Skip to main content

धनगढी न्यूज

एसपीए कलेजका निशान्त ‘मिस्टर नेपाल २०२५’ मा सहभागी

Advertisement

कैलालीको धनगढीस्थित एसपीए कलेजमा बिएचएम अध्ययनरत निशान्त बुढाऐर ‘मिस्टर नेपाल २०२५’ मा सहभागी भएका छन् । कृष्णपुर नगरपालिका ७, कलुवापुर घर भएका निशान्त पुरुष सौन्दर्य प्रतियोगिता ‘मिस्टर नेपाल २०२५’ मा सहभागी हुने भएका हुन् ।

आफ्नो व्यक्तित्व, शारीरिक तन्दुरुस्ती, बौद्धिक क्षमता र सामाजिक उत्तरदायित्व प्रदर्शन गर्ने अवसर यस प्रतियोगितामार्फत प्राप्त गर्ने गरिन्छ । प्रतियोगिताको मुख्य उद्देश्य प्रतिभाशाली र जिम्मेवार युवालाई पहिचान गर्नुका साथै स्वास्थ्य, फिटनेस र अनुशासनको महत्व समाजमा प्रवर्द्धन गर्नु पनि हो।

बिएचएम चौथो सेमेष्टरमा अध्ययनरत निशान्त हस्पिटालिटी क्षेत्रबाट प्रतिनिधित्व गर्ने भएर पनि उनी टाइटल नजिक पुग्ने प्रबल सम्भावना रहेको विश्वास राख्दै एसपीए कलेजका बिएचएम विभागिय प्रमुख रविन्द्र परियारले शुभकामना व्यक्त गरेका छन् ।

May be an image of 1 person, dais and text that says 'SPA 目 SUDUR PASCHIMANCHAL MANCHAL PASCHIM CAMPUS LEADING the way to a a SMART FUTURE 27 Years of Academic Excellence S SPA Admission Open 2082 Form ApplcatonFamSubemislanCeadin SubmizaionDeadine Bhadra 2082 EntranceEx xam kamDat Bhadra 12 12, 2082 Courses we offer: >BHM >BIT Management >BBS >B.Ed. >BA >BSW >BO >BARD Tribhuvan University Classes Begin Bhadra2 23, 2082 Affiliated CMAT Exam Details for BHM BIT Management Form Submission: Bhadra 13, 2082 CMAT Exam Bhadra 21, 2082 |Time: 8:00 AM Santoshi Tole 2, Dhangadhi, Nepal T: 091-520392 E: info@spa.edu.np'

‘मिस्टर नेपाल’ मा सहभागीहरू सामाजिक तथा सांस्कृतिक प्रतिनिधित्व गर्ने भएकाले यसले समाजमा सकारात्मक प्रभाव पार्ने गरेको छ। प्रतियोगितामा नेपालको आन्तरिक पर्यटनको विकासका लागि समेत विभिन्न गतिविधि सञ्चालन हुने आयोजक नेक्स्ट मोडल्स नेपालकी प्रबन्ध निर्देशक यत्ना पाण्डेले जानकारी दिइन् ।

यो प्रतियोगिताले नेपालमा पुरुष सौन्दर्य र फिटनेसप्रतिको नयाँ दृष्टिकोण प्रस्तुत गरेको छ। धेरै युवाले यस प्रतियोगितालाई स्वस्थ जीवनशैली, आत्मअनुशासन र नेतृत्व क्षमताको प्रतीकका रूपमा हेर्न थालेका छन्। २००१ देखि नियमित रुपमा आयोजना हुँदै आएको यो प्रतियोगिता पुरुषहरू सहभागी हुने नेपालकै ठुलो र प्रतिष्ठित प्रतियोगिता हो ।

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढी, असार ५ - राष्ट्रिय परीक्षा बोर्ड (NEB) अन्तर्गत कक्षा १२ को परीक्षामा धनगढीस्थित एसपीए कलेजकी छात्रा नीतिका अवस्थी व्यवस्था...
सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

गृहमन्त्री सुधन गुरुङले सिन्धुलीको प्रहरी हिरासतमा श्रीकृष्ण विश्वकर्माको निधन भएको विषयमा छानबिन समिति गठन भई प्रतिवेदन प्राप्त भ...
बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको हिमाली गाउँपालिका–३ लामापाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाको खार्पुनाथ गाउँपालिकाका २३ जनालाई प्रहरीले पक्राउ गरेको छ...
कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरका खेलकुद पूर्वाधारमा बजेट विनियोजन भएपछि धमाधम संरचना निर्माण अघि बढेको छ। जिल्ला खेलकुद समिति कञ्चनपुरका अनुसार यहाँ क्र...