Skip to main content

धनगढी न्यूज

इरानमा फस्दैछ अमेरिका

Advertisement

विगत १५ वर्षयता धेरै अमेरिकी नेताहरू मध्यपूर्वमा सामाजिक व्यवस्था फेर्ने नाममा आफूहरू गहिरो ढङ्गले अल्झिएको विश्वास गर्न थालेका थिए । त्यस्तो ठान्ने नेताहरूमा यस अवधिका तीन जना राष्ट्रपतिहरू पनि पर्छन् । उनीहरू अमेरिकाले अहिले भोगिरहेको मुख्य चुनौतीको रूपमा अमेरिकी औद्योगिक आधारको पुनर्निर्माण र चीनको उदयलाई लिन थालेका थिए ।

तर अहिले आएर अमेरिका फेरि बृहत् मध्यपूर्वको समाज व्यवस्था फेर्ने युद्ध लड्न तम्सिएको छ । इराक, अफगानिस्तान र लिबियामा जस्तै यहाँ पनि युद्धका पक्षधरहरूको आशा मुताबिक परिणाम हात पर्ने सम्भावना देखिँदैन ।

  • बारम्बार यस्तो किन ?

अहिले वर्तमानलाई बुझ्न विगतलाई नियालेर पर्गेल्नुपर्ने हुन्छ । आधुनिक इतिहासमा अमेरिकासँग तुलना गर्न मिल्ने स्तरमा वैश्विक पहुँच भएको एउटै मात्र देश छ, त्यो हो बेलायत । २०औँ शताब्दीको सुरुवातसम्म बेलायत संसारको एक्लो महाशक्ति थियो ।

सन् १८७० ताका वैश्विक कुल गार्हस्थ्य उत्पादनमा बेलायती साम्राज्यको हिस्सा नै करिब २५ प्रतिशत थियो । अहिले अमेरिकाको हिस्सा करिब त्यही हाराहारी छ । बेलायतको दबदबा भएको समयमा लन्डन विश्वको वित्तीय राजधानी थियो ।

मेसोपोटामिया क्षेत्रमा आफ्नो रणनीतिको पक्षमा व्यग्रतासाथ बहस गर्दै गर्दा तत्कालीन समयका बेलायती नेताहरूले वास्तविक आर्थिक र प्राविधिक चुनौतीबारे भने आधारभूत रूपमै बेवास्ता गरेका थिए ।

बेलायतले नेपोलियन बोनापार्टको युरोपेली महाद्वीपभर एकछत्र शासन गर्ने अभियान रोकेको थियो । दक्षिण युरोपमा फैलिने रुसको प्रयासलाई क्रिमिया युद्धमा रोकेको थियो । ठूलो साम्राज्य चलाएर बसेको बेलायतले अन्तर्राष्ट्रिय जीवनका एजेन्डाहरू तय गर्थ्यो । अहिलेको अमेरिकाले पनि त्यसै गर्छ ।

सन् १८८० देखि १९२० सम्मको अवधिमा बेलायतले एसिया र अफ्रिकाभर विद्यमान अस्थिरता, खराब शासन र शक्तिशून्यताको अवस्थाको आफूले उचित जवाफ दिन सकेको पाएको थियो । सुडान, सोमालिया, इराक र जोर्डन जस्ता देशमा बेलायतले आफ्नो फौज नै पठाएर नियन्त्रण कायम राख्यो ।

Fareed article

त्यसबखत ती सबै सैन्य अभियानहरू आकर्षक देखिन्थे । तर खासमा अभियानहरूले विश्वका बाहिरी भागहरूमा चलिरहेका स्थानीय सङ्कटहरूको अनन्त शृङ्खलाबाट बेलायतलाई विचलित पारिराखेका थिए । धेरैजसो अभियानमा प्रायः ठूलो मूल्य चुकाउनु पर्थ्यो ।

सन् १९२० को इराकी विद्रोहलाई दबाउन एक लाखभन्दा धेरैको सङ्ख्यामा बेलायती तथा भारतीय सेनाको साथमा दसौँ लाख पाउन्ड खर्च भएको थियो । जबकि त्यस बेला बेलायतमा शिक्षाको लागि अनुमानित कुल बजेट नै उक्त इराकी ‘चढाइ’ मा हुने खर्च बराबर थियो ।

