Skip to main content

धनगढी न्यूज

अमेरिकी अदालतले भन्यो- ट्रम्पले लगाएका अधिकांश भन्सार दर अवैध

Advertisement

अमेरिकी पुनरावेदन अदालतले राष्ट्रपति डोनाल्ड ट्रम्पले विभिन्न देशलाई लगाएको भन्सार दर अवैध ठहर गरेको छ।

वासिङ्टन डिसीस्थित संघीय सर्किटका लागि पुनरावेदन अदालतले शुक्रबार ट्रम्पले लगाएको अधिकांश भन्सार दर अवैध ठहर गरिदिएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ।

यद्यपि अदालतले ट्रम्प प्रशासनलाई अमेरिकी सर्वोच्च अदालतमा पुनरावेदन गर्ने मौका दिएको छ। त्यसका लागि अक्टोबर १४ सम्मका लागि यी करहरूलाई यथावत राख्न अनुमति दिएको रोयटर्सले जनाएको छ।

यस फैसलाले रिपब्लिकन राष्ट्रपति ट्रम्पले अन्तर्राष्ट्रिय आर्थिक नीतिमा प्रमुख हतियारका रूपमा भन्सार दरको प्रयोगलाई कमजोर बनाएको छ। जसकारण यस वर्ष ट्रम्पको समग्र आर्थिक नीतिमाथि एक कानुनी टकरावको स्थिति सिर्जना भएको छ।

ट्रम्पले अप्रिलमा लगाएको पारस्परिक (रेसिप्रोकल) भन्सार र फेब्रुअरीमा चीन, क्यानडा र मेक्सिकोविरुद्ध लगाइएको छुट्टै करहरूको वैधानिकतामाथि अदालतले प्रश्न उठाएको छ।

ट्रम्पले भन्सार दर घोषणा गर्दा अन्तर्राष्ट्रिय आपतकालीन आर्थिक शक्ति ऐन (आइइपिए)लाई आधार बनाएका थिए। उक्त ऐनले राष्ट्रपतिलाई राष्ट्रिय आपतकालको समयमा असाधारण खतराहरूलाई सम्बोधन गर्ने शक्ति दिन्छ।

यद्यपि अदालतले भने उक्त ऐनले राष्ट्रपतिलाई धेरै अधिकार प्रदान गरे पनि भन्सार, अरू शुल्क वा त्यस्तै प्रकारका दस्तुर लगाउने अधिकार समावेश नभएको भनेको छ।

अमेरिकी पुनरावेदन अदालतको यो आदेश ७-४ को बहुमतले गरेको हो।

यसमा बहुमतमा रहेका सात न्यायाधीशमध्ये ६ जना डेमोक्रेटिक राष्ट्रपतिहरूद्वारा र एक जना रिपब्लिकन राष्ट्रपतिद्वारा नियुक्त भएका थिए।

विपक्षमा मत दिने चार न्यायाधीशमध्ये दुई जना डेमोक्रेटिक र दुई जना रिपब्लिकन राष्ट्रपतिद्वारा नियुक्त भएका थिए।

ट्रम्पले अदालतको आदेशलाई अत्यधिक पक्षपातपूर्ण भनेका छन्। यद्यपि सर्वोच्च अदालतले पुनरावेदन अदालतको आदेश उल्ट्याउने दाबी गरेका छन्।

‘मलाई आशा छ सर्वोच्च अदालतको सहयोगमा यी करहरूले देशलाई फाइदा पुऱ्याउनेछ,’ उनले भनेका छन्।सेतो पाटी बाट साभार

 

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढी, असार ५ - राष्ट्रिय परीक्षा बोर्ड (NEB) अन्तर्गत कक्षा १२ को परीक्षामा धनगढीस्थित एसपीए कलेजकी छात्रा नीतिका अवस्थी व्यवस्था...
सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

गृहमन्त्री सुधन गुरुङले सिन्धुलीको प्रहरी हिरासतमा श्रीकृष्ण विश्वकर्माको निधन भएको विषयमा छानबिन समिति गठन भई प्रतिवेदन प्राप्त भ...
बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको हिमाली गाउँपालिका–३ लामापाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाको खार्पुनाथ गाउँपालिकाका २३ जनालाई प्रहरीले पक्राउ गरेको छ...
कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरका खेलकुद पूर्वाधारमा बजेट विनियोजन भएपछि धमाधम संरचना निर्माण अघि बढेको छ। जिल्ला खेलकुद समिति कञ्चनपुरका अनुसार यहाँ क्र...