31
Aug
राष्ट्रपति सी चिनफिङले भन्नुभएको छ– इतिहास भनेको एउटा ऐना हो, जसले वर्तमान र भविष्यलाई उजागर गर्दछ। त्यसकारण हामीले इतिहासको अध्ययन गर्नु विगतमा घटेका घटनाको कारण र परिणाम पत्ता लगाई पहिले गरेका गल्तीहरूलाई पुन: नदोहोर्याउनका निम्ति हो। सन् १८४० पछि साम्राज्यवादी शक्तिहरूको आक्रमण र तत्कालीन चीनको भ्रष्ट छिङ राजवंशको शासनका कारण चिनियाँ जनताले अति ठूलो सङ्कटको सामना गर्नु परेको थियो र त्यहींदेखि चिनियाँ इतिहासको सबैभन्दा अन्धकारमय अध्याय शुरु भएको थियो। त्यो अन्धकारमय इतिहासको पनि सबैभन्दा नृशंस पृष्ठ भनेको जापानी सेनाले चीनमा गरेको दीर्घकालीन आक्रमण थियो। सन् १८९४ मा जापानी प्रतिगामीहरूले आक्रमण गरी चीनको थाइवान र फङ ह द्वीपसमूह माथि कब्जा जमायो;…






