Skip to main content

धनगढी न्यूज

सुदूरपश्चिमका नौ जनाको जेन–जी पुस्ताको प्रदर्शनका क्रममा ज्यान गयो

Advertisement

धनगढी : सुदूरपश्चिम प्रदेशका ९ जनाले जेन–जी पुस्ताको प्रदर्शनका क्रममा ज्यान गुमाएका छन्।प्रदर्शनका क्रममा भदौ २३ गते पहिलो दिन तीन जना र दोस्रो दिन ४ जनाले ज्यान गुमाएका हुन।  २ जनाले भने आन्दोलनकै क्रममा कारागारबाट भाग्दै गर्दा ज्यान गुमाएका छन्।

प्रहरीले चलाएको गोली लागेर धनगढी उपमहानगरपालिका– ५ तारानगरका गौरव जोशीको भदौ २३ गते निधन भएको थियो। २७ वर्षीय गौरव तीन वर्षअघि धनगढीको ऐश्वर्य विद्या निकेतनबाट विज्ञानमा प्लस टु सकेर काठमाडौँ गएका थिए। उनी विदेश जाने तयारीमा थिए। प्रदर्शनका क्रममा वृद्ध आमाबुबा सहाराको टेको नै ढलेको छ।

बझाङको खप्तड छान्ना गाउँपालिका–७, गोर्खाली गाउँमा सुवास बोहराको पनि प्रहरीको गोली लागेर भदौ २३ गते निधन भएको छ। २१ वर्षीय सुवास भाषा परीक्षा पास गरेर जापान जाने तयारीमा थिए। तर, जापानको भिसा लागेको केही दिनमै उनका बुबा दीपक बेपत्ता भएपछि उनको जापान जाने सपनामा ब्रेक लागेको थियो। त्यसपछि भारतको बेङलुरु पुगेर फेरी आमाले जापान पठाउने ढाडस दिएपछि काठमाडौँ फर्किएका उनी संसद् भवन अगाडिको गेटमा गोली लागेर निधन भएको हो। छोरोलाई जापान पठाउन भारतको बेङलुरुबाट मजदुरी गर्दै गरेकी आमा र सुवासँगै काठमाडौँ बस्दै गरेका भाइको बिचल्ली भएको छ।

बाजुराको स्वामिकार्तिक खापर गाउँपालिका–२ सुपाना गाउँका २१ वर्षीय योजन बुढा (ओजन)को पनि सोही दिन निधन भएको छ। उनी काठमाडौँको पशुपति क्याम्पसमा स्नातक अध्ययनरत थिए। काठमाडौँमा डेरा गरी बस्ने योजनका बुवा मअडीपालले भारतमा मौसमी मजदुरी गर्दै आएका थिए। प्रदर्शनका क्रममा बेपत्ता भएका योजनलाई टाउकामा गहिरो घाउ र एउटा हात भाँचिएको अवस्थामा आफन्तले अस्पतालमा शव फेला पारेका थिए।

प्रहरीको गोली लागेर कञ्चनपुरको भीमदत्त नगरपालिका–११ गड्डाचौकीका ४८ वर्षीय नीरज पन्तको पनि निधन भएको छ। उनी श्रीमती सँगै काठमाडौँको महाराजगन्जमा आयुर्वेदिक औषधि व्यवसाय गर्थे। २५ वर्षअघि काठमाडौँ छिरेका उनी उतै व्यवसाय गरेर बस्दै आएका थिए। प्रदर्शनमा गोली लागेर गम्भीर घाइते भएका बैतडीको शिवनाथ गाउँपालिका–२ का दीपकसिंह साउदको पनि उपचारका क्रममा निधन भएको छ।

काठमाडौँको कीर्तिपुरमा बसेर कोरियन भाषा सिकिरहेका उनलाई बुवा कालु सिंहले जेनतेन गरेर छोरालाई भाषा कक्षा लिन काठमाडौँ पठाएका थिए। गोली लागेर गम्भीर घाइते भएका दीपकको शुक्रवार साँझ ८ बजे काठमाडौँको त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भएको थियो।

काठमाडौँमा भएको जेनजी आन्दोलनमा महाराजगन्ज प्रहरी वृत्तमा कार्यरत प्रहरी जवान उत्तम सिंह थापाको पनि भदौ २४ गते निधन भएका थियो। दार्चुलाको लेकम गाउँपालिका– ३ लाली घुम्खोली थापालाई आन्दोलनकारीले डिएसपी भन्दै क्रूर रूपमा कुटीकुटी हत्या गरेका थिए।

बाँकेको नौबस्तास्थित बाल सुधार गृहमा रहेका भाग्न खोज्दा गोली लागेर ५ जनाको निधन भएको थियो। जसमध्ये २ जना सुदूरपश्चिमका रहेका छन्।

गोली लागेर निधन हुनेमा अछामका २१ वर्षका उमेश विष्ट, कैलालीका १९ वर्षका जगत देउवा रहेका छन्। उनीहरू जबरजस्ती करणी मुद्दामा बाल सुधार गृह पुगेका थिए।दिनेश खबर बाट साभार

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढी, असार ५ - राष्ट्रिय परीक्षा बोर्ड (NEB) अन्तर्गत कक्षा १२ को परीक्षामा धनगढीस्थित एसपीए कलेजकी छात्रा नीतिका अवस्थी व्यवस्था...
सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

गृहमन्त्री सुधन गुरुङले सिन्धुलीको प्रहरी हिरासतमा श्रीकृष्ण विश्वकर्माको निधन भएको विषयमा छानबिन समिति गठन भई प्रतिवेदन प्राप्त भ...
बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको हिमाली गाउँपालिका–३ लामापाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाको खार्पुनाथ गाउँपालिकाका २३ जनालाई प्रहरीले पक्राउ गरेको छ...
कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरका खेलकुद पूर्वाधारमा बजेट विनियोजन भएपछि धमाधम संरचना निर्माण अघि बढेको छ। जिल्ला खेलकुद समिति कञ्चनपुरका अनुसार यहाँ क्र...