२०८३ जेठ ५- धनगढी | धनगढीस्थित हिमालयन एजुकेशन कन्सल्टेन्सी प्रा.लि. ले विदेश अध्ययनका लागि लक्षित “हिमालयन एजु फेयर २०८३” आयोजना गर्ने भएको छ।
कन्सल्टेन्सीका अनुसार आगामी जेठ ८ गते शुक्रबार धनगढी–०५ हसनपुरस्थित निसर्ग अस्पताल नजिक उक्त कार्यक्रम सञ्चालन गरिनेछ। कार्यक्रम बिहान ७ बजेदेखि दिउँसो ३ बजेसम्म चल्ने जनाइएको छ।
एजु फेयरमार्फत विद्यार्थी तथा अभिभावकलाई अष्ट्रेलिया, बेलायत, माल्टा, क्यानडा, जापान र दक्षिण कोरियामा अध्ययनका अवसरबारे जानकारी दिइने आयोजकले जनाएको छ। कार्यक्रममा विभिन्न विश्वविद्यालयका शैक्षिक कार्यक्रम, भिसा प्रक्रिया, छात्रवृत्ति तथा अन्तर्राष्ट्रिय करिअर सम्बन्धी परामर्श प्रदान गरिने कन्सल्टेन्सीका प्रबन्ध निर्देशक योगेन्द्र चन्दले जनाएका छन् ।

चन्दका अनुसार कार्यक्रममा सहभागी विद्यार्थीहरूले विशेषज्ञहरूसँग प्रत्यक्ष परामर्श लिन सक्नेछन् भने विदेश अध्ययनका लागि आवश्यक प्रक्रिया, लागत तथा सम्भावित अवसरबारे विस्तृत जानकारी प्राप्त गर्नेछन्।
“Bridging Dreams, Building Futures” भन्ने नारासहित आयोजना हुन लागेको उक्त कार्यक्रममा विद्यार्थीहरूलाई समयमै सहभागिता जनाएर आफ्नो सिट सुरक्षित गर्न आग्रह गरिएको छ।

कार्यक्रम सम्बन्धी थप जानकारीका लागि ९७४८८६७२७६ र ९८६५६८७२६८ नम्बरमा सम्पर्क गर्न सकिने आयोजकले जनाएको छ।






