Skip to main content

धनगढी न्यूज

इसराइलले गर्‍यो गजामा अल जजिराका चारजना पत्रकारको हत्या

Advertisement

इसराइलले गजामा हवाई हमला गरी कतारी मिडिया अल जजिराका चार पत्रकारको हत्या गरेको छ।

गजामा इसराइली हमला र मानवीय संकटबारे अल जजिराका लागि लगातार रिपोर्टिङ गरिरहेका पत्रकार अनस अल शरीफ आइतबार इसराइली हमलामा मारिएका हुन्।

अन्तर्राष्ट्रिय सामाचार संस्था रोयटर्सका अनुसार उनका तीन सहकर्मीहरू; मोहम्मद कुरिकेह, इब्राहिम जाहर र मोहम्मद नौफल र एक जना सहयोगी पनि मारिएका छन्।

२८ वर्षीय अल शरीफ र उनका साथीहरू आइतबार पूर्वी गजाको शाइफा अस्पताल नजिकै टेन्टमा थिए। लगत्तै सोही टेन्टमा भएको हवाई हमलामा उनीहरू मारिएका हुन्। आक्रमणमा अन्य थप दुई जनाको पनि मृत्यु भएको रोयटर्सले जनाएको छ।

शाइफा अस्पतालका एक अधिकारीका अनुसार थप दुई व्यक्तिको पनि ज्यान गएको छ।

इसराइली सेनाले पनि हवाई आक्रमण अल शरीफ मारिएको पुष्टि गरेको भनेर रोयटर्सले लेखेको छ। इसराइली सेनाले अल शरिफ हमासको नेता रहेको दाबी गरेको छ।

उनी इसराइली नागरिक र सैनिकमाथि रकेट आक्रमण गराउने जिम्मेवार रहेको हमासको सेल प्रमुख रहेको भनेर आइडिएफले आरोप लगाएको छ। यसबारे गजामाबाट गोप्य सूचना र कागजातसमेत फेला पारेको दाबी उनीहरूले गरेका छन्।

तर अल जजिरा र पत्रकार संगठनहरूले यो आरोपको कडा खण्डन गरेका छन्। उनीलाई युद्धको रिपोर्टिङ गरेकै कारण मारिएको उनीहरूले बताएका छन्।

प्रेस स्वतन्त्रताको निगरानी गर्ने समितिका मध्यपूर्व र उत्तर अफ्रिका निर्देशक सारा कुदाहले पत्रकारलाई हमास लडाकूको आरोप लगाइएको बताएकी छन्।

‘विश्वसनीय प्रमाणबिनै पत्रकारलाई लडाकूको आरोप लगाउने इसराइलको प्रवृत्तिले प्रेस स्वतन्त्रताप्रति उसको सम्मानमाथि गम्भीर प्रश्न उठाउँछ,’ उनले भनेकी छन्।

अल शरीफको एक्स अकाउन्टमा पाँच लाखभन्दा बढी फलोअर्स छन्।

त्यसमा उनले मृत्यु अघि केही मिनेटअघि गाजा सिटीमा दुई घन्टाभन्दा बढी समयदेखि भीषण बमबारी भइरहेको भनेर पोस्ट लेखेका थिए।

अल जजिरालेका अनुसार अल शरीफले आफ्नो मृत्यु भएमा प्रकाशित गर्न भनेर सामाजिक सञ्जालमा छोडेको पनि जनाएको छ।

‘सत्य उजागर गर्न म कहिल्यै हिचकिचाइनँ, सत्यलाई जस्ताको तस्तै प्रस्तुत गरेँ। मौन बस्नेहरूलाई ईश्वरले देख्नेछन्,’ सन्देशमा उनले लेखेका छन्।

२०२३ को अक्टोबर ७ यता २३७ जना पत्रकार मारिएको गजाको सञ्चार कार्यालयले जनाएको छ।

गाजा सरकारको सञ्चार कार्यालयका अनुसार २०२३ अक्टोबर ७ देखि हालसम्म २३७ पत्रकार मारिएका छन्। पत्रकार संरक्षण समितिले भने यो संख्या कम्तीमा १८६ रहेको भनेको छ। सेतोपाटी बाट साभार

 

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढी, असार ५ - राष्ट्रिय परीक्षा बोर्ड (NEB) अन्तर्गत कक्षा १२ को परीक्षामा धनगढीस्थित एसपीए कलेजकी छात्रा नीतिका अवस्थी व्यवस्था...
सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

गृहमन्त्री सुधन गुरुङले सिन्धुलीको प्रहरी हिरासतमा श्रीकृष्ण विश्वकर्माको निधन भएको विषयमा छानबिन समिति गठन भई प्रतिवेदन प्राप्त भ...
बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको हिमाली गाउँपालिका–३ लामापाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाको खार्पुनाथ गाउँपालिकाका २३ जनालाई प्रहरीले पक्राउ गरेको छ...
कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरका खेलकुद पूर्वाधारमा बजेट विनियोजन भएपछि धमाधम संरचना निर्माण अघि बढेको छ। जिल्ला खेलकुद समिति कञ्चनपुरका अनुसार यहाँ क्र...