Skip to main content

धनगढी न्यूज

छुर्पीमा फड्को : ४ किलोबाट सुरु, सवा लाख किलो निर्यात

Advertisement

विराटनगर । झापामा मुख्य कार्यालय रहेको मनराम हिमालयन ह्यान्डी क्राफ्टले कोशी प्रदेशबाट ‘डग च्यु’ (कुकुरको आहार) का रूपमा छुर्पी उत्पादन तथा सङ्कलन गर्न थालेको १८ वर्ष भयो । उक्त कम्पनीले सन् २००७ मा नमुनाका रूपमा जम्मा ४ किलो छुर्पी सङ्कलन गरेर अमेरिका पठाएको थियो । तर अहिले कम्पनीले १ लाख २५ हजार किलोसम्म छुर्पी निर्यात गर्दै आएको छ ।

उसले डीडीसीसँग ठुलो परिमाणमा ‘छेना’ (दुध फटाएर बनाइने वस्तु) खरिद गर्न थालेको छ । यसले बजार गुमाउँदै गएको डीडीसीलाई पनि राहत मिलेको छ भने डीडीसीबाट तयारी छेना पाउँदा दुध सङ्कलन गर्ने र त्यसलाई फटाएर छेना बनाउने प्रोसेसिङको झन्झट र खर्च कम्पनीलाई बचत भएको छ । कम्पनीका सञ्चालक राजेन्द्रकुमार श्रेष्ठका अनुसार कम्पनीले सिजनमा मासिक डेढ लाख किलोसम्म छुर्पी सङ्कलन गर्छ ।

यतिबेला कोशी प्रदेशबाट उत्पादन भएर निर्यात हुने प्रमुख वस्तु बनेको छ डग च्यु (छुर्पी) । छुर्पी निर्यातको इतिहास लामो भए पनि निर्यात तथ्यांकलाई हेर्दा १२ वर्षयता यसले गुणात्मक फड्को मारेको छ ।

भन्सार विभागको तथ्यांक अनुसार आर्थिक वर्ष २०७०/७१ मा २ लाख ३८ हजार रुपैयाँ बराबरको १६५ किलो छुर्पी निर्यात भएको थियो । त्यतिबेला छुर्पी थाइल्यान्ड, भारत, अमेरिका र अस्ट्रेलिया गएको भन्सार विभागको तथ्यांकमा उल्लेख छ ।

आर्थिक वर्ष २०७१/०७२ मा २५ करोड २१ लाख ४५ हजारको २ लाख २६ हजार ४५३ किलो निर्यात भयो । आर्थिक वर्ष २०७२/०७३ मा छुर्पी ४२ करोड ६९ लाख ८८ हजार रुपैयाँ बराबरको ३ लाख १६ हजार २५९ किलो निर्यात भयो । त्यसयता लगातार छुर्पी निर्यातको ग्राफ बढिरहेको छ ।

गत आर्थिक वर्ष भने ४ अर्ब ५१ करोड ४० लाख ९७ हजार मूल्य बराबरको २६ लाख १० हजार ६७ किलो छुर्पी निर्यात भएको थियो । चालू आर्थिक वर्षको कार्तिकसम्ममा छुर्पी १ अर्ब ३ करोड ५७ लाख २२ हजार मूल्य बराबरको ८ लाख ६७ हजार ६८१ किलो निर्यात भएको छ ।

सुरुका वर्षहरुमा दुई चार वटा मुलुकमा निर्यात हुने छुर्पी अहिले विश्वका धेरै मुलुकहरुमा निर्यात हुन्छ । छुर्पी सबैभन्दा धेरै अमेरिका, जापान र क्यानडा निर्यात हुन्छ । यस्तै अष्ट्रेलिया, बोस्निया हर्जगोभिना, ब्राजिल, चेक रिपब्लिक, डेनमार्क, फ्रान्स, गबोन, जर्मनी, ग्रिस, हङकङ, इटली, कोरिया, लेवनान, मलेसिया, म्यानमार, नेदरल्याण्ड, न्यूजिल्याण्ड, सिंगापुर, स्लोभाकिया, साउथ अफ्रिका, ताइवान, थाइल्याण्ड, साउदी अरब र यूके रहेका छन् ।

Churpi (2)

अमेरिकामा नेपाली छुर्पीको उच्च माग रहे पनि युरोपियन बजारमा भने अझै पहुँच पुग्न सकेको छैन । युरोपियन युनियनको कडा मापदण्ड र नेपालमा पशुहरूमा देखिने खोरेत रोग बाधकको रुपमा देखिएको छ । ‘नेपालका पशुहरू खोरेत मुक्त छन् भन्ने अन्तर्राष्ट्रिय स्तरको ल्याब टेस्टिङ रिपोर्ट र प्रमाणीकरण नभएसम्म युरोपले दुग्धजन्य पदार्थ लिँदैन,’ उद्योगका सञ्चालक श्रेष्ठले भने, ‘सरकारले इलाम र झापा क्षेत्रलाई खोरेत मुक्त क्षेत्र घोषणा गर्न खोप कार्यक्रम त चलाएको छ, तर यसलाई छिटो प्रमाणीकरण गरेर सहजीकरण गरिदिए हाम्रो बजार अझै फराकिलो हुने थियो ।’ सरकारसँग आर्थिक सहयोग भन्दा पनि नीतिगत सहजीकरण, क्वारेन्टाइन र ल्याब टेस्टिङको सहज सुविधाको अपेक्षा उद्योगले गरेको उनले बताए । रातोपाटी बाट साभार

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढी, असार ५ - राष्ट्रिय परीक्षा बोर्ड (NEB) अन्तर्गत कक्षा १२ को परीक्षामा धनगढीस्थित एसपीए कलेजकी छात्रा नीतिका अवस्थी व्यवस्था...
सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

गृहमन्त्री सुधन गुरुङले सिन्धुलीको प्रहरी हिरासतमा श्रीकृष्ण विश्वकर्माको निधन भएको विषयमा छानबिन समिति गठन भई प्रतिवेदन प्राप्त भ...
बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको हिमाली गाउँपालिका–३ लामापाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाको खार्पुनाथ गाउँपालिकाका २३ जनालाई प्रहरीले पक्राउ गरेको छ...
कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरका खेलकुद पूर्वाधारमा बजेट विनियोजन भएपछि धमाधम संरचना निर्माण अघि बढेको छ। जिल्ला खेलकुद समिति कञ्चनपुरका अनुसार यहाँ क्र...