धनगढी न्यूज

कैलालीबाट चार जना पत्रकार प्रतिनिधि सभाको उम्मेदवारका लागि सिफारिस

 

धनगढीः कैलालीबाट चार जना पत्रकार आगामी फाल्गुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको उम्मेदवार हुन सिफारिस भएका छन्। कैलालीबाट नेकपा एमालेले दुई तथा नेपाली कम्युनिस्ट पार्टीले दुई जना पत्रकारलाई उम्मेदवारका लागि केन्द्रमा सिफारिस गरेको हो।

नेपाली कम्युनिस्ट पार्टीले कैलाली निर्वाचन क्षेत्र नम्बर ३ बाट पत्रकार प्रकाश मिश्रलाई प्रत्यक्षतर्फ सिफारिस गरेको छ भने कैलाली निर्वाचन क्षेत्र नम्बर ५ बाट हर्कसिंह प्रपलालाई समानुपातिक उम्मेदवारका लागि सिफारिस गरेको हो।

प्रेस सेन्टर नेपालका केन्द्रीय उप-महासचिव हर्कसिंह प्रपाला हरिशलाई नेपाली कम्युनिष्ट पार्टी कैलालीले प्रतिनिधिसभा निर्वाचनका लागि कैलाली क्षेत्र नम्बर ५ बाट समानुपातिक उम्मेदवारमा सिफारिस गरेको हो। प्रपालालाई अल्पसंख्यक तथा लोपउन्मुख क्लष्टरबाट उम्मेदवार सिफारिस गरिएको हो।

नेकपा एमालेले भने खसआर्य पुरूषतर्फ पत्रकार लिलाराज शाही तथा खसआर्य महिलातर्फ पत्रकार लोग्शरी कुँवरलाई समानुपातिक उम्मेदवारका लागि सिफारिस गरेको छ। कैलालीबाट एमालेले ५४ जनाको नाम समानुपातिक उम्मेदवारका लागि सिफारिस गरेकोमा दुई जना पत्रकारलाई समेत समावेश गरेको हो। एमालेले समानुपातिक उम्मेदवारका लागि सिफारिस गरेका शाही र कुँवर प्रेस चौतारीमा आवद्ध पत्रकार हुने भने नेकपाले सिफारिस गरेका मिश्र र प्रपाला प्रेस सेन्टरमा आवद्ध पत्रकार हुन्।दिनेश खबर बाट साभार

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रो पात्रो
लोक सेवा तयारी
महत्त्वपूर्ण लिन्क
live stream
×