Skip to main content

धनगढी न्यूज

Day: August 12, 2025

एसपीए कलेजका निशान्त ‘मिस्टर नेपाल २०२५’ मा सहभागी

एसपीए कलेजका निशान्त ‘मिस्टर नेपाल २०२५’ मा सहभागी

कैलालीको धनगढीस्थित एसपीए कलेजमा बिएचएम अध्ययनरत निशान्त बुढाऐर 'मिस्टर नेपाल २०२५' मा सहभागी भएका छन् । कृष्णपुर नगरपालिका ७, कलुवापुर घर भएका निशान्त पुरुष सौन्दर्य प्रतियोगिता ‘मिस्टर नेपाल २०२५’ मा सहभागी हुने भएका हुन् । आफ्नो व्यक्तित्व, शारीरिक तन्दुरुस्ती, बौद्धिक क्षमता र सामाजिक उत्तरदायित्व प्रदर्शन गर्ने अवसर यस प्रतियोगितामार्फत प्राप्त गर्ने गरिन्छ । प्रतियोगिताको मुख्य उद्देश्य प्रतिभाशाली र जिम्मेवार युवालाई पहिचान गर्नुका साथै स्वास्थ्य, फिटनेस र अनुशासनको महत्व समाजमा प्रवर्द्धन गर्नु पनि हो। बिएचएम चौथो सेमेष्टरमा अध्ययनरत निशान्त हस्पिटालिटी क्षेत्रबाट प्रतिनिधित्व गर्ने भएर पनि उनी टाइटल नजिक पुग्ने प्रबल सम्भावना रहेको विश्वास राख्दै एसपीए कलेजका बिएचएम विभागिय प्रमुख रविन्द्र परियारले शुभकामना…
Read More
काठमाडौं महानगरले दियो खोखो विश्वकप उपविजेतालाई ११-११ लाख पुरस्कार

काठमाडौं महानगरले दियो खोखो विश्वकप उपविजेतालाई ११-११ लाख पुरस्कार

रवीन्द्र ढाँटलाई दुई लाख नगद पुरस्कार दुई लाख नगद पुस्कार लिँदै रवीन्द्र ढाट। काठमाडौं महानगरपालिकाले खोखो विश्वकप प्रतियोगितामा उपविजेता बनेका पुरूष र महिला टोलीलाई ११/११ लाख नगद पुरस्कार प्रदान गरेको छ। यस्तै महानगरले म्याट्रिक्स फाइट नाइट १७ (एमएफएन १७) च्याम्पियन नेपाली एमएमए फाइटर रवीन्द्र ढाँटलाई २ लाख रुपैयाँसहित सम्मान गरेको छ। खोखोको रकम व्यवस्थापन नेपाल खोखो संघले नै गर्नेछ। सम्मान कार्यक्रममा काठमाडौं महानगरपालिकाका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत र सामाजिक विकास समितिका संयोजकलगायतको उपस्थिति थियो। यो सम्मान सामाजिक विकास समितिको सिफारिसमा गरिएको हो।   उक्त सम्मान कार्यक्रममा बोल्दै सामाजिक विकास समितिका संयोजक रामकुमार केसीले यस्ता खेलले नेपालको शिर ठाडो बनाएको बताए।…
Read More
कैलालीपछि विरगञ्जमा पनि कैदीको मृत्य,अवस्था तनावग्रस्त

कैलालीपछि विरगञ्जमा पनि कैदीको मृत्य,अवस्था तनावग्रस्त

पर्सामा एक कैदीको मृत्यु भएपछि आफन्तहरू प्रदर्शनमा उत्रिएका छन्। काठमाडौं।पर्सामा एक कैदीको मृत्यु भएपछि आफन्तहरू प्रदर्शनमा उत्रिएका छन्।कर्तव्य ज्यानको मुद्दामा दोषी ठहर भएर २५ वर्ष सजाय तोकिएका २८ वर्षीय कैदी राहुल साहको मृत्यु भएपछि आफन्त प्रदर्शनमा उत्रिएका हुन्। नारायणी उपक्षेत्रीय अस्पतालमा अगाडि आफन्तले टायर बालेर प्रदर्शन शुरू गरेका छन्।अहिले आफन्तसँग छलफल भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख तथा एसपी गौतम मिश्रले बताए। एसपी मिश्रका अनुसार उनी मंगल बार बिहान एक्कासी बेहोस भएका थिए । ‘बिहान एक्सरसाइज गर्ने क्रममा वान्ता गर्दै एक्कासी बेहोस भएका रहेछन्।उपचारका लागि लगिएकोमा अस्पतालमा मृत्यु भएको एसपी मिश्रले बताए। नारायणी उपक्षेत्रीय अस्पतालमा उनको मृत्यु भएको प्रहरीले बताए।आफन्तले भने…
Read More
धनगढी डुबाउने वर्षातको पानी मोहना नदीमा फाल्ने योजना सफल

