Skip to main content

धनगढी न्यूज

मतदाता गाउँ फर्किँदा धनकुटा बजार सुनसान

Advertisement
धनकुटाः केही दिन अघिसम्म निकै भिडभाड र चहलपहल देखिएको धनकुटा बजार अहिले सुनसान बन्दै गएको छ।

निर्वाचन नजिकिँदै जाँदा बजारमा बसोबास गर्ने राजनीतिक दलका नेताकार्यकर्ता तथा विद्यार्थीहरु मतदानका लागि गाउँ फर्किएपछि बजार सुनसान बनेको हो। जिल्ला सदरमुकाम धनकुटामा कर्मचारी, विद्यार्थी तथा विभिन्न राजनीतिक दलका नेता कार्यकर्ताको बाक्लो उपस्थिति रहँदै आएको छ।
DHANKUTA1-1772508350.jpg

अधिकांश विद्यार्थी अन्य जिल्ला तथा गाउँबाट अध्ययनका लागि धनकुटा बजारमा बस्दै आउने गरेका छन्। त्यस्तै, अन्य जिल्लाबाट व्यापार–व्यवसाय गर्न आएका व्यापारी र रोजगारीका सिलसिलामा आएका कर्मचारीसमेत सदरमुकाममै बसोबास गर्ने गर्दछन्।

मतदानको दिन नजिकिएसँगै मतदाता गाउँ फर्किदा धनकुटामा सोमबारको फागुको रौनकसमेत देखिएन। निर्वाचनसँगै बजार क्षेत्रमा बस्दैआएका प्रायः सबैजसो गाउँ फर्किएका छन् भने निर्वाचनमा खटिएका कर्मचारीहरु पनि मतदान केन्द्रमा जाँदा बजार थप सुनसान बनेको हो।
DHANKUTA2-1772508378.jpg

बजार क्षेत्रमा चाप घटेसँगै अधिकांश होटल तथा पसलहरु बन्द हुन थालेका छन् भने मतदाताहरु गाउँ फर्किँदा गाउँघर भने भरिभराउ भएका छन्।

व्यापारिक केन्द्रका रुपमा परिचित धनकुटा बजारमा गाउँगाउँबाट विद्यार्थी अध्ययनका लागि, कर्मचारी रोजगारीका लागि तथा राजनीतिक दलका नेता–कार्यकर्ता राजनीतिक गतिविधिका लागि बसोबास गर्दैआएका छन्। सधैंजसो बजार, पसल, चोक तथा चिया पसलमा हुने चुनावी चर्चा–परिचर्चा हुने स्थानहरू समेत अहिले सुनसान देखिन्छन्।

धनकुटामा भोजपुर, संखुनासभा, तेह्रथुमलगायत पूर्वी पहाडी जिल्लाका साथै तराईका केही जिल्ला र समग्र कोशी प्रदेशबाट विद्यार्थी अध्ययनका लागि आउने गरेका छन्। निर्वाचन नजिकिँदै जाँदा ती विद्यार्थीहरू मतदानका लागि आ–आफ्ना गाउँ फर्किएपछि बजार तथा चोक–चौतारा सुनसान बनेका छन्।थाहा खबर बाट साभार

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढी, असार ५ - राष्ट्रिय परीक्षा बोर्ड (NEB) अन्तर्गत कक्षा १२ को परीक्षामा धनगढीस्थित एसपीए कलेजकी छात्रा नीतिका अवस्थी व्यवस्था...
सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

गृहमन्त्री सुधन गुरुङले सिन्धुलीको प्रहरी हिरासतमा श्रीकृष्ण विश्वकर्माको निधन भएको विषयमा छानबिन समिति गठन भई प्रतिवेदन प्राप्त भ...
बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको हिमाली गाउँपालिका–३ लामापाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाको खार्पुनाथ गाउँपालिकाका २३ जनालाई प्रहरीले पक्राउ गरेको छ...
कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरका खेलकुद पूर्वाधारमा बजेट विनियोजन भएपछि धमाधम संरचना निर्माण अघि बढेको छ। जिल्ला खेलकुद समिति कञ्चनपुरका अनुसार यहाँ क्र...