Skip to main content

धनगढी न्यूज

क्रिकेट विश्वकप: आज अफगानिस्तान र दक्षिण अफ्रिकाबीच खेल हुदै

Advertisement

काठमाडौँ , २४ कार्तिक । जारी आइसीसी क्रिकेट विश्वकपमा आज अफगानिस्तान र दक्षिण अफ्रिकाबीच खेल हुदैछ। अहमदावादस्थित नरेन्द्र मोदी स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार अपराहन्न २: १५ बजेदेखि शुरु हुनेछ ।

जारी विश्वकपमा दक्षिण अफ्रिका सेमिफाइनलमा पुगिसकेको छ । दक्षिण अफ्रिका ८ खेलमा ६ जितसहित १२ अंक हासिल गरेर अहिले दोस्रो स्थानमा छ ।

सेमिफाइनलमा पुगिसकेको हुनाले दक्षिण अफ्रिका बिना दबाब यो खेल खेल्ने छ । यो खेलको नतिजाले दक्षिण अफ्रिकाको सेमिफाइनल समीकरणलाई कुनै असर गर्ने छैन र दक्षिण अफ्रिका सेमिफाइनलमा अस्ट्रेलियासँग खेल्ने यसअघि नै निश्चित भइसकेको छ ।

त्यस्तै अफगानिस्तानले ८ खेलमा ४ खेल जितेर ८ अंक हासिल गर्दै अंक तालिकामा छैटौं स्थानमा छ र सेमिफाइनलको दौडमा कायम रहेको छ । यसका लागि अफगानिस्तानले दक्षिण अफ्रिकालाई ठुलो अन्तरले पराजित गर्नुपर्ने भएको छ ।

दक्षिण अफ्रिका र अफगानिस्तानबीच अहिलेसम्म केवल एक एकदिवसीय खेल भएको छ । जुन २०१९ को विश्वकपमा भएको थियो र यो खेल दक्षिण अफ्रिका ९ विकेटले विजयी भएको थियो ।

दक्षिण अफ्रिकाको सम्भावित प्लेइङ ११- टेम्बा बाभुमा (कप्तान), क्विन्टन डी कक (विकेटकीपर), हेनरिक क्लासेन, रस्सी भान डेर दुस्सेन, एडेन मार्कराम, डेभिड मिलर, लुंगी एनगिडी, कागिसो रबाडा, केशब महाराज, गेराल्ड कोएत्जी र मार्को जेन्सेन ।

अफगानिस्तानको सम्भावित प्लेइङ ११-  हस्मातुल्लाह शाहिदी (कप्तान), रहमानउल्लाह गुरबाज, इब्राहिम जद्रान, रहमत शाह, अज्मातुल्लाह ओमरजाई, इक्रम अलिखिल, राशिद खान, मोहमद नावी, मुजीब उर रहमान,  फजलहक फारुकी र नवीन उल हक ।

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

बाढीपहिरो प्रभावितका लागि सुजङ्ग बोर्डिङ स्कुलद्वारा रु. २ लाख २२ हजार सहयोग

बाढीपहिरो प्रभावितका लागि सुजङ्ग बोर्डिङ स्कुलद्वारा रु. २ लाख २२ हजार सहयोग

सुदूरपश्चिमको डोटीस्थित सुजङ्ग इङ्लिस बोर्डिङ स्कुलले हालैको बाढी तथा पहिरोबाट प्रभावित परिवारको राहत र पुनःस्थापनाका लागि प्रधा...
एसपीए कलेजद्वारा उत्कृष्ट विद्यार्थी नितिका अवस्थी र चार्टर्ड अकाउन्टेन्ट इन्द्र रोकायालाई सम्मान

एसपीए कलेजद्वारा उत्कृष्ट विद्यार्थी नितिका अवस्थी र चार्टर्ड अकाउन्टेन्ट इन्द्र रोकायालाई सम्मान

धनगढी -सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपीए) कलेजले आफ्नो स्टेप अप गाला २०८३ कार्यक्रमका अवसरमा दुई जना उत्कृष्ट विद्यार्थीलाई सम्म...
नबिल एसएसई को तीन महिने तालिम कार्यक्रम प्रमाणपत्र वितरणसहित सम्पन्न

नबिल एसएसई को तीन महिने तालिम कार्यक्रम प्रमाणपत्र वितरणसहित सम्पन्न

धनगढी । सुदूरपश्चिमाञ्चल एकेडेमी एसपीए कलेज, धनगढी र नबिल बैंक लिमिटेडको सहकार्यमा सञ्चालित नबिल एसएसई (Nabil School of Social Ent...
डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव धनगढीमा

डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव धनगढीमा

९ साउन, धनगढी। धनगढीमा सत्याग्रह गरिरहेका डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चूडामणि पौडेल धनगढी प...