Skip to main content

धनगढी न्यूज

सुदूरपश्चिमका सीमा नाकामा रोहिंग्या प्रवेश रोक्न चेकजाँच कडाइ

Advertisement

धनगढीः सुदूरपश्चिम प्रदेशका भारतसँग जोडिएका सीमा नाकामा रोहिंग्या शरणार्थीको अवैध प्रवेश रोक्न सुरक्षा निकायले चेकजाँच कडा पारेका छन्। त्रिनगर भन्सार नाकासहित विभिन्न नाकामा खटिएका सुरक्षाकर्मीले नेपाल प्रवेश गर्ने व्यक्तिको परिचयपत्र अनिवार्य रूपमा जाँच गर्ने तथा शंका लागेका व्यक्तिहरूसँग विस्तृत विवरण लिने कार्य तीव्र पारेका छन्।

रोहिंग्या शरणार्थीले भारतीय आधारकार्ड बनाएर मजदुरका रूपमा नेपाल छिर्ने गरेको सूचनापछि निगरानी कडाइ गरिएको सुरक्षा अधिकारीहरूले जानकारी दिएका छन्। त्रिनगर सीमा सुरक्षा गुल्मका प्रमुख, शसस्त्र प्रहरी नायब उपरीक्षक धिरेन्द्र शाहका अनुसार भारतीय सुरक्षा निकाय एसएसबीसँग पनि यस्तो सम्भावना देखिए खबर गर्न आग्रह गरिएको छ।

गृहमन्त्री ओमप्रकाश अर्यालले धनगढीमा सुरक्षा गोष्ठीमा सहभागी भई सोमबार त्रिनगर नाका निरीक्षण गरेका थिए। नाकामा चेकजाँच प्रक्रिया कसरी भइरहेको छ भन्नेबारे जानकारी लिँदै उनले चेकजाँच प्रविधि थप विस्तार गर्ने सम्भावनामा चासो देखाएको अधिकारीहरूले बताए।

भारतसँग १०१ किलोमिटर सीमा जोडिएको कैलालीमा पनि खुला सीमा क्षेत्रमा गस्ती बढाइएको सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीले बताइन्। कञ्चनपुरको गड्डाचौकी नाकामा समेत पहिलेको भन्दा कडा निगरानी गरिएको प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले जानकारी दिए। कञ्चनपुरका २४ वटा सीमा सुरक्षा पोष्टले १२९ किलोमिटर खुला सीमामा निगरानी गरिरहेका छन्।

दार्चुला र बैतडीका नाकामा पनि चेकजाँच कडाइ गरिएको छ। बैतडीको जुलाघाट नाकामा परिचयपत्रका आधारमा नाम दर्ता गरी आवतजावत गराइने गरिएको छ। प्रमुख जिल्ला अधिकारी पुण्यबिक्रम पौडेलका अनुसार अवैध प्रवेश रोक्न सुरक्षा सतर्कता थप सुदृढ गरिएको छ।

भारतमा विशेष मतदाता नामावली शुद्धीकरण कार्यक्रम चलिरहेका कारण त्यहाँ बस्दै आएका केही रोहिंग्या नेपाल प्रवेश गरेको सुरक्षा निकायको आकलन छ। हाल नेपालमा करिब ६ सय रोहिंग्या अवैध रूपमा बसेको बताइएको छ।दिनेश खबर बाट साभार

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढी, असार ५ - राष्ट्रिय परीक्षा बोर्ड (NEB) अन्तर्गत कक्षा १२ को परीक्षामा धनगढीस्थित एसपीए कलेजकी छात्रा नीतिका अवस्थी व्यवस्था...
सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

गृहमन्त्री सुधन गुरुङले सिन्धुलीको प्रहरी हिरासतमा श्रीकृष्ण विश्वकर्माको निधन भएको विषयमा छानबिन समिति गठन भई प्रतिवेदन प्राप्त भ...
बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको हिमाली गाउँपालिका–३ लामापाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाको खार्पुनाथ गाउँपालिकाका २३ जनालाई प्रहरीले पक्राउ गरेको छ...
कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरका खेलकुद पूर्वाधारमा बजेट विनियोजन भएपछि धमाधम संरचना निर्माण अघि बढेको छ। जिल्ला खेलकुद समिति कञ्चनपुरका अनुसार यहाँ क्र...