Skip to main content

धनगढी न्यूज

प्रधानमन्त्रीलाई रक्षा बमको आग्रह- प्रतिवेदन सार्वजनिक गरिदिनुस्, मेरो हातमा रगत लागेको छ कि छैन जान्न चाहन्छु

Advertisement

जेनजी प्रतिनिधि रक्षा बमले जेनजी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गरेकी छन्।

शनिबार सामाजिक सञ्जालमा स्ट्याटस लेखेर रक्षाले राज्यविहीनताको जटिल स्थितिबाट देशलाई यहाँसम्म ल्याएर शान्तिपूर्ण निर्वाचन गरेको विषयमा प्रधानमन्त्री सुशीला कार्की धन्यवादको पात्र भएको तर सडकमा उठ्न थालेका मागहरूको समयमै सम्बोधन हुनुपर्ने बताएकी हुन्।

प्रतिवेदन सार्वजनिक नहुँदा प्रधानमन्त्रीमाथि गरेको विश्वासको बदलमा आफूहरूले सडकमा दुर्व्यवहार भोग्नुपरेको उनले बताएकी छन्।  ‘जीवनभरि गलत आरोपहरूको बोझ बोक्नुपर्ने अवस्था सिर्जना हुँदैछ। किनकी पिडीतहरूको आवाज चर्को हुन्छ प्रधानमन्त्री ज्यू। त्यसलाई बेलैमा सम्बोधन गरिनुपर्छ,’ उनले भनेकी छन्।

उनले सामाजिक सञ्जाल, इनबक्स र कमेन्ट लेखेर गरिने दुर्व्यहार दैनिकी जस्तै भएको बताइन्। सडकमा प्रत्यक्ष देखिएको घटना भने पहिलो हुन सक्ने उनले बताएकी छन्।

‘ममाथि लगाइएका आरोपहरू, सोधिएका प्रश्नहरू र गरिएको व्यवहारको जवाफ मैले बारम्बार दिइसकेकी छु, तर अब त्यतिले मात्रै पुगेन, प्रधानमन्त्रीज्यू! अब हामीमाथि लागेका यस्ता आरोप र प्रश्नहरूको जवाफ तपाईंले प्रतिवेदन सार्वजनिक गरेर दिनैपर्छ,’ उनले भनेकी छन्।

उनले आफ्नो हातमा रगत लागेको छ कि छैन भन्ने जान्न चाहेको पनि बताएकी छन्।

‘मैले सिंहदरबार जलाएको हो कि होइन, म त्यो जान्न चाहन्छु। म कतैबाट परिचालित छु कि छैन, यी सबै प्रश्नहरूको उत्तर म पनि जान्न चाहन्छु। र म यो पनि जान्न चाहन्छु कि हाम्रो शान्तिपूर्ण आन्दोलन एकाएक हिंसात्मक कसरी भयो? गोली चलाउने आदेश कसले दियो? र सिंहदरबार जलाउने सलाई कसको हातमा थियो? त्यसैले, कृपया प्रतिवेदन सार्वजनिक गरिदिनुहोस्। त्यो तपाईको जिम्मेवारी हो,’ रक्षाले फेसबुकमा लेखेकी छन्।सेतोपाटी बाट साभार

 

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढी, असार ५ - राष्ट्रिय परीक्षा बोर्ड (NEB) अन्तर्गत कक्षा १२ को परीक्षामा धनगढीस्थित एसपीए कलेजकी छात्रा नीतिका अवस्थी व्यवस्था...
सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

गृहमन्त्री सुधन गुरुङले सिन्धुलीको प्रहरी हिरासतमा श्रीकृष्ण विश्वकर्माको निधन भएको विषयमा छानबिन समिति गठन भई प्रतिवेदन प्राप्त भ...
बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको हिमाली गाउँपालिका–३ लामापाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाको खार्पुनाथ गाउँपालिकाका २३ जनालाई प्रहरीले पक्राउ गरेको छ...
कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरका खेलकुद पूर्वाधारमा बजेट विनियोजन भएपछि धमाधम संरचना निर्माण अघि बढेको छ। जिल्ला खेलकुद समिति कञ्चनपुरका अनुसार यहाँ क्र...