मेसोपोटामिया क्षेत्रमा आफ्नो रणनीतिको पक्षमा व्यग्रतासाथ बहस गर्दै गर्दा तत्कालीन समयका बेलायती नेताहरूले वास्तविक आर्थिक र प्राविधिक चुनौतीबारे भने आधारभूत रूपमै बेवास्ता गरेका थिए । जुन बेला बेलायत मध्यपूर्व, अफ्रिका एवम् आन्ध्र महासागरको वारिपारि विभिन्न जातिसँग लडिरहेको थियो, त्यही बेला अमेरिका भने चुपचाप संसारकै सबैभन्दा उन्नत औद्योगिक अर्थतन्त्र बनाउँदै थियो ।

पहिलो विश्वयुद्धमा पराजित भएपछि युरोपमा जर्मनीले बिस्तारै आफ्नो उद्योग तथा उच्च स्तरको व्यवस्थित सैन्य प्रणालीको पुनर्निर्माण गर्‍यो । आफ्नो परिधिका क्षेत्रमा देखिएको भद्रगोलमा फसेको बेलायतलाई आफ्नो केन्द्रमा भने अरू नै देशले उछिन्दै थियो । परिणामस्वरुप बेलायत विश्वको अगुवा शक्तिबाट च्युत हुन पुग्यो ।

रुस युरोपेली सुरक्षा तथा पश्चिमा लोकतन्त्रहरूलाई कमजोर बनाउन डटेर लागेको छ । यसका लागि रुसले राजनीतिक–सैन्य मिश्रित (हाइब्रिड) युद्धको तरिका अपनाएको छ, जसलाई ठम्याउन धेरै अप्ठेरो हुन्छ ।

आजको अमेरिका पनि त्यस्तै साम्राज्यवाला प्रलोभनमा फस्न खोजिरहेको छ । उसलाई मध्यपूर्वका सङ्कटहरूको प्रतिक्रिया दिनुपरेको छ । त्यसरी प्रतिक्रिया दिनुमा उसले राजनीतिक, सैन्य तथा नैतिक सबै तर्क भेट्टाउने गरेको छ । अन्ततः महारणनीति (ग्रान्ड स्ट्राटेजी) भनेको कसरी सीमित स्रोतसाधनको प्राथमिकीकरण गरिन्छ भन्नेमै आइपुग्छ ।

अमेरिकासँग पनि अनन्त राजनीतिक पुँजी, ‘ब्यान्डविथ’, सैन्य क्षमता वा आर्थिक क्षमता छैन । तेहरानमा गरिने प्रत्येक हवाई हमला, फारसको खाडीमाथि प्रहार गरिएका प्रत्येक ‘एन्टी–ड्रोन इन्टरसेप्टरहरू’ तथा अमेरिकी प्रशासनिक अधिकारीहरूले इरानको राजनीतिका रौँचिराबारे बहस गर्न बिताएका प्रत्येक पलले २१औँ शताब्दीलाई परिभाषित गर्ने वास्तविक र भीमकाय चुनौतीहरूबाट भने विचलित भएको ऊर्जालाई प्रतिनिधित्व गर्छन् ।

खासमा अमेरिकाको प्राथमिक भूमिका भनेको रुस र चीनको संशोधनवादी महत्त्वाकाङ्क्षाबाट वैश्विक प्रणालीलाई जोगाउनु हो । चीन अहिले मध्यपूर्वका दलदलहरूबाट जोगिएर बसेको छ । बरु कृत्रिम बौद्धिकता, क्वान्टम कम्प्युटिङ, सौर्य ऊर्जा, वायु ऊर्जा, ब्याट्री तथा रोबोटहरूमा निरन्तर लगानी बढाइरहेको छ । यिनै प्रविधिले आउने दिनमा वैश्विक शक्तिको सन्तुलन तय गर्नेछन् ।

रुस युरोपेली सुरक्षा तथा पश्चिमा लोकतन्त्रहरूलाई कमजोर बनाउन डटेर लागेको छ । यसका लागि रुसले राजनीतिक–सैन्य मिश्रित (हाइब्रिड) युद्धको तरिका अपनाएको छ, जसलाई ठम्याउन धेरै अप्ठेरो हुन्छ । अझ रोक्न र पराजित गर्न त झनै कठिन हुन्छ ।

