Skip to main content

धनगढी न्यूज

मधेसमा सामान्य वर्षा, २४ घण्टामा कहाँ कति पर्‍यो पानी ?

Advertisement

बारा । मनसुनमै खडेरी झेलेको मधेस प्रदेशमा पछिल्लो २४ घण्टामा केही वर्षा भएको छ । २४ घण्टा यता मधेसमा सबैभन्दा धेरै वर्षा सर्लाहीको कर्मैयामा र सबैभन्दा कम वर्षा सिराहाको गोलबजारमा भएको छ ।

सिमरा विमानस्थल, जल तथा मौसम कार्यालयको समन्वयमा विभिन्न जिल्लाबाट लिइएको तथ्याङ्क अनुसार आइतबार बिहान ८ः४५ देखि सोमबार बिहान ८ः४५ सम्मको विवरणमा सर्लाहीको कर्मैया बजारमा २१ दशमलव ६ मिलीमिटर र सबैभन्दा कम वर्षा सिराहाको गोलबजारमा ५ दशमलव ४ मिलीमिटर भएको छ ।

मधेस प्रदेशका ८ जिल्लामध्ये महोत्तरी जिल्लामा भने छिटफुट मात्रै वर्षा भएको छ । सप्तरीको कपानी बजारमा २१ दशमलव ४ मिलीमिटर, रौतहटको चन्द्रपुरमा १६ दशमलव ६ मिलीमिटर, बाराको सिमरा विमानस्थल वरपर १७ दशमलव ४ मिलीमिटर, पर्साको हान्डी बजारमा १६ मिलीमिटर, सिराहाको गोलबजारमा ५ दशमलव ५ र धनुषाको तुलसीमा ८ दशमलव ४ मिलीमिटर वर्षा भएको जल तथा मौसम कार्यालयले सिमराले जनाएको छ ।

सो कार्यालयका सहायक मौसमविद् लक्ष्मण प्रसाद कडेँलले एउटै जिल्लाभित्र पनि केही ठाउँमा छिटफुट वर्षा हुँदा केही ठाउँमा वर्षाको  अवस्था शून्य रहेको बताए । रातो पाटी बाट साभार

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

बाढीपहिरो प्रभावितका लागि सुजङ्ग बोर्डिङ स्कुलद्वारा रु. २ लाख २२ हजार सहयोग

बाढीपहिरो प्रभावितका लागि सुजङ्ग बोर्डिङ स्कुलद्वारा रु. २ लाख २२ हजार सहयोग

सुदूरपश्चिमको डोटीस्थित सुजङ्ग इङ्लिस बोर्डिङ स्कुलले हालैको बाढी तथा पहिरोबाट प्रभावित परिवारको राहत र पुनःस्थापनाका लागि प्रधा...
एसपीए कलेजद्वारा उत्कृष्ट विद्यार्थी नितिका अवस्थी र चार्टर्ड अकाउन्टेन्ट इन्द्र रोकायालाई सम्मान

एसपीए कलेजद्वारा उत्कृष्ट विद्यार्थी नितिका अवस्थी र चार्टर्ड अकाउन्टेन्ट इन्द्र रोकायालाई सम्मान

धनगढी -सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपीए) कलेजले आफ्नो स्टेप अप गाला २०८३ कार्यक्रमका अवसरमा दुई जना उत्कृष्ट विद्यार्थीलाई सम्म...
नबिल एसएसई को तीन महिने तालिम कार्यक्रम प्रमाणपत्र वितरणसहित सम्पन्न

नबिल एसएसई को तीन महिने तालिम कार्यक्रम प्रमाणपत्र वितरणसहित सम्पन्न

धनगढी । सुदूरपश्चिमाञ्चल एकेडेमी एसपीए कलेज, धनगढी र नबिल बैंक लिमिटेडको सहकार्यमा सञ्चालित नबिल एसएसई (Nabil School of Social Ent...
डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव धनगढीमा

डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव धनगढीमा

९ साउन, धनगढी। धनगढीमा सत्याग्रह गरिरहेका डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चूडामणि पौडेल धनगढी प...