धनगढी न्यूज

हिमशिखर सहकारीको १७औँ वार्षिक साधारण सभा


हिमशिखर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको १७ औँ साधारण सभा उद्घाटनसत्र आज सम्पन्न भएको छ । विभिन्न सरोकालाहरुको सहभागितामा उक्त साधारणसभा सम्पन्न गरिएको हो । साधारण सभाको उद्घाटनसत्रमा संस्थाका अध्यक्ष दुर्गाप्रसाद भण्डारीले वार्षिक प्रतिवेदन पेश गरेका थिए ।

संस्थाका हाल धनगढी उप महानगरपालिका , गोदावरी न.पा. , गौरीगंगा न.पा. र कैलारी गा.पा. कार्यक्षेत्र रहेको समेत जानकारी गराइएको छ । संस्थाले कैलारी गाँउपालिकाको विसनपुरमा आफ्नै १२ कठ्ठा जमिनमा विउ प्रशोधन केन्द्र संचालनमा ल्याउने तयारीमा समेत रहेको व्यवस्थापकद्धारा प्रस्तुत वित्तिय विवरणमा जानकारी गराइयो ।

संस्थाका व्यवस्थापक महेन्द्र शाहिले संक्षिप्त विवरणसहितको प्रतिवेदन पेश गर्दै गत आव.२०८०/०८१ मा कुल सम्पत्ति ७५ करोड २८ लाख ५३ हजार रुपैयाँ रहेकोमा आव २०८१्०८२ मा १३ करोड १८ लाख २६ हजार रुपैयाँले वृद्धि भै ८८ करोड ४६ लाख ८० हजार रुपैयाँ रहेको उल्लेख गरे । यस्तै आर्थिक बर्ष २०८०्०८१ मा संस्थाको शेयर पुँजी रु।४ करोड २ लाख २१ ह्जार रहेकोमा आव २०८१्०८२ मा वृद्धि भइ रु.४ करोड ६६ लाख ३४ हजार रहेको बताए । जुन अघिल्लो आ.व. भन्दा गत आ.व.मा १५.९५ प्रतिशतले वृद्धि भएको उनले बताए । यसैगरी आ.व. ०८१/०८२ सम्ममा जम्मा शेयर सदस्य संख्या ५०७५ पुगेको जानकारी गराइयो ।

कार्यक्रममा विभिन्न व्यक्तित्वहरुलाई सम्मान समेत गरिएको थियो । उक्त कार्यक्रम मार्फत सहकारीलाई सक्षम तथा व्यवसायिक तवरले संचालन गर्न सहयोग गर्नुहुने सम्पुर्ण सरोकारवालाहरुप्रति संस्थाको तर्फबाट हार्दिक कृतज्ञता समेत व्यक्त गरेका छन् । साधारण सभाको उद्घाटनसत्रमा हिमशिखर सहकारी संस्था लिमिटेडका सबै शाखाका कर्मचारी शेयर सदस्य, ऋणी लगायत हिमशिखर सहकारीमा आबद्ध सरोकारवाला सबैको उल्लेखनीय उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रो पात्रो
लोक सेवा तयारी
महत्त्वपूर्ण लिन्क
live stream
×