बेइजिङ र मस्को अमेरिकी विश्व व्यवस्थालाई चुनौती दिन लागेको समयमा अमेरिका भने आफ्नो रगत र सम्पत्ति मध्यपूर्वमा नियन्त्रण हासिल गर्न खर्च गरिरहेको छ । साथै त्यहाँका कुनै एउटा देशमा आफूले चाहेको नेता छान्नमा लागेको छ ।

इतिहासले हामीलाई देखाएको छ, महाशक्तिहरू प्रायः ‘साना युद्ध’ मा लोभिने गर्छन् । किनभने त्यस्ता युद्धहरू चाँडै जितिने तथा राजनीतिक एवं नैतिक विजय हात लाग्ने भ्रम हुन्छ । दुर्भाग्यवश त्यस्ता कार्यनीतिक सफलताहरू विरलै मात्रै रणनीतिक प्राप्तिमा रूपान्तरण हुने गरेका छन् । बरु उल्टै तिनीहरू महाशक्तिको दीर्घकालीन थकानका प्रथम पाइला बन्न पुगेका देखिन्छन् ।

अहिले अमेरिकाले इरानमा गरेको हस्तक्षेप सफल भएकै अवस्थामा पनि त्यसले आगामी दिनमा थप गहन अमेरिकी संलग्नताको आवश्यकता सिर्जना गर्छ । के आगामी दशकमा त्यसरी अमेरिकाको समय र ऊर्जा खर्च हुनु ठीक होला त ?

इतिहासमा बेलायतको अनुभवले हामीलाई स्पष्ट पाठ सिकाएको छ– महाशक्तिहरू प्रायः कुनै वैदेशिक सेनाको आक्रमणका कारण पराजित हुँदैनन्, बरु आफैँलाई परिधितर्फ धेरै तन्काउँदै आफ्नै केन्द्रको बेवास्ता गर्दा ढल्ने गरेका छन् ।रातोपाटी बाट साभार

(वासिङ्टन पोस्टबाट)

राष्ट्रिय स्वतन्त्र पार्टीराष्ट्रिय स्वतन्त्र पार्टी

प्रत्यक्ष समानुपातिक सिट
१२५ ५७

कुल सिट:१८२सामानुपातिक मत:५१,१३,९८४

नेपाली कांग्रेसनेपाली कांग्रेस

प्रत्यक्ष समानुपातिक सिट
१८ २०

कुल सिट:३८सामानुपातिक मत:१७,२८,७४८

नेकपा (एमाले)नेकपा (एमाले)

प्रत्यक्ष समानुपातिक सिट
१६

कुल सिट:२५सामानुपातिक मत:१४,३४,८०९

नेपाली कम्युनिष्ट पार्टीनेपाली कम्युनिष्ट पार्टी

प्रत्यक्ष समानुपातिक सिट

कुल सिट:१७सामानुपातिक मत:७,८५,७०१

श्रम संस्कृति पार्टीश्रम संस्कृति पार्टी

प्रत्यक्ष समानुपातिक सिट

कुल सिट:सामानुपातिक मत:३,८४,८३६

राष्ट्रिय प्रजातन्त्र पार्टीराष्ट्रिय प्रजातन्त्र पार्टी

प्रत्यक्ष समानुपातिक सिट

कुल सिट:सामानुपातिक मत:३,२७,३४७

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढी, असार ५ - राष्ट्रिय परीक्षा बोर्ड (NEB) अन्तर्गत कक्षा १२ को परीक्षामा धनगढीस्थित एसपीए कलेजकी छात्रा नीतिका अवस्थी व्यवस्था...
सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

गृहमन्त्री सुधन गुरुङले सिन्धुलीको प्रहरी हिरासतमा श्रीकृष्ण विश्वकर्माको निधन भएको विषयमा छानबिन समिति गठन भई प्रतिवेदन प्राप्त भ...
बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको हिमाली गाउँपालिका–३ लामापाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाको खार्पुनाथ गाउँपालिकाका २३ जनालाई प्रहरीले पक्राउ गरेको छ...
कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरका खेलकुद पूर्वाधारमा बजेट विनियोजन भएपछि धमाधम संरचना निर्माण अघि बढेको छ। जिल्ला खेलकुद समिति कञ्चनपुरका अनुसार यहाँ क्र...