Skip to main content

धनगढी न्यूज

प्रादेशिक स्वास्थ्य प्रवर्द्धन केन्द्रको करिब २३ लाखको जिन्सी सामान गायब!

Advertisement

धनगढीः सुदूरपश्चिम प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय अन्तर्गतको प्रादेशिक स्वास्थ्य प्रवर्द्धन केन्द्र धनगढीको चार पाङ्ग्रे गाडीसहित २४ किसिमका उपकरण र सामग्री गायब भएको तथ्य फेला परेको छ। केन्द्रले दिनेशखबरलाई उपलब्ध गराएको विवरणमा एक थान जिपसहित ल्यापटप, कम्प्युटर, एसी, प्रोजेक्टर, फ्रिज, ट्रेड मिल र क्रस ट्रेनर लगायत अन्य सामान खरिद भएको तर कार्यालयमा नभेटिएको पाइएको हो।

स्वास्थ्य प्रवर्द्धन केन्द्रको गाडी भने गत भदौ २३ मा बढुवा भएर स्वास्थ्य तालिम केन्द्र सरुवा भएका केन्द्रका पूर्व प्रमुख हेमराज खड्काले प्रयोग गरिरहेको बताइएको छ। उनले स्वास्थ्य प्रवर्द्धन केन्द्रबाट स्वास्थ्य तालिक केन्द्र सरुवा हुँदा प्रवर्द्धन केन्द्रको गाडीसेमत लगेर गएका हुन्।

सुरूमा २०७८ फागुन ११ गते प्रादेशिक स्वास्थ्य प्रवर्द्धन केन्द्र कञ्चनपुरको महेन्द्रनगरमा स्थापना भएको थियो। तत्कालीन सामाजिक विकास मन्त्री लालबहाखुर खड्काले कार्यालय स्थापना गरेका हुन्। कार्यालय स्थापना हुँदादेखि नै कार्यालय प्रमुखको जिम्मेवारीमा रहेका हेमराज खड्काले मन्त्री पदबाट लालबहादुर खड्का हटेपछि सो कार्यालय धनगढी ल्याएका हुन्।

गत भदौ २३ गतेको बढुवापछि स्वास्थ्य कार्यालय पदस्थापन गरिएका खड्काले अहिलेसम्म कार्यालयको बरबुझारथ गरेका छैनन्। कानुनतः सरुवा भएको २१ दिनभित्र बरबुझारथ गर्नुपर्छ तर खड्काले उक्त नियमको अवज्ञा गरेको पाइएको छ।

स्वास्थ्य प्रवर्द्धन केन्द्रको निमित्त प्रमुखको जिम्मेवारी लिएर गत कात्तिक ३० गते केन्द्रमा हाजिर भएका तेजविक्रम शाहीलाई पूर्व प्रमुख हेमराज खड्काले सरुवा भएर गएको यतिका दिनसम्म पनि कार्यालयको जिम्मेवारी हस्तान्तरण गरेका छैनन्। त्यसपछि निमित्त प्रमुख शाहीले मुचुल्का लिएर कार्यालयको जिम्मेवारी लिएको बताइएको छ।

कुन कुन सामान भए गायब?
स्वास्थ्य प्रवर्द्धन केन्द्रको जिप जसको अन्दाजी मूल्य ४० लाख रहेको बताइएको छ, त्यो अहिले प्रवर्द्धन केन्द्रमा छैन। उक्त गाडी हेमराज खड्काले प्रयोग गरिहरको बताइएको छ।

अन्य सामानमा सात लाख  ५९ हजार ९२६ मूल्यको ६ थान ल्यापट जिन्सी अभिलेखअनुसार गायब छन्। यस्तै, ९० हजार चार सय मूल्यको चार थान यात्रुजन्य साधन, दुई लाख २० हजार १९६ मूल्यको कम्प्युटर तथा दूरसञ्चार सामान, एक लाख २० हजार दुई सय मूल्यको चार थान प्रिन्टर, ६५ हजार ५४० मूल्यको एक थान प्रोजेक्टर, एक लाख ९३ हजार मूल्यको डिजिटर डिस्प्ले बोर्ड कार्यालयमा नभेटिएको विवरण दिनेशखबरलाई उपलब्ध गराइएको छ।

स्वास्थ्य प्रवर्द्धन केन्द्रको जिन्सी अभिलेखमा उल्लेख भएको चार हजार ४४८ मूल्यको दुई थान हिटर, २५ हजार ५३८ मूल्यको पाँच थान सिलिङ पङ्खा, चार हजार ४९५ मूल्यको एक थान टेबुल पङ्खा, एक लाख ४५ हजार मूल्यको दुई थान एसी, २५ हजार मूल्यको एक थान फ्रिज, १८ हजार १९१ मूल्यको एक थान युपिएस, ३१ हजार ३०४ रुपैयाँको एक थान ब्याट्री, १९ हजार मूल्यको अन्य विद्युतीय उपकरण, दुई लाख ९२ हजार ६७० मूल्यको दुई थान ट्रेड मिल, एक लाख ५९ हजार ९९८ मूल्यको एक थान क्रस ट्रेनर, ६४ हजार ९९९ मूल्यको भाइब्रेटर र ९९ हजार ४४० रुपैयामा तयार भएको बेबसाइट कार्यालयमा फेला नपरेको विवरणमा उल्लेख छ।

सूचनाको हक प्रयोग गर्दै दर्ता गरेको निवेदनको आधारमा सामाजिक विकास मन्त्रालयको आदेशका आधारमा स्वास्थ्य प्रवर्द्धन केन्द्रले जिन्सी अभिलेख अनुसारको परिणाक र हाल कार्यालयमा मौज्दात परिणामको विवरण उपलब्ध गराएको हो। कार्यालयका लागि खरिद भएको, जिन्सी अभिलेखमा उल्लेखित जिप बाहेकको २२ लाख ८० हजार २९४ मूल्य बराबरको सामान कहाँ गयो भन्ने विवरण खुलेको छैन।

यो विषयमा केन्द्रका पूर्व प्रमुख हेमराज खड्कालाई बुझ्न खोज्दा उनको फोन उठेन। उनले मोवाइल सन्देश लेख्दै सबै सामान कार्यालयमै रहेको बताएका छन्। खड्काले आइतवार सबै सामान क्लियरेन्स गर्ने सन्देश पठाएका छन्।दिनेश खबर बाट साभार

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढी, असार ५ - राष्ट्रिय परीक्षा बोर्ड (NEB) अन्तर्गत कक्षा १२ को परीक्षामा धनगढीस्थित एसपीए कलेजकी छात्रा नीतिका अवस्थी व्यवस्था...
सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

गृहमन्त्री सुधन गुरुङले सिन्धुलीको प्रहरी हिरासतमा श्रीकृष्ण विश्वकर्माको निधन भएको विषयमा छानबिन समिति गठन भई प्रतिवेदन प्राप्त भ...
बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको हिमाली गाउँपालिका–३ लामापाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाको खार्पुनाथ गाउँपालिकाका २३ जनालाई प्रहरीले पक्राउ गरेको छ...
कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरका खेलकुद पूर्वाधारमा बजेट विनियोजन भएपछि धमाधम संरचना निर्माण अघि बढेको छ। जिल्ला खेलकुद समिति कञ्चनपुरका अनुसार यहाँ क्र...