Skip to main content

धनगढी न्यूज

धनगढी उप–महानगरपालिकामा सात दिने विपद स्वयंसेवक तालिम सम्पन्न

Advertisement

धनगढीः धनगढी उप–महानगरपालिकामा७–दिने विपद स्वयंसेवक परिचालन आधारभूत तालिम सम्पन्न भएको छ।

विपद स्वयंसेवकको क्षमता अभिवृद्धि गर्नका लागि सञ्चालिततालिममा नगर प्रहरी, वारूण यन्त्रका अग्नि नियन्त्रक तथा समुदायका अगुवा स्वयंसेवकहरू सहित २४ जनाको सहभागिता रहेको छ।

तालिमको समापन सत्रमा प्रमुख अतिथिको रूपमा सम्बोधन गर्नुहुदै वडा नम्बर–३ का अध्यक्ष एवं वन, वातावरण तथा विपद व्यवस्थापन समितिका संयोजक राज बहादुर ऐरले विपदको बेला परिने सहायता सबैभन्दा ठूलो पुण्यको काम भएको बताए।

उनले यो तालिम पाउने अवसर सबैका लागि उपलब्ध नभएको र सहभागीहरू जजसले तालिम प्राप्त गर्नुभएको छ, उनीहरूको जिम्मेवारी बढेको बताउनु हुँदैतालिमप्राप्त व्यक्तिहरू धनगढीका साथै अन्य ठाउँमा समेत परिआए परिचालन हुन र सघाउ पुराउन तयार रहनुपर्ने कुरामा जोड दिए। तालिमबाट धनगढी उप–महानगरपालिकामा विपदको सामना गर्ने क्षमता थप विकास भएको बताए।समापन सत्रको अध्यक्षता गर्नुहुदै विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण एनडिआरआरयानएका प्रतिनिधि सशस्त्रप्रहरी नायबउपरीक्षक लक्ष्मण बस्नेतले यो तालिम प्राप्त गर्नुहुने स्वयंसेवकहरू राष्ट्रिय स्वयंसेवक परिचालन सञ्जालमा जोडिनुभएको बताउँदै प्राधिकरणले त्यसको समन्वय गरिरहेको बताए। उनले सहभागीहरूलाई अनलाइन प्रविधि मार्फत स्वयंसेवक व्यवस्थापन प्रणालीमा जोडिन र विपद सम्बन्धी जानकारीका लागि विपद पोर्टल नियमित हेर्न आह्वान गरे। यो तालिम सञ्चालनको पहिलो चरण हाल पूरा भएको र यसका सिकाइलाई समेटेर तालिम पाठ्यक्रम पुनरावलोकन गर्ने र त्यसपछि प्राधिकरणको तर्फबाट राष्ट्रव्यापी रूपमा लैजाने योजना रहेको बताए।

तालिम संयोजक भूकम्प प्रविधि राष्ट्रिय समाजका नेपालका विज्ञ डा. गणेश कुमार जिमीले तालिमको संक्षिप्त प्रतिवेदन प्रस्तुत गर्नुहुदै धनगढीमा आयोजित तो तालिम निकै प्रभावकारी रहेको बताए। उनले नेपाल सरकार, गृह मन्त्रालय अन्तर्गत विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण एनडिआरआरयानएले तयार गरेको यो तालिम पाठ्यक्रम हाल पहिलो चरणमा पाँच ठाउँमा कार्यान्वयन गर्नेक्रममा पाचौंतालिम धनगढीमा सम्पन्न भएको जानकारी दिए। उनले यो तालिममा २१ वटा पाठ र १६ वटा प्रयोगात्मक कक्षा रहेको र यस तालिममा सिकेका ज्ञान र सीपको प्रयोग हुने गरी अन्तिम दिनमा विपद परिदृश्यमा आधारित सिमुलेशन अभ्यास गरेर सिकाइलाई मूल्याङ्कनसमेत गरेको बताए।

