Skip to main content

धनगढी न्यूज

‘कम्युनिष्ट आन्दोलन गम्भीर संकटमा’

Advertisement

काठमाडौँ : नेपाल कम्युनिष्ट पार्टी (संयुक्त)का अध्यक्ष चन्द्रदेव जोशीले मुलुकको कम्युनिष्ट आन्दोलन गम्भीर संकटमा परेको भन्दै चिन्ता व्यक्त गरेका छन्।

मंगलवार दलको घोषणापत्र सार्वजनिक गर्दै उनले यस्तो बताएका हुन्। उनले वर्तमान राजनीतिक दलहरू केवल सत्ता र भागबण्डामा लिप्त भएको आरोप लगाउँदै इमान्दार र ‘घुस नखाने’हरूको नयाँ राजनीतिक शक्ति निर्माणको घोषणा गरे। अध्यक्ष जोशीले विश्वव्यापी रूपमा घोषणापत्र जारी गर्ने प्रचलन भए पनि नेपालमा सत्तामा पुगेका दलहरूले आफ्ना प्रतिबद्धता र व्यवहारबीच कुनै तालमेल नराखेको टिप्पणी गरे।

दीर्घकालीन लक्ष्यहरू पाँच वर्षमा पूरा नभए पनि सत्तामा पुगेको दिनदेखि नै सही दिशामा अघि बढ्नुपर्नेमा त्यसो हुन नसकेको उनले औंल्याए। नेपाली राजनीतिमा मौलाएको ‘भागबण्डा’को संस्कृतिले देशलाई बर्बादीतर्फ लगेको जोशीको ठहर छ। न्यायाधीश, मन्त्रीदेखि संवैधानिक निकायसम्म दलीय भागबण्डा हुनुले समाजको मनोविज्ञानलाई नै भ्रष्ट बनाएको उनले बताए।

अध्यक्ष जोशीले नेता घनश्याम भुसालको नेतृत्वमा रहेको समूहसँग सहकार्य गर्दै कम्युनिष्ट आन्दोलनलाई नयाँ सिराबाट अगाडि बढाउने उद्घोष गरे। कम्युनिष्ट आन्दोलनलाई दलदलबाट निकालेर इमान्दारी र जनताप्रतिको विश्वासको जगमा पुनर्गठन गर्ने उनको मुख्य कार्यसूची रहेको छ।

जोशीले भने, ‘मोर्चागत गठनमा भागबण्डाको राजनीति चलायौँ, त्यसले हाम्रो यहाँ सरकार पाँच वर्ष नचलेका कारण ऊ नभएर होइन, सत्तामा गइसकेपछि भागबण्डा नमिलेर सरकारहरु भाँचिए, टुटेका हुन्।’

अध्यक्ष जोशीले वर्तमान निर्वाचनलाई आफूले जनतालाई शिक्षित गर्ने अवसरका रूपमा लिएको बताए। राष्ट्रियताको रक्षा, आर्थिक समृद्धि र समाजवाद निर्माणका लागि इमान्दारी र समर्पण नै पार्टीको आगामी दिशा हुने प्रतिवद्धता व्यक्त गर्दै उनले कम्युनिष्ट आन्दोलनको शुद्धिकरणका लागि घनश्याम भुसालको नेतृत्वलाई समर्थन गर्ने स्पष्ट पारे।थाहाखबर बाट साभार

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढी, असार ५ - राष्ट्रिय परीक्षा बोर्ड (NEB) अन्तर्गत कक्षा १२ को परीक्षामा धनगढीस्थित एसपीए कलेजकी छात्रा नीतिका अवस्थी व्यवस्था...
सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

गृहमन्त्री सुधन गुरुङले सिन्धुलीको प्रहरी हिरासतमा श्रीकृष्ण विश्वकर्माको निधन भएको विषयमा छानबिन समिति गठन भई प्रतिवेदन प्राप्त भ...
बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको हिमाली गाउँपालिका–३ लामापाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाको खार्पुनाथ गाउँपालिकाका २३ जनालाई प्रहरीले पक्राउ गरेको छ...
कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरका खेलकुद पूर्वाधारमा बजेट विनियोजन भएपछि धमाधम संरचना निर्माण अघि बढेको छ। जिल्ला खेलकुद समिति कञ्चनपुरका अनुसार यहाँ क्र...