Skip to main content

धनगढी न्यूज

करोडौँ ठगीमा जेल बसेका लामिछानेको मुद्दा फिर्ता लिनु गलत : काँग्रेस सांसद

Advertisement

काठमाडौँ : नेपाली काँग्रेसका सांसद पदम परियारले रास्वपा नेता रवि लामिछानेको मुद्दा फिर्ता लिएर प्रधानमन्त्री सुशीला कार्कीले गल्ती गरेको दावी गरेका छन्।

बुधवार बसेको राष्ट्रियसभाको बैठकमा शून्य समयमा बोल्दै उनले प्रधानमन्त्रीका काम शंकास्पद रहेको आरोप लगाएका छन्।

उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयको उनले विरोध गरे।
मतदाताको करोडौँ रुपैयाँ ठगी गरेको अभियोगमा अदालतको फैसलाअनुसार जेल सजाय भोगिरहेका उम्मेदवारको मुद्दा फिर्ता लिने विवादास्पद र शंकास्पद निर्णय गरेर नागरिक सरकारले दलीय पक्षधरता लिएको उनको आरोप छ।

गैरआवासीय नेपाली संघको महाविधेशनको आयोजक सरकार रहने विषमा असन्तुष्टि जनाए। गैरआवासीय नेपाली संघ (एनआरएनए)को निर्वाचन स्वयं सरकार आयोजक बसेर निर्वाचनको मुखमा गरिनु पनि उपयुक्त नभएको उनको भनाइ छ।

यस्तै निर्णयले सरकार कुनै अमुक दल वा उम्मेदवारतर्फ क्रमशः पक्षधर बन्दै गएको त होइन भन्ने प्रश्न उठ्न थालेको उनले बताए।

परियारले भने, ‘मतदाताको करोडौँ सम्पत्ति ठगी गरेको आरोपमा अदालतको फैसलाअनुसार जेल बसेका उम्मेदवारको मुद्दा फिर्ता लिने विवादास्पद निर्णय सरकारले गरेको छ। गैरआवासीय नेपाली संघको निर्वाचन सरकारले आयोजक बसेर निर्वाचनको सम्मुखमा गर्न लागिरहेको छ। यस्तै निर्णयले सरकारले चुनावमा नजानिँदो पाराले अमुक दल र उम्मेदवारतर्फ क्रमशः पक्षधरता देखाउँदै गएको त होइन?’

उनले विवादास्पद निर्णय पुनर्विचार गर्न तथा राज्य संयन्त्रलाई तटस्थ ढंगले परिचालन गर्न सरकारसँग माग गरे।थाहाखबर बाट साभार

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढी, असार ५ - राष्ट्रिय परीक्षा बोर्ड (NEB) अन्तर्गत कक्षा १२ को परीक्षामा धनगढीस्थित एसपीए कलेजकी छात्रा नीतिका अवस्थी व्यवस्था...
सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

गृहमन्त्री सुधन गुरुङले सिन्धुलीको प्रहरी हिरासतमा श्रीकृष्ण विश्वकर्माको निधन भएको विषयमा छानबिन समिति गठन भई प्रतिवेदन प्राप्त भ...
बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको हिमाली गाउँपालिका–३ लामापाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाको खार्पुनाथ गाउँपालिकाका २३ जनालाई प्रहरीले पक्राउ गरेको छ...
कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरका खेलकुद पूर्वाधारमा बजेट विनियोजन भएपछि धमाधम संरचना निर्माण अघि बढेको छ। जिल्ला खेलकुद समिति कञ्चनपुरका अनुसार यहाँ क्र...