धनगढी न्यूज

जेन्जी युवा जैनुल सिद्दिकीले गरे सिसीटिभीको बहुराष्ट्रिय ब्रान्ड युएनभीको धनगढीमा नयाँ शोरुम उद्घाटन

सिसीटिभी सर्भिलेन्स क्षेत्रमा विशेषज्ञता हासिल गरेको विश्वप्रसिद्ध बहुराष्ट्रिय ब्रान्ड युएनभीले नेपालमा आफ्नो सेवा विस्तार गर्दै धनगढीमा नयाँ शोरूम सञ्चालनमा ल्याएको छ । नेपालका लागि आधिकारिक राष्ट्रिय वितरक प्ला सेल्स प्रा. लि. को  निरन्तर समर्थन र मार्गदर्शनमा, उक्त शोरूम उग्रतारा टेक्निकल गुड्स सप्लायर्ससँगको साझेदारीमा सुरु गरिएको हो ।

सोमबार धनगढी रातोपुलमा आयोजित कार्य क्रममा जेन्जी युवा जैनुल सिद्दिकीले एआई प्रविधिको प्रयोगबाट  दियो बालेर शोरूमको औपचारिक उदुघाटन गरे ।उक्त कार्यक्रममा युएनभि नेपाल का सेल्स डाइरेक्टर सर्दक अधिकारी , प्लाजा सेल्स मेनेजिंग डाइरेक्टर अभिनास बन्सल तथा विभिन्न आइटी ब्यबसायी र पत्रकार ज्यु हरुको उपस्थिति थियो ।

नेपालमा पनि युएनभि ले आफ्नो विश्वसनीयता र गुणस्तर प्रमाणित गर्दै प्रदेश नं. ७, प्रदेश नं. ५ र प्रदेश नं. ४ मा नम्बर १ सिसिटिभि ब्रान्डको रूपमा आफ्नो स्थान स्थापित गरिसकेको छ। युएनभि ले सिसिटिभि सुरक्षा समाधानका साथै विभिन्न आईटी उत्पादनहरू उपलब्ध गराउँदै आएको छ।

युएनभि का उत्पादनहरू प्रविधिका हिसाबले विशिष्ट र अत्याधुनिक छन्। यस अन्तर्गत ओडब्लुएल भ्यू टेक्नोलोजी जस्तो अनौठो प्रविधि उपलब्ध छ, जसले रातको समयमा पनि दिनजस्तै स्पष्ट दृश्य प्रदान गर्दछ। साथै, एएनपिआर क्यामेरा प्रविधिमार्फत नेपाली नम्बर प्लेट पहिचान र क्याप्चर गर्न सक्ने क्षमता रहेको छ, जुन नेपालका लागि विशेष रूपमा उपयोगी समाधान हो।

त्यसैगरी, युएनभि स्मार्ट बोर्ड प्रविधिमा पनि नम्बर १ ब्रान्डको रूपमा परिचित छ, जसले शिक्षा, कार्यालय तथा संस्थागत प्रयोगका लागि प्रभावकारी डिजिटल समाधान प्रदान गर्दछ।

आज धनगढीमा सुरु गरिएको नयाँ शोरूममार्फत सुदूरपश्चिम क्षेत्रका ग्राहकहरूलाई उच्चस्तरीय सिसिटिभि सुरक्षा समाधान, आईटी उत्पादन, प्राविधिक सहयोग तथा बिक्रीपछिको सेवा एकै स्थानबाट उपलब्ध गराइनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रो पात्रो
लोक सेवा तयारी
महत्त्वपूर्ण लिन्क
live stream
×