Skip to main content

धनगढी न्यूज

बाजुराको हिमाली गाउँपालिकामा जिप दुर्घटना, ९ जना घाइते

Advertisement

बाजुरा जिल्लाको हिमाली गाउँपालिका–५ क्युडीस्थित कुवाडी–क्युडी भित्री कच्ची सडकखण्डमा सोमबार दिउँसो भएको जिप दुर्घटनामा चालकसहित ९ जना घाइते भएका छन्।

प्रहरीका अनुसार दिउँसो करिब १:२५ बजे धुलाचौरबाट दुधिला खोला तर्फ जाँदै गरेको सु.प.प्र.०१–००१ ज १८७८ नम्बरको जिप सडकको माथिल्लो मोडबाट करिब १० मिटर तल खसेर दुर्घटनामा परेको हो। स्थानीयले घटनाबारे १:३५ बजे जिल्ला प्रहरी कार्यालय बाजुरामा जानकारी गराएपछि अस्थायी प्रहरी पोस्ट कुवाडी र इलाका प्रहरी कार्यालय बुढीनन्दाबाट प्रहरी टोली तत्काल घटनास्थलतर्फ खटिएको थियो।

दिउँसो करिब २:३० बजे प्रहरी टोली घटनास्थल पुगेर बुझ्दा जिप चालक हिमाली गाउँपालिका–२ नातीखोला निवासी करिब २५ वर्षीय जनवीर बुढा रहेको खुलेको छ। दुर्घटनामा चालकसहित ९ जना घाइते भएका छन्। घाइतेमध्ये चालक जनवीर बुढा, ४० वर्षीय धर्मलाल बुढा, ३१ वर्षीया मिजरा बुढा तथा हुम्लाको ताजाकोट गाउँपालिका–५ निवासी करिब ४० वर्षीय अम्मर सिंह बुढाको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।

यस्तै, हुम्ला ताजाकोट–५ निवासी २० वर्षीया अस्मिता थापा, २८ वर्षीय जंग सिंह बुढा, २० वर्षीय गोरख रोकाया, २७ वर्षीय लोकेन्द्र बुढा र करिब ९ वर्षीया सुस्मा बुढाको अवस्था सामान्य रहेको छ। उनीहरूको शरीरका विभिन्न भागमा चोट लागेको प्रहरीले जनाएको छ।

घाइते सबैलाई उपचारका लागि अस्पताल पठाउने प्रक्रिया भइरहेको प्रहरीले जनाएको छ। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको छ।दिनेश खबर बाट शाभार

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

बाजुराको हिमाली गाउँपालिकामा जिप दुर्घटना, ९ जना घाइते

बाजुराको हिमाली गाउँपालिकामा जिप दुर्घटना, ९ जना घाइते

बाजुरा जिल्लाको हिमाली गाउँपालिका–५ क्युडीस्थित कुवाडी–क्युडी भित्री कच्ची सडकखण्डमा सोमबार दिउँसो भएको जिप दुर्घटनामा चालकसहित ९ ...
धनगढीकी एक युवती काठमाडौँ बसपार्कको होटलमा मृत फेला

धनगढीकी एक युवती काठमाडौँ बसपार्कको होटलमा मृत फेला

काठमाडौँको नयाँ बसपार्क स्थित एउटा गेस्ट हाउसमा धनगढीकी युवतीको शव भेटिएको छ। नयाँ बसपार्कस्थित एक गेस्टहाउसमा अन्दाजी २५/३० वर...
धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढी, असार ५ - राष्ट्रिय परीक्षा बोर्ड (NEB) अन्तर्गत कक्षा १२ को परीक्षामा धनगढीस्थित एसपीए कलेजकी छात्रा नीतिका अवस्थी व्यवस्था...
सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

गृहमन्त्री सुधन गुरुङले सिन्धुलीको प्रहरी हिरासतमा श्रीकृष्ण विश्वकर्माको निधन भएको विषयमा छानबिन समिति गठन भई प्रतिवेदन प्राप्त भ...