Skip to main content

धनगढी न्यूज

विपक्षी समूहका दुई कार्यकर्तालाई इरानले दियो मृत्युदण्ड

Advertisement

इरान सरकारले प्रतिबन्धित विपक्षी समूह मोजाहिदिन-ए-खलक (एमइके) का दुई सदस्यलाई मृत्युदण्ड दिएको छ।

घरेलु हतियार प्रयोग गरेर सर्वसाधारण र सार्वजनिक संरचनामा आक्रमण गरेको आरोपमा दोषी ठहर भएका बेहरुज एहसानी-इस्लामलु र मेहदी हसनीलाई इरानले आइतबार मृत्युदण्ड दिएको हो।

६९ वर्षका बेहरूज र ४८ वर्षका मेहदीलाई इरानी अदालतले २०२४ को सेप्टेम्बरमै दोषी ठहर गरेको थियो।

फैसला पुनरवलोकनका लागि उनीहरूले गरेको माग उच्च अदालतले अस्वीकार गरिदिएको थियो।

सरकारी सञ्चारमाध्यम मिजानका अनुसार, उनीहरूले समूहको निर्देशनमा मोर्टार र प्रक्षेपक बनाएर नागरिक, आवासीय भवन, सेवा केन्द्र, विद्यालय र च्यारिटी संस्थामा आक्रमण गरेका थिए।

अदालतले उनीहरूलाई ‘मोहरबेह’ अर्थात् ईश्वरविरुद्ध युद्ध छेडेको, आतङ्ककारी समूहको सदस्यता लिएको र सार्वजनिक सम्पत्ति नष्ट गरेको अभियोगमा दोषी ठहर गरेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ।

अन्तर्राष्ट्रिय मानव अधिकार संस्था एम्नेस्टी इन्टरनेशनलले यो मुद्दालाई अत्यन्तै अन्यायपूर्ण भन्दै कडा आलोचना गरेको छ।

हसनी र इस्लाम्लूलाई २०२२ मा पक्राउ गरिएको थियो। उनीहरूलाई वकिल राख्न नदिइएको र  बयानको क्रममा उनीहरूलाई यातना दिएर जबर्जस्ती आरोप स्वीकार्न बाध्य पारिएको आरोप लगाइएको छ।

मोजाहिदिन-ए-खलक समूहका नेतृ मरियम राजवीले मृत्युदण्ड पाएका कार्यकर्ताको प्रशंसा गर्दै उनीहरूले तीन वर्षसम्म यातना र दबाबबीच पनि प्रतिज्ञा निभाएको बताएकी छन्।

संयुक्त राष्ट्रसंघका अनुसार, सन् २०२४ मा मात्रै इरानले कम्तीमा ९०१ जनालाई मृत्युदण्ड दिएको छ। जुन २०१५ यताकै सबैभन्दा उच्च संख्या हो।

एमइके समूहले सन् १९७० को दशकमा इरानका शाह र अमेरिकी संरचनामा आक्रमण गरिरहेको थियो।

१९७९ को इस्लामिक क्रान्तिपछि एमइकेलाई आयातोल्लाह रुहोल्लाह  खामेनी नेतृत्वको सरकारले उनीहरुको विचार र कार्यशैलीप्रति अस्वीकार गरिदिएको थियो।

त्यसपछि एमइकेले सत्ता साझेदारीको माग गर्दै सरकारविरुद्ध प्रदर्शन मात्र होइन, हिंसात्मक आक्रमण सुरु गरेको थियो।

सन् १९८१ मा एमइकेका कार्यकर्ताले संसद भवनमा बम विस्फोट गराएर इरानी राष्ट्रपति मोहम्मद अली राजाई र प्रधानमन्त्री मोहम्मद जवाद बाहोनरको हत्या गरेको थियो।

त्यसपछि संगठनमाथि आतङ्ककारी गतिविधि संचालन गरेको आरोप लागेको थियो। अमेरिका र युरोपेली संघले एमइकेलाई २०१२ सम्म आतंककारीको सूचीमा राखेको थियो।सेतो पाटी बाट साभार

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

बाढीपहिरो प्रभावितका लागि सुजङ्ग बोर्डिङ स्कुलद्वारा रु. २ लाख २२ हजार सहयोग

बाढीपहिरो प्रभावितका लागि सुजङ्ग बोर्डिङ स्कुलद्वारा रु. २ लाख २२ हजार सहयोग

सुदूरपश्चिमको डोटीस्थित सुजङ्ग इङ्लिस बोर्डिङ स्कुलले हालैको बाढी तथा पहिरोबाट प्रभावित परिवारको राहत र पुनःस्थापनाका लागि प्रधा...
एसपीए कलेजद्वारा उत्कृष्ट विद्यार्थी नितिका अवस्थी र चार्टर्ड अकाउन्टेन्ट इन्द्र रोकायालाई सम्मान

एसपीए कलेजद्वारा उत्कृष्ट विद्यार्थी नितिका अवस्थी र चार्टर्ड अकाउन्टेन्ट इन्द्र रोकायालाई सम्मान

धनगढी -सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपीए) कलेजले आफ्नो स्टेप अप गाला २०८३ कार्यक्रमका अवसरमा दुई जना उत्कृष्ट विद्यार्थीलाई सम्म...
नबिल एसएसई को तीन महिने तालिम कार्यक्रम प्रमाणपत्र वितरणसहित सम्पन्न

नबिल एसएसई को तीन महिने तालिम कार्यक्रम प्रमाणपत्र वितरणसहित सम्पन्न

धनगढी । सुदूरपश्चिमाञ्चल एकेडेमी एसपीए कलेज, धनगढी र नबिल बैंक लिमिटेडको सहकार्यमा सञ्चालित नबिल एसएसई (Nabil School of Social Ent...
डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव धनगढीमा

डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव धनगढीमा

९ साउन, धनगढी। धनगढीमा सत्याग्रह गरिरहेका डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चूडामणि पौडेल धनगढी प...