Skip to main content

धनगढी न्यूज

कञ्चनपुरको शुक्लाफाँटामा ‘एक वडा, एक उद्यम’ कार्यक्रम सञ्चालन

Advertisement

कञ्चनपुरः शुक्लाफाँटा नगरपालिकाले युवालाई स्थानीय स्तरमै स्वरोजगारतर्फ आकर्षित गर्न ‘एक वडा, एक उद्यम’ कार्यक्रम सुरु गरेको छ।

युवा विदेश पलायन हुनबाट रोक्नु र नगरभित्रै रोजगारी सिर्जना गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो।

कार्यक्रमका लागि चालु आर्थिक वर्षमा ६० लाख बजेट विनियोजन गरिएको छ। नगरपालिकाका प्रत्येक वडामा स्थानीय स्रोत र सम्भावनालाई ध्यानमा राख्दै घरेलु तथा लघु उद्योग स्थापना गरिने योजना रहेको छ। उद्यम विकास शाखाका प्रमुख धनबहादुर चौधरीका अनुसार यस कार्यक्रमअन्तर्गत युवालाई आवश्यक तालिम प्रदान गरी दक्ष बनाइनेछ र व्यावसायिक क्षेत्रमा संलग्न गराइनेछ। आवश्यक पूँजीको व्यवस्था गर्न बैँक तथा वित्तीय संस्थासँग समन्वय कार्य गरिने उनले बताए। “प्रत्येक वडालाई स्थानीय सम्भावना र स्रोतअनुसार घरेलु तथा साना उद्योग स्थापना र सञ्चालनका लागि प्रस्ताव पठाउन पत्राचार गर्ने कार्य भइरहेको छ”, उनले भने, “वडाबाट उद्योग छनोट भएपछि त्यही आधारमा कार्यक्रम अघि बढाइने बढाउँछौं।”

यसरी स्थापना हुने उद्योगमा मागको आधारमा अनुदान र प्रविधि सहयोग उपलब्ध गराइने योजना रहेको उनले उल्लेख गरे। चौधरीले भने, “यस कार्यबाट युवाले नगरभित्रै रोजगारी पाउनेछन् र व्यावसायिक सीप विकास गर्ने अवसर प्रदान हुन्छ, यसले विदेश पलायन कम गर्न मद्दत पुग्ने विश्वास गरिएको छ।”

नगरपालिकाका अनुसार १२ वटै वडामा सम्भावना भए बमोजिम उद्योग स्थापना गरी युवालाई दीर्घकालीन रोजगारी प्रदान गर्ने लक्ष्य राखिएको छ। कृषि, हस्तकला, पशुपालन, बेतबाँस, लघु उत्पादन र स्थानीय स्रोतमा आधारित उद्योगलाई प्राथमिकतामा राखिएको छ।

स्थानीय युवा चेतराम चौधरीले कार्यक्रम सञ्चालनले गाउँमै रोजगारी र विकासका अवसर ल्याउने विश्वास व्यक्त गर्नुभयो । “यस कार्यक्रमको माध्यमबाट स्थानीय स्तरमै आर्थिक सशक्तीकरण र उद्यमशीलता प्रवर्धनमा टेवा पुग्छ”, उनले भने, “कार्यक्रमलाई उद्देश्यअनुरुप सञ्चालन गरी प्रभावकारी रूपमा कार्यान्वयन गर्न आवश्यक छ।”दिनेश खबर बाट साभार

 

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढी, असार ५ - राष्ट्रिय परीक्षा बोर्ड (NEB) अन्तर्गत कक्षा १२ को परीक्षामा धनगढीस्थित एसपीए कलेजकी छात्रा नीतिका अवस्थी व्यवस्था...
सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

गृहमन्त्री सुधन गुरुङले सिन्धुलीको प्रहरी हिरासतमा श्रीकृष्ण विश्वकर्माको निधन भएको विषयमा छानबिन समिति गठन भई प्रतिवेदन प्राप्त भ...
बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको हिमाली गाउँपालिका–३ लामापाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाको खार्पुनाथ गाउँपालिकाका २३ जनालाई प्रहरीले पक्राउ गरेको छ...
कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरका खेलकुद पूर्वाधारमा बजेट विनियोजन भएपछि धमाधम संरचना निर्माण अघि बढेको छ। जिल्ला खेलकुद समिति कञ्चनपुरका अनुसार यहाँ क्र...