सहभागीका तर्फबाट आफ्नो अनुभव राख्नुहुदै रीता बिष्टले यो तालिममा विपदको समयमा कसरीजनधनको सुरक्षामा सघाउ पुराउन सकिन्छ भनेर सैद्धान्तिक र प्रयोगात्मक अभ्यास भएको र यसबाटआफूहरूले धेरै कुरा सिक्ने अवसर पाएको बताए। समुदाय स्तरमा क्रियाशील स्वयंसेवीहरूलाई यो सिकाइले निकै मद्धत पुग्ने बताए।

अर्का सहभागी लेखराम लोहारले यस तालिममा भूकम्प, बाढी, आगलागी लगायतका विपदमा कसरी बच्न र बचाउन सकिन्छ भन्ने ज्ञान र सीप सिक्नुका साथै र सीपहरूको अभ्यास पनि गरेको कारणले निकै आत्मविश्वास बढेको बताए। धनगढी उप–महानगरपालिकाका विपद सम्पर्क व्यक्ति दिपक भण्डारीलेकार्यक्रम सञ्चलन गर्नुहुदै योविपद स्वयंसेवक तालिम उपयोगी रहेको अनुभव आफूले गरेको बताउँदै सबै सहभागीलाई तालिममा जानेका,सिकेका कुरा आबश्यक पर्दा प्रयोग गर्न सुझाव दिए।

सो अवसरमाधनगढी उप–महानगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत योगेन्द्र बहादुर तथा युएनडिपि, युनिसेफ, युएन वुमन, ह्यान्डिक्याप इन्टरन्याश्नल र रुडुक लगायत साझेदार संस्थाका प्रतिनिधिहरू र सञ्चारकर्मीको सहभागिता रहेको थियो। सो अवसरमा प्रमुख अतिथि र अतिथिहरूबाट तालिमका प्रशिक्षाक तथा सहभागीहरूलाई प्रमाणपत्र समेत वितरण गरिएको थियो।

विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण एनडिआरआरयानए द्वारा धनगढी उप–महानगरपालिकासँगको समन्वय र भूकम्प प्रविधि राष्ट्रिय समाज – नेपाल एनयसइटी को प्राविधिक सहायता एवं सुपर परियोजना मार्फत युएनडिपि, युनिसेफ, युएन वुमन, ह्यान्डिक्याप इन्टरन्याश्नलर रुडुकसँगको सहकार्यमा श्रावण १८ देखि २४ सम्मसञ्चालित यस तालिममाधनगढी उप–महानगरपालिकाका ८ महिला सहित जम्मा २४ जना नगर प्रहरी, दमकल कर्मचारी र समुदायमा क्रियाशील स्वयंसेवीहरूको सहभागिता रहेको थियो।  तालिम सञ्चालनका लागि भूकम्प प्रविधि राष्ट्रिय समाजका नेपालका डा. गणेश कुमार जिमीको नेतृत्त्वमा तालिमका विषय विज्ञ सम्मिलित ९ जनाको प्रशिक्षक समूह रहेको छ।   दिनेश खबर बाट साभार

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढी, असार ५ - राष्ट्रिय परीक्षा बोर्ड (NEB) अन्तर्गत कक्षा १२ को परीक्षामा धनगढीस्थित एसपीए कलेजकी छात्रा नीतिका अवस्थी व्यवस्था...
सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

गृहमन्त्री सुधन गुरुङले सिन्धुलीको प्रहरी हिरासतमा श्रीकृष्ण विश्वकर्माको निधन भएको विषयमा छानबिन समिति गठन भई प्रतिवेदन प्राप्त भ...
बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको हिमाली गाउँपालिका–३ लामापाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाको खार्पुनाथ गाउँपालिकाका २३ जनालाई प्रहरीले पक्राउ गरेको छ...
कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरका खेलकुद पूर्वाधारमा बजेट विनियोजन भएपछि धमाधम संरचना निर्माण अघि बढेको छ। जिल्ला खेलकुद समिति कञ्चनपुरका अनुसार यहाँ क्र...