Skip to main content

धनगढी न्यूज

कैलाली भन्सार कार्यालयद्धारा ४ महिनामा २५ प्रतिशत राजस्व संकलन

Advertisement

धनगढी: कैलाली भन्सार कार्यालय धनगढीले चालु आर्थिक वर्षका ४ महिनामा वार्षिक लक्ष्यको २५ दशमलव ९३ प्रतिशत राजस्व संकलन गरेको छ । कार्यालयको चालु आवमा ९ अर्ब ७१ करोड १५ लाख राजस्व सङ्कलन गर्ने वार्षिक लक्ष्य रहेकामा ४ महिनामा २५ दशमलव ९३ प्रतिशत राजस्व संकलन गरेको हो ।

चालु आर्थिक वर्षको साउनदेखि कात्तिकसम्मको अवधिमा २ अर्ब ५१ करोड ८३ लाख राजस्व संकलन भएको कार्यालयका सूचना अधिकारी खिमप्रसाद अर्यालले जानकारी दिए ।  कार्यालयले चालु आवका ४ महिनामा कुनै पनि महिनामा राजस्व संकलन लक्ष्यअनुसारको राजस्व संकलन गर्न सकेको छैन् ।

साउनमा ७१ करोड ६१ लाख राजस्व संकलन गर्ने लक्ष्य रहेकामा ५७ करोड ८० लाख अर्थात् ८०.७२ प्रतिशत र भदौमा ७४ करोड २१ लाख राजस्व संकलनको लक्ष्य रहेकामा ५३ करोड ७० लाख अर्थात् ७२.३६ प्रतिशत मात्रै राजस्व संकलन भएको उनले जानकारी दिए ।

असोजमा ७६ करोड ७७ लाख राजस्व संकलनको लक्ष्य रहेकामा ६७ करोड ७८ लाख अर्थात् ८८.२९ प्रतिशत र कात्तिकमा ८४ करोड ६७ लाख राजस्व संकलनको लक्ष्य रहेकामा ७२ करोड ५४ लाख अर्थात् ८५.६७ प्रतिशतमात्रै राजस्व संकलन भएको कैलाली भन्सार कार्यालयले जनाएको छ ।

गत आव २०८१/८२ मा पनि भन्सार कार्यालयले लक्ष्यअनुसारको राजस्व संकलन गर्न सकेको थिएन् । गत आवमा ११ अर्ब १६ करोड २६ लाख राजस्व संकलनको वार्षिक लक्ष्य रहेकामा आठ अर्ब ६६ करोड ९८ लाखमात्रै राजस्व संकलन भएको थियो । जुन वार्षिक लक्ष्यको ७७ दशमलव ६७ प्रतिशतमात्रै रहेको थियो ।दिनेश खबर बाट साभार

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढी, असार ५ - राष्ट्रिय परीक्षा बोर्ड (NEB) अन्तर्गत कक्षा १२ को परीक्षामा धनगढीस्थित एसपीए कलेजकी छात्रा नीतिका अवस्थी व्यवस्था...
सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

गृहमन्त्री सुधन गुरुङले सिन्धुलीको प्रहरी हिरासतमा श्रीकृष्ण विश्वकर्माको निधन भएको विषयमा छानबिन समिति गठन भई प्रतिवेदन प्राप्त भ...
बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको हिमाली गाउँपालिका–३ लामापाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाको खार्पुनाथ गाउँपालिकाका २३ जनालाई प्रहरीले पक्राउ गरेको छ...
कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरका खेलकुद पूर्वाधारमा बजेट विनियोजन भएपछि धमाधम संरचना निर्माण अघि बढेको छ। जिल्ला खेलकुद समिति कञ्चनपुरका अनुसार यहाँ क्र...