Skip to main content

धनगढी न्यूज

भीमफेदी कारागारमा लागुऔषध र जबरजस्ती करणीका कैदीबन्दी धेरै

Advertisement

हेटौँडा । मकवानपुरको भीमफेदी कारागारमा लागुऔषध र जबरजस्ती करणीका कैदीबन्दीको संख्या उच्च रहेको पाइएको छ । नेपालका प्रमुख कारागारहरूमध्ये एक, भीमफेदी कारागारमा हाल १ हजार २३ जना कैदीबन्दी छन् ।

कारागार कार्यालयको विवरण अनुसार आर्थिक वर्ष २०८१/०८२ मा कैदीबन्दीहरू संलग्न अपराधको प्रकृति हेर्दा लागुऔषध, जबरजस्ती करणी, र कर्तव्य ज्यानमा अपराधका घटनाका कैदी बढी छन् ।

कारागारको तथ्यांक अनुसार सबैभन्दा धेरै लागुऔषध मुद्दामा स्वदेशी र विदेशी गरी ३८० जनाले कैद भुक्तान गरिरहेका छन् ।

लागु औषधपछि जबरजस्ती करणी मुद्दाका कैदीबन्दीहरूको संख्या छ । उक्त अपराधका २९६ जना कैदीबन्दीले सजाय भोगिरहेका छन् । पछिल्लो समय लागुऔषध दुव्र्यसनी, लैगिंक हिंसा र यौनजन्य अपराध बढिरहेको र न्यूनीकरणका लागि थप सामाजिक तथा कानुनी पहलको आवश्यकता उक्त तथ्यांकले देखाएको छ ।

कारागारमा कर्तव्य ज्यान मुद्दाका १४९ जना छन् । उक्त तीन प्रमुख अपराधमा संलग्न कैदीबन्दीको संख्या मात्रै ८२५ रहेको कारागारको विवरणमा उल्लेख छ । यहाँ लागुऔषध, जबरजस्ती करणी र कर्तव्य ज्यानसम्बन्धी मद्दाका कैदीबन्दी संख्याको ८० प्रतिशत छ ।

तथ्यांकअनुसार अन्य अपराधहरूमा चोरीमा ४४ जना, डाँकामा २८ जना, मानव बेचबिखनमा १५ जना, र ज्यान मार्ने उद्योगमा १२ जना कैदीबन्दी छन् । हातहतियार, संगठित अपराध, र बैंकिङ कसुरजस्ता मुद्दामा पनि कैदीबन्दीहरू कारागारमा छन् ।

कुल कैदीबन्दी तथ्यांकअनुसार यहाँ ९९० पुरुष र ३३ महिला छन्, जसमा ७० जना विदेशी नागरिकसमेत छन् । उनीहरू लागुऔषध, चोरी र जबरजस्ती करणीजस्ता मुद्दामा कैद भोगिरहेका कारागारको तथ्यांकमा उल्लेख छ ।

कारागार कार्यालय भीमफेदीमा रहेका कैदीबन्दीहरूको विवरण

111

हेटौडाका मात्र १८९ कैदीबन्दी

कारागारमा रहेका कैदीबन्दीमध्ये ४६५ जना मकवानपुर जिल्लाका विभिन्न स्थानीय तहका छन्, जसमध्ये सबैभन्दा धेरै हेटौँडा उपमहानगरपालिकाबाट १८९ जनाले कैद भुक्तान गरिरहेका छन् । यो कुल संख्याको ४१ प्रतिशत हो । उक्त तथ्यांकले सहरी क्षेत्रमा अपराधको दर उच्च रहेको देखाउँछ ।

कारागारमा रहेका कैदीमध्ये क्रमशः राक्सिराङ गाउँपालिकाबाट ५० जना, मनहरी गाउँपालिकाबाट ४६ जना र कैलाश गाउँपालिकाबाट ४२ जना रहेका छन् । जहाँ अधिकांश लागुऔषध ओसारपसारमा संलग्नहरू रहेका पाइएका छन्, जसले ग्रामीण क्षेत्रमा पनि आपराधिक गतिविधि र त्यसका पछाडिका सामाजिक/आर्थिक कारणहरूबारे गम्भीर विमर्शको आवश्यकता औंल्याएको देखिन्छ ।रातोपाटी बाट साभर

स्थानीय तहअनुसार कैदीबन्दीको संख्या

222

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढी, असार ५ - राष्ट्रिय परीक्षा बोर्ड (NEB) अन्तर्गत कक्षा १२ को परीक्षामा धनगढीस्थित एसपीए कलेजकी छात्रा नीतिका अवस्थी व्यवस्था...
सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

गृहमन्त्री सुधन गुरुङले सिन्धुलीको प्रहरी हिरासतमा श्रीकृष्ण विश्वकर्माको निधन भएको विषयमा छानबिन समिति गठन भई प्रतिवेदन प्राप्त भ...
बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको हिमाली गाउँपालिका–३ लामापाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाको खार्पुनाथ गाउँपालिकाका २३ जनालाई प्रहरीले पक्राउ गरेको छ...
कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरका खेलकुद पूर्वाधारमा बजेट विनियोजन भएपछि धमाधम संरचना निर्माण अघि बढेको छ। जिल्ला खेलकुद समिति कञ्चनपुरका अनुसार यहाँ क्र...