Skip to main content

धनगढी न्यूज

सुदूरपश्चिमबाट चार दलका ३६ जना समानुपातिक उम्मेदवार

Advertisement

धनगढी: काँग्रेस, एमाले, नेकपा र रास्वपाले फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनमा सुदूरपश्चिमबाट ३६ जनालाई समानुपातिक उम्मेदवार बनाएका छन्।

चार पार्टीले बुझाएको उम्मेदवारको बन्द सूचीमा सुदूरपश्चिमबाट काँग्रेसले सबैभन्दा बढी ११ जनाको नाम समेटेको छ। नेकपा एमाले तथा नेपाली कम्युनिस्ट पार्टीले १०/१० जनालाई समानुपातिक उम्मेदवार बनाएको छ भने राष्ट्रिय स्वतन्त्र पार्टीले सुदूरपश्चिमबाट पाँच जनालाई उम्मेदवार बनाएको जनाएको छ। यद्यपि उसले बुझाएको समानुपातिक सूचीमा सुदूरपश्चिम ठेगना उल्लेख भएका दुई जना उम्मेदवार मात्रै छन्।

नेपाली काँग्रेसले प्रदेशका सबै जिल्लाबाट समानुपातिक उम्मेदवार चयन गरेको छ। अन्य दलले भने प्रदेशका सबै जिल्लाबाट उम्मेदवार बनाएका छैनन्। नेकपा र एमालेले भने पाँच/पाँच  जिल्लाबाट मात्रै उम्मेदवार खडा गरेका छन्। नेकपा एमालेलेले दार्चुल, बझाङ, कञ्चनपुर, कैलाली र अछामबाट मात्रै उम्मेदवार बनाएको छ भने नेकपाले डोटी, बाजुरा, अछाम, कैलाली र कञ्चनपुरबाट मात्रै उम्मेदवार बनाएको छ।

एमालेले बैतडी, डोटी, बाजुरा र डडेल्धुराबाट उम्मेदवार बनाएको छैन भने नेपाली कम्युनिस्ट पार्टीले बैतडी, दार्चुला, डडेल्धुरा र बझाङबाट समानुपातिक उम्मेदवार बनाएको छैन।

काँग्रेसले कैलालीबाट यज्ञनिधि कोइराला र रिता चौधरी, कञ्चनपुरबाट कल्पना केसी र तौला राना, दार्चुलाबाट करवीर कार्की, बैतडीबाट दीपेन्द्र बम, बझाङबाट सुन्दर स्नेही, बाजुराबाट विद्या तिमिल्सिना, डोटीबाट प्रसिस महरा र डडेल्धुराबाट हरिना कामीलाई समानुपातिक उम्मेदवार बनाएको हो।

नेकपा एमालेले कैलालीबाट चार जना  लिला भण्डारी, हरिशङ्कर योगी, इच्छा चौधरी र सावित्रा घिमिरेलाई समानुपातिक उम्मेदवार बनाएको छ भने कञ्चनपुरबाट निरुदेवी पाल र कृपाराम राना, बझाङबाट एलबी रावल र भागरथी चन्द सिंह, अछामबाट बमबहादुर बिसी र दार्चुलाबाट जयेन्द्रसिंह ऐतवालको नाम समानुपातिक सूचीमा समावेश गरेको छ।

नेपाली कम्युनिस्ट पार्टीले कैलाली र कञ्चनपुरबाट तीन/तीन जना, अछामबाट दुई तथा डोटी र बाजुराबाट एक/एक जनालाई समानुपातिक उम्मेदवार बनाएको छ। नेकपाले कैलालीबाट प्रेम बयक, कमला ज्ञवाली र गणेश विक तथा कञ्चनपुरबाट रामअवतार राना थारू, वीरबहादुर बुढाथोकी र निराशा चौधरीलाई समानुपातिक उम्मेदवार बनाएको छ। अछामबाट भने निर्मला साउँद र भीमबहादुर भण्डारी, डोटीबाट अञ्जीता श्रेष्ठ तथा बाजुराबाट विनिता बिक नेकपाको समानुपातिक उम्मेदवार बनेका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिक सूचीमा सुदूरपश्चिमका पाँच जना परेको जनाएको छ। प्रदेश सभापति इन्जिनियर प्रकाश बिष्टले सुदूरपश्चिमबाट समानुपातिकतर्फ पाँच जनाको नाम समावेश भएको बताएका हुन्। उनका अनुसार कञ्चनपुरबाट प्रतिभा रावल र सोमप्रसाद चौधरी, अछामबाट टीका सङ्ग्रौला, कैलालीबाट अनुपकुमार उपाध्याय, करिस्मा कठरिया र गीता चौधरी सुदूरपश्चिमबाट  रास्वपाको समानुपातिक उम्मेदवार हुन्।दिनेश खबर बाट साभार

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

बाढीपहिरो प्रभावितका लागि सुजङ्ग बोर्डिङ स्कुलद्वारा रु. २ लाख २२ हजार सहयोग

बाढीपहिरो प्रभावितका लागि सुजङ्ग बोर्डिङ स्कुलद्वारा रु. २ लाख २२ हजार सहयोग

सुदूरपश्चिमको डोटीस्थित सुजङ्ग इङ्लिस बोर्डिङ स्कुलले हालैको बाढी तथा पहिरोबाट प्रभावित परिवारको राहत र पुनःस्थापनाका लागि प्रधा...
एसपीए कलेजद्वारा उत्कृष्ट विद्यार्थी नितिका अवस्थी र चार्टर्ड अकाउन्टेन्ट इन्द्र रोकायालाई सम्मान

एसपीए कलेजद्वारा उत्कृष्ट विद्यार्थी नितिका अवस्थी र चार्टर्ड अकाउन्टेन्ट इन्द्र रोकायालाई सम्मान

धनगढी -सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपीए) कलेजले आफ्नो स्टेप अप गाला २०८३ कार्यक्रमका अवसरमा दुई जना उत्कृष्ट विद्यार्थीलाई सम्म...
नबिल एसएसई को तीन महिने तालिम कार्यक्रम प्रमाणपत्र वितरणसहित सम्पन्न

नबिल एसएसई को तीन महिने तालिम कार्यक्रम प्रमाणपत्र वितरणसहित सम्पन्न

धनगढी । सुदूरपश्चिमाञ्चल एकेडेमी एसपीए कलेज, धनगढी र नबिल बैंक लिमिटेडको सहकार्यमा सञ्चालित नबिल एसएसई (Nabil School of Social Ent...
डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव धनगढीमा

डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव धनगढीमा

९ साउन, धनगढी। धनगढीमा सत्याग्रह गरिरहेका डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चूडामणि पौडेल धनगढी प...