Skip to main content

धनगढी न्यूज

‘श्रमाधान रोजगार मेला’ आजदेखि धनगढीमा

Advertisement

 

कैलालीको धनगढीमा आजदेखि ‘श्रमाधान रोजगार मेला’ सुुरु हुँदैछ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, सुदूरपश्चिम प्रदेश सरकार र धनगढी उपमहानगरपालिकाको आयोजनामा जेठ २७ र २८ गते श्रमाधान रोजगार मेला भइरहेको हो ।

धनगढीको ओम प्यार्टी प्यालेसमा आयोजना हुने मेलाबाट दुई हजारभन्दा बढी जनालाई रोजगारीका अवसर प्रदान गरिने अपेक्षा लिइएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका उपसचिव वसन्तबहादुर बोहोराले रोजगारीको खोजीमा रहेका व्यक्तिलाई रोजगार दातासम्म पुर्‍याउने उद्देश्यले श्रमाधान मेलाको आयोजना गरिएको बताए ।

पछिल्लो समय नेपाली युवा वैदेशिक रोजगारीमा जानेक्रम बढ्दै गएको छ । आन्तरिक रोजगारीतर्फ ध्यान नपुर्‍याउन सकिराखेको अवस्थामा आन्तरिक रोजगारीलाई प्रवर्द्धन गर्न एउटा अभियानका रूपमा यो मेलाको आयोजना गरिएको हो । नेपालमा नै गरिखाने वातावरण सिर्जना गर्न, आन्तरिक रोजगारी सिर्जना गर्न, यहाँको रोजगारीको अवस्था बुझ्न तथा कस्तो खालको सीपको आवश्यकता पर्छ भन्ने विषयलाई सम्बोधन गर्न मेलाले थप सहयोग गर्ने अपेक्षा लिइएको छ ।

मेलामा ३५ वटा निजी क्षेत्रका स्टलहरु रहेका छन् । मेला बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म सञ्चालन हुनेछ । मेलाको उद्योग मन्त्री दामोदर भण्डारीले उद्घाटन गर्ने कार्यक्रम तय गरिएको छ ।

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढी, असार ५ - राष्ट्रिय परीक्षा बोर्ड (NEB) अन्तर्गत कक्षा १२ को परीक्षामा धनगढीस्थित एसपीए कलेजकी छात्रा नीतिका अवस्थी व्यवस्था...
सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

गृहमन्त्री सुधन गुरुङले सिन्धुलीको प्रहरी हिरासतमा श्रीकृष्ण विश्वकर्माको निधन भएको विषयमा छानबिन समिति गठन भई प्रतिवेदन प्राप्त भ...
बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको हिमाली गाउँपालिका–३ लामापाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाको खार्पुनाथ गाउँपालिकाका २३ जनालाई प्रहरीले पक्राउ गरेको छ...
कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरका खेलकुद पूर्वाधारमा बजेट विनियोजन भएपछि धमाधम संरचना निर्माण अघि बढेको छ। जिल्ला खेलकुद समिति कञ्चनपुरका अनुसार यहाँ क्र...