
खबर सम्वाददाता : धर्मराज भट्ट २०८२ मंसिर २६ गते साझ अनियन्त्रित गाडीको ठक्कर बाट गम्भीर घाइते भएका रेबराज शर्माको हिजो बिहान निधन भएको छ ।
धनगढीबाट अत्तरिया घर तर्फ मोटरसाइकलमा जादै गर्दा धनगढी १३ राजपुर चोकमा धनगढीमा घाइते भएका उनको प्राथमिक उपचार पश्चात नर्भिक अस्पताल काठमाडौंमा उपचार भैरहेको थियो ।
शर्माको बिहीबार बिहान ४३ बर्षको अल्पायुमा निधन भएको हो ।
उनको आज नै अन्त्येष्टी गरिने पारिवारिक स्रोतले जनाएको छ ।
शर्मासँगै घाइते भएकी उनकी छोरी निती शर्माको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचार भैरहेको छ । टिकापुर घर भई अत्तरियामा व्यवसाय गर्दै आएका रेबराजका श्रीमती , एक छोरा र एक छोरी छन् ।









