईन खबर बाट साभार

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढी, असार ५ - राष्ट्रिय परीक्षा बोर्ड (NEB) अन्तर्गत कक्षा १२ को परीक्षामा धनगढीस्थित एसपीए कलेजकी छात्रा नीतिका अवस्थी व्यवस्था...
सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

गृहमन्त्री सुधन गुरुङले सिन्धुलीको प्रहरी हिरासतमा श्रीकृष्ण विश्वकर्माको निधन भएको विषयमा छानबिन समिति गठन भई प्रतिवेदन प्राप्त भ...
बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको हिमाली गाउँपालिका–३ लामापाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाको खार्पुनाथ गाउँपालिकाका २३ जनालाई प्रहरीले पक्राउ गरेको छ...
कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरका खेलकुद पूर्वाधारमा बजेट विनियोजन भएपछि धमाधम संरचना निर्माण अघि बढेको छ। जिल्ला खेलकुद समिति कञ्चनपुरका अनुसार यहाँ क्र...