Skip to main content

धनगढी न्यूज

बाजुराका स्याउ काँचै, ढुवानीमा अनुदानको प्रक्रिया अगाडि बढेन

Advertisement

धनगढी : बाजुरामा स्याउका बगैँचाको सङ्ख्या प्रत्येक वर्ष बढ्दै गएका सरकारी तथ्याङ्क छ। गत आर्थिक वर्षमा मात्र ८० हेक्टर नयाँ स्याउको बगैँचा विस्तार गरिएको छ।सुदूरपश्चिम प्रदेश सरकार र बाजुराका स्थानीय तहहरूले समेत स्याउ खेतीमा लगानी गर्दै आएका हुन्। जिल्लामा कृषि समूह गठन तथा सकारी मार्फत सरकारी अनुदान स्याउ खेती विस्तार र ढुवानीमा जाने गरेको छ। कृषि ज्ञान केन्द्र बाजुराका प्रमुख जासिराम साहनीले जिल्लामा स्याउका बगैँचाको सङ्ख्या र क्षेत्रफल बढ्दै गएको बताए। उनले भने, “स्याउ यो पटक थोरै फेलेको छ। गत सालको जति छैन। एक वर्ष फल्ने, एक वर्ष नफल्ने हुन्छ। ५०–६० ट्रक मात्र होला। किसानका बगैँचाहरू बढ्दैछन्। ज्ञान केन्द्र र स्थानीय सरकारहरूले लगानी गर्दै छन्। यो वर्षपछि ८० हेक्टर बढेको होला।”

ढुवानीमा प्रदेश सरकारकाे अनुदान

बाजुरामा स्याउका बगैँचा निर्माणमा अनुदान दिदै आएको प्रदेश सरकारले ढुवानीमा समेत अनुदान दिने गरेको छ। जिल्लामा उत्पादन भएको स्याउमा प्रति किलोग्राम २ रुपैयाँसम्म अनुदानको तयारी गरिएको छ। चालु आर्थिक वर्षमा स्याउको ढुवानी अनुदानका लागि ६ लाख बजेट प्रदेश सरकारले विनियोजन गरेको छ। तर, सुदूरपश्चिमको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले स्याउको ढुवानी अनुदान वितरणका लागि कार्यविधि पठाएको छैन। कार्यविधि नभएकाले अनुदान वितरणका लागि ज्ञान केन्द्रले सूचना समेत सार्वजनिक गरेको छैन। उनले भने, “निवेदन परेपछि हो। सूचना खोलेपछि निवेदन परेपछि अनुदान दिने हो। कार्यविधि आएको छैन। कार्यविधि आयो भने, २ रुपैयाँ किलोग्राममा अनुदान दिन्छौ।”दिनेश खबर बाट साभार

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढी, असार ५ - राष्ट्रिय परीक्षा बोर्ड (NEB) अन्तर्गत कक्षा १२ को परीक्षामा धनगढीस्थित एसपीए कलेजकी छात्रा नीतिका अवस्थी व्यवस्था...
सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

गृहमन्त्री सुधन गुरुङले सिन्धुलीको प्रहरी हिरासतमा श्रीकृष्ण विश्वकर्माको निधन भएको विषयमा छानबिन समिति गठन भई प्रतिवेदन प्राप्त भ...
बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको हिमाली गाउँपालिका–३ लामापाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाको खार्पुनाथ गाउँपालिकाका २३ जनालाई प्रहरीले पक्राउ गरेको छ...
कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरका खेलकुद पूर्वाधारमा बजेट विनियोजन भएपछि धमाधम संरचना निर्माण अघि बढेको छ। जिल्ला खेलकुद समिति कञ्चनपुरका अनुसार यहाँ क्र...