Skip to main content

धनगढी न्यूज

मिरज ढुंगाना समूहले भेट्न पाएन प्रधानमन्त्री, सिंहदरबार गेटमा ज्ञापनपत्र टाँसेर फर्कियो

Advertisement

८ मंसिर, काठमाडौं । मिरज ढुंगाना नेतृत्वको जेनजी समूहले प्रधानमन्त्री सुशीला कार्कीले फोन संवाद समेत गर्न नचाहेको भन्दै आपत्ति जनाएको छ ।

सोमबार दिनभरि प्रधानमन्त्री सुशीला कार्कीलाई भेट्नका लागि सम्पर्क गर्दा प्रधानमन्त्री कार्कीले मोबाइल फोन अफ गरेर सम्पर्क समेत गर्न नचाहेको उनीहरूको आरोप छ ।

प्रधानमन्त्री सचिवालयबाटै आफन्त र नातेदारलाई नियुक्ति गर्ने काम भएपछि प्रधानमन्त्री कार्कीलाई भेट्न सिंहदरबार दक्षिण गेट पुगेका उनीहरू गृहमन्त्री ओमप्रकाश अर्यालसँग समेत सम्पर्क हुन नसकेपछि निराश भएर फर्किएका छन् ।

उनीहरूले जेनजीहरूको आवाज सुन्ने धैर्यता राख्न प्रधानमन्त्री कार्कीसँग आग्रह गरेका छन् ।

प्रधानमन्त्रीले समेत मोबाइल फोन स्विच अफ गरेर सम्पर्कमा आउन नचाहेपछि दुःख लागेको जेनजी अभियन्ता सुशील बुढोथोकीले बताए ।

उनले भने, ‘यो हामीले बिहानदेखि फोन गर्न ट्राई गरिरहेका थियौं । उहाँको फोन उठेन । अहिले प्रधानमन्त्री, गृहमन्त्रीज्यूको फोन अफ भएपछि कसरी भेट्ने ?’

ढुंगाना समूहले सुशासनको पक्षमा कामै गर्न नसकेको भन्दै राजीनामा दिनुपर्ने निष्कर्षसहितको ज्ञापनपत्र प्रधानमन्त्री कार्कीलाई बुझाउने तयारी गरेको थियो ।

तर, टेलिफोन सम्पर्क नै हुन नसकेपछि सो समूहले सिंहदरबार दक्षिण गेटमा नै ज्ञापनपत्र भित्तामा टाँसेर फर्किएको छ ।

अभियन्ता बुढाथोकीले प्रधानमन्त्री कार्कीले आफूहरुसँग सम्पर्कमा आउन नचाहनुको कारण स्पष्ट पार्नुपर्ने माग समेत गरे ।अन्लाईन खबर बाट साभार

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढी, असार ५ - राष्ट्रिय परीक्षा बोर्ड (NEB) अन्तर्गत कक्षा १२ को परीक्षामा धनगढीस्थित एसपीए कलेजकी छात्रा नीतिका अवस्थी व्यवस्था...
सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

गृहमन्त्री सुधन गुरुङले सिन्धुलीको प्रहरी हिरासतमा श्रीकृष्ण विश्वकर्माको निधन भएको विषयमा छानबिन समिति गठन भई प्रतिवेदन प्राप्त भ...
बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको हिमाली गाउँपालिका–३ लामापाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाको खार्पुनाथ गाउँपालिकाका २३ जनालाई प्रहरीले पक्राउ गरेको छ...
कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरका खेलकुद पूर्वाधारमा बजेट विनियोजन भएपछि धमाधम संरचना निर्माण अघि बढेको छ। जिल्ला खेलकुद समिति कञ्चनपुरका अनुसार यहाँ क्र...