Skip to main content

धनगढी न्यूज

सहकारीहरूद्वारा धनगढी मालपोत कार्यालयलाई ३ लाख १५ हजार रुपैयाँ सहयोग

Advertisement

धनगढीः मालपोत कार्यालय धनगढीलाई यस क्षेत्रका विभिन्न सहकारी संस्थाहरूले संयुक्त रूपमा ३ लाख १५ हजार रुपैयाँ आर्थिक सहयोग हस्तान्तरण गरेका छन्।

मंगलवार मालपोत कार्यालय परिसरमा आयोजित एक कार्यक्रमका बीच उक्त सहयोग रकम सहकारी प्रतिनिधिहरूको तर्फबाट नवजीवन सहकारी संस्थाका अध्यक्ष देवबहादुर बमले मालपोत कार्यालयका प्रमुख प्रेम दौल्याललाई हस्तान्तरण गरेका हुन्। कार्यक्रममा मालपोतका पदाधिकारीहरू, सहकारी संस्थाका अध्यक्ष तथा सदस्यहरू र कार्यालयका कर्मचारीहरूको उपस्थिति रहेको थियो।

सहकारी प्रतिनिधिहरूले राज्यका सेवाहरूलाई थप प्रभावकारी, पारदर्शी, र प्राविधिक बनाउन निजी तथा सहकारी क्षेत्रबाट सक्दो सहयोग गरिनुपर्नेमा जोड दिए। उनीहरूले यस्तो आर्थिक सहयोग मालपोत कार्यालयको सेवा सुधार, पूर्वाधार विकास र विद्युतीय सञ्जाल सुदृढीकरणमा खर्च होस् भन्ने अपेक्षा राखेका छन्।

गत २४ गते जेनजी आन्दोलनमा आन्दोलनकारीहरुले आगो लगाउँदा मालपोेत कार्यालयको विद्युत वायरिङ, कम्प्युटर, कुर्सी, टेबल लगायत कागजात र अभिलेखहरु जलेर नष्ट भएका छन्।

मालपोत कार्यालयका प्रमुख दौल्यालले उक्त सहयोगप्रति आभार प्रकट गर्दै भने, “जनताको प्रत्यक्ष सरोकार राख्ने र राज्यको सार्वजनिक जग्गा र जनताको अचल सम्पत्तिको सुरक्षा गर्ने कार्यालयका महत्वपूर्ण कागजात नष्ट भएपछि कार्यालय छिटो सञ्चालनमा ल्याउन यहाँका सहकारी संस्था र नागरिक समाजले चालेको पहल प्रति हामी ऋणी छौँ, अझै पनि सहयोगको अपेक्षा राखेका छौँ।” मालपोत कार्यालयप्रति समाजले देखाएको अपनत्वप्रति उनले धन्यवाद ज्ञापन गरे।दिनेश खबर बाट साभार

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढी, असार ५ - राष्ट्रिय परीक्षा बोर्ड (NEB) अन्तर्गत कक्षा १२ को परीक्षामा धनगढीस्थित एसपीए कलेजकी छात्रा नीतिका अवस्थी व्यवस्था...
सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

गृहमन्त्री सुधन गुरुङले सिन्धुलीको प्रहरी हिरासतमा श्रीकृष्ण विश्वकर्माको निधन भएको विषयमा छानबिन समिति गठन भई प्रतिवेदन प्राप्त भ...
बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको हिमाली गाउँपालिका–३ लामापाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाको खार्पुनाथ गाउँपालिकाका २३ जनालाई प्रहरीले पक्राउ गरेको छ...
कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरका खेलकुद पूर्वाधारमा बजेट विनियोजन भएपछि धमाधम संरचना निर्माण अघि बढेको छ। जिल्ला खेलकुद समिति कञ्चनपुरका अनुसार यहाँ क्र...