Skip to main content

धनगढी न्यूज

Day: July 28, 2025

कोशीमा डिजिटल घुस काण्ड : अप्ठ्यारो परेपछि मन्त्रीले आफ्नै सहयोगी चिनेनन्

आफ्नो सचिवालयमा नभएको दाबी गर्दा उनले आफ्नै सहयोगीलाई नचिनेको शैलीमा प्रस्तुत भएका थिए । सोमबार प्रदेशसभा बैठकमै माओवादी केन्द्र गणेश उप्रेतीले मण्डलमाथि छानविनको माग गरेका हुन् । कोशी प्रदेश सभामा डिजिटल घुसकाण्डमा छानबिन गरी दोषीलाई कारबाहीको माग गर्दै सांसद गणेश उप्रेती (बायाँ) र वन तथा वातावरणमन्त्री सदानन्द मण्डल ( दायाँ)। सोमबार प्रदेशसभा बैठकमै माओवादी केन्द्र गणेश उप्रेतीले मण्डलमाथि छानविनको माग गरेका हुन् । उनले मुख्यमन्त्री हिक्मतकुमार कार्की र कांग्रेस संसदीय दलका नेता उद्धव थापाको पनि जवाफ माग गरे । सचिवालयका कर्मचारी अमृत मेहताले कर्मचारीलाई पठाएको क्युआर कोड सार्वजनिक भएपछि मन्त्री मण्डल विवादमा छन् । उनले घुस मागेको कुनै प्रमाण भए…
Read More
मधेसमा सामान्य वर्षा, २४ घण्टामा कहाँ कति पर्‍यो पानी ?

मधेसमा सामान्य वर्षा, २४ घण्टामा कहाँ कति पर्‍यो पानी ?

बारा । मनसुनमै खडेरी झेलेको मधेस प्रदेशमा पछिल्लो २४ घण्टामा केही वर्षा भएको छ । २४ घण्टा यता मधेसमा सबैभन्दा धेरै वर्षा सर्लाहीको कर्मैयामा र सबैभन्दा कम वर्षा सिराहाको गोलबजारमा भएको छ । सिमरा विमानस्थल, जल तथा मौसम कार्यालयको समन्वयमा विभिन्न जिल्लाबाट लिइएको तथ्याङ्क अनुसार आइतबार बिहान ८ः४५ देखि सोमबार बिहान ८ः४५ सम्मको विवरणमा सर्लाहीको कर्मैया बजारमा २१ दशमलव ६ मिलीमिटर र सबैभन्दा कम वर्षा सिराहाको गोलबजारमा ५ दशमलव ४ मिलीमिटर भएको छ । मधेस प्रदेशका ८ जिल्लामध्ये महोत्तरी जिल्लामा भने छिटफुट मात्रै वर्षा भएको छ । सप्तरीको कपानी बजारमा २१ दशमलव ४ मिलीमिटर, रौतहटको चन्द्रपुरमा १६ दशमलव ६ मिलीमिटर,…
Read More
गोसाइँकुण्डमा नुहाउँदा २ जना बेपत्ता, खोजीका लागि सेनासहित सुरक्षाकर्मी पठाइयो

गोसाइँकुण्डमा नुहाउँदा २ जना बेपत्ता, खोजीका लागि सेनासहित सुरक्षाकर्मी पठाइयो

१२ साउन, रसुवा । पवित्र तीर्थस्थल गोसाइँकुण्डमा स्नानको क्रममा आइतबार दुई जना तीर्थालु बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय रसुवाका प्रमुख हेमबहादुर शाहीका अनुसार बेपत्ता हुनेमा मोरङ जिल्ला विराटनगरका दुई युवक सुजन ढकाल र मोरङ बेलवारीका मनोज न्यौपाने रहेका छन् । गहिरो ठाउँबाट स्नान गर्न कुण्डमा पसेका कारण उनीहरु डुबेर बेपत्ता भएको आँकलन गरिएको छ । बेपत्ताको खोजीका लागि नेपाली सेना श्रीनाथ गण, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका अधिकृत तथा जवानलाई आइतबार नै गोसाइँकुण्ड पठाइसकिएको छ ।अन्लाईन खबर बाट साभार बाट साभार
Read More
विपक्षी समूहका दुई कार्यकर्तालाई इरानले दियो मृत्युदण्ड

विपक्षी समूहका दुई कार्यकर्तालाई इरानले दियो मृत्युदण्ड

इरान सरकारले प्रतिबन्धित विपक्षी समूह मोजाहिदिन-ए-खलक (एमइके) का दुई सदस्यलाई मृत्युदण्ड दिएको छ। घरेलु हतियार प्रयोग गरेर सर्वसाधारण र सार्वजनिक संरचनामा आक्रमण गरेको आरोपमा दोषी ठहर भएका बेहरुज एहसानी-इस्लामलु र मेहदी हसनीलाई इरानले आइतबार मृत्युदण्ड दिएको हो। ६९ वर्षका बेहरूज र ४८ वर्षका मेहदीलाई इरानी अदालतले २०२४ को सेप्टेम्बरमै दोषी ठहर गरेको थियो। फैसला पुनरवलोकनका लागि उनीहरूले गरेको माग उच्च अदालतले अस्वीकार गरिदिएको थियो। सरकारी सञ्चारमाध्यम मिजानका अनुसार, उनीहरूले समूहको निर्देशनमा मोर्टार र प्रक्षेपक बनाएर नागरिक, आवासीय भवन, सेवा केन्द्र, विद्यालय र च्यारिटी संस्थामा आक्रमण गरेका थिए। अदालतले उनीहरूलाई 'मोहरबेह' अर्थात् ईश्वरविरुद्ध युद्ध छेडेको, आतङ्ककारी समूहको सदस्यता लिएको र सार्वजनिक सम्पत्ति नष्ट…
Read More
अछाममा एक वर्षमा ४५ सवारी दुर्घटना

अछाममा एक वर्षमा ४५ सवारी दुर्घटना

अछाम : पछिल्लो एक वर्षमा अछाममा ४५ वटा सवारी दुर्घटना भएका छन् गत आर्थिक वर्षमा भएका उक्त दुर्घटनामा परी चार जनाले ज्यान गुमाएका छन् भने कैयौँ घाइते भएका छन्। विज्ञापन जिल्ला ट्राफिक प्रहरी कार्यालय अछामका अनुसार मृत्यु हुनेमध्ये दुई पुरुष, दुई महिला छन्। दुर्घटनामा आठ जना गम्भीर घाइते भएका छन् भने ६७ जना सामान्य घाइते भएको कार्यालयको तथ्याङ्कमा उल्लेख गराएको छ। ‘‘सवारी दुर्घटनाको प्रमुख कारण तीव्र गति, नियम उल्लङ्घन र चालकको लापरबाही हो,’’ ट्राफिक कार्यालय प्रमुख पदम सिंह महराले भने। महराका अनुसार गत आर्थिक वर्षमा ट्राफिक नियम उलङ्घन गर्ने दुई हजार आठ सय ४२ वटा सवारी साधनहरुलाई कारबाही गरिएको छ।…
Read More