धनगढी डुबाउने वर्षातको पानी मोहना नदीमा फाल्ने योजना सफल

धनगढीः सहरी विकासले धनगढी डुबाउने वर्षातको पानी मोहना नदीमा फाल्ने योजना सफल भएको बताएको छ। धनगढी उपमहानगरपालिका–२ र ३ को ६ लेन सडकको दुबै क्षेत्रमा निर्माण थालिएको नालीमा पानी बगेको हो। विज्ञापन माघ ९ गतेबाट निर्माण सुरु भएको नालीमा बर्सातको पानी बगेको सहरी विकास तथा भवन निर्माण विभाग, संघीय आयोजना कार्यान्वयन इकाइ, धनगढीले बताएको छ। तर, निर्माणको ३५ प्रतिशत मात्र काम मात्र पूरा भएको छ। मोहना नदीदेखि धनगढी चौराहसम्मको ६ लेन सडकमा दोहोरो नाली निर्माणको काम पूरा नहुँदै बर्सातको पानी बगेको सहरी विकासका इन्जिनियर पुष्प भट्टले बताए। उनले भने, “हामीले पानी बग्नेसम्मको नाली बनाएका थियौ। यो बर्सातमा पानी बगेको छ। वर्षा…
Read More
एक महिनामै उप्केको पूर्वपश्चिम राजमार्ग टालटुल गरिदै

एक महिनामै उप्केको पूर्वपश्चिम राजमार्ग टालटुल गरिदै

एक महिनामै उप्केको पूर्वपश्चिम राजमार्ग टालटुल गर्न लागिएको छ अत्तरिया । एक महिनामै उप्केको पूर्वपश्चिम राजमार्ग टालटुल गर्न लागिएको छ ।पूर्वपश्चिम राजमार्ग अन्तरगत कैलालीको गोदावरी नगरपालिका क्षेत्रमा गत असारमा गरिएको सडकको कालोपत्रे एक महिना नपुग्दै विभिन्न ठाउँमा उप्किएको थियो । गोदावरी नगरपालिका वडा नम्बर- ६ स्थित लालपुर र ८ स्थित स्याउलेमा गत असारमा गरिएको कालोपत्रे उप्किएको थियोे । ती ठाउँहरुमा निर्माण कम्पनीले कालोपत्रे उप्किँदा दुई ठाउँमा गरी करिब ४ सय मिटर उक्त सडकमा खाल्डुखुल्डी बनेका छन् । उप्किएको भागमा निर्माण कम्पनीले फेरि टालटुल गरिरहेको हो । सडक डिभिजन कार्यालय महेन्द्रनगरका इन्जिनियर चित्र चौलागाईले कालोपत्रे उप्किएको ठाउँमा निर्माण कम्पनीले मर्मत गरिरहेको बताए…
Read More
फार्मेसीबाट धमाधम बिक्री भइरहेको छ मुद्दा परेको ‘फुड सप्लिमेन्ट्स’

फार्मेसीबाट धमाधम बिक्री भइरहेको छ मुद्दा परेको ‘फुड सप्लिमेन्ट्स’

बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, भरतपुरमा उपचार गराइरहेका एक बिरामी डाक्टरले दिएको कागज (प्रेस्किप्सन) लिएर फार्मेसीमा आइपुगे। कागजमा केही औषधिका नाम थिए। त्योभन्दा बढी नाम फुड सप्लिमेन्टहरू (मल्टिभिटामिन र न्युट्रास्युटिकल्स) का थिए। फार्मेसी पसलेले मूल्य निकाले ४८ हजार रूपैयाँ। तर ती बिरामीसँग डिस्चार्ज भएर घर पुग्ने भाडा पनि थिएन। 'डाक्टरले धेरै समयका लागि एकैचोटि लेखिदिनुभएको रहेछ। धेरै लैजाँदा महँगो पर्छ। अहिलेलाई एक महिनालाई पुग्नेगरी लैजानू। सकिएपछि मलाई फोन गर्नू, पठाइदिन्छु,' फार्मेसी पसलेले बिरामीलाई बिदा गरे। सेतोपाटीसँग कुरा गर्दै ती फार्मेसी सञ्चालकले डाक्टरहरूले औषधिभन्दा बढी फुड सप्लिमेन्टको नाम लेखेर पठाउने गरेको बताए। पछिल्लो समय क्यान्सर अस्पतालका डाक्टरहरूले वीरगञ्जमा कालोबजारीको मुद्दा चलिरहेको नेपाल न्युट्रास्युटिकल्स प्रालिको…
Read More
सङ्घर्ष नगरी कहीँ पुगिँदैन : एन्जिला

सङ्घर्ष नगरी कहीँ पुगिँदैन : एन्जिला

चमार समुदायबाट पहिलो महिला डाक्टर स्मृति भन्छिन्, ‘छोरी भएर किन पढ्ने भन्ने मान्यता तोडेँ ’ काठमाडौं । अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा युवाहरूसँग अन्तर्क्रिया गर्दै विविधताको उत्सव–डाइभर्सिटी कार्निभल कार्यक्रम सम्पन्न भएको छ । दलित लाइभ्स म्याटर ग्लोबल अलायन्सको आयोजनामा प्यानल डिस्कसन, युवाहरूबिच संवाद, वैचारिक प्रशिक्षण र साङ्गीतिक प्रस्तुतिसँगै विविधताको उत्सव मनाइएको हो ।   यस उत्सवमा चमार समुदायकी पहिलो महिला मेडिकल डाक्टर स्मृति हरिजनले कि नोट स्पिच दिएकी थिइन् । छलफलको सेसनमा नेपाली फुटबल टिमकी क्याप्टेन एन्जिला तुम्बाप्पो सुब्बा, अभिनेता नाजिर हुसेन, विश्वका आप्रवासीका नेतृत्वकर्ताको रूपमा क्रियाशील महेन्द्र पाण्डे, मुसहर समुदायबाट नेपाल सरकारको उपसचिव पदमा पुगेका सुनिल कुमार पासवान र बोल्न…
Read More
आठ दिनको उपचारपछि पुनर्जीवन पाएको सानो खैरो गिद्ध

आठ दिनको उपचारपछि पुनर्जीवन पाएको सानो खैरो गिद्ध

कञ्चनपुरः आठ दिनको उपचारपछि पुनर्जीवन पाएको सानो खैरो गिद्धलाई सोमवार शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको अर्जुनी फाँटामा छाडिएको छ। गाडीमार्फत ल्याइएको उक्त गिद्धलाई पिँजडाबाट छाडेपछि पखेटा खोल्दै आकासमा उडेको दृश्य दुर्लभ थियो। 'टाउको झोक्राएको, हिँडडुल गर्न नसक्ने अवस्थामा रहेको गिद्धलाई कैलालीको लम्की चुहास्थित लालीगुराँस सामुदायिक वनबाट उद्धार गरेका थियौँ', सबडिभिजन वन कार्यालय पहलवानपुरका वन अधिकृत शेरबहादुर भण्डारीले भने, 'गिद्धको अवस्था हेर्दा बाँच्लाजस्तो लागेकै थिएन, उपचारसँगै स्याहारसुसार र आहारमा ध्यान दिइएपछि तन्दुरुस्त भयो।' विज्ञापन गिद्धलाई निकुञ्जको सुरक्षित स्थानमा लगेर छाड्दा दुई–तीन पाइला हिँड्दै उडेको देखेर निकै खुसी लागेको उनले बताए। 'उडेको दृश्य निकैबेर नियाल्यौँ', उनले भने, 'केही बेरको उडानपछि गिद्ध अस्नाको रुखमा पखेटा…
Read More