Skip to main content

धनगढी न्यूज

खच्चड हिँडाउँदा लट्ठा चुँडिएको झोलुङ्गे पुलबाट आवागमन बन्द

Advertisement

अछाम । खच्चड हिँडाउँदा जीर्ण बनेको कर्णालीको झोलुङ्गे पुलमा आवतजावत बन्द गरिएको छ ।

सोमबार अछामको पञ्चदेवल बिनायक नगरपालिका–९ कालेकाडा र दैलेखको आठबिस नगरपालिका–४ खिड्कीज्युला जोड्ने कर्णालीको झोलुङ्गे पुलमा खच्चड हिँडाउँदा पुलको दाहिनेतर्फका लट्ठा चुडिएपछि जीर्ण बनेको उक्त पुलमा आवागमन बन्द गरिएको हो ।

                 

प्राविधिक नापजाँच, मूल्याङ्कन एवं परीक्षण नगरी उक्त पुलबाट मानिस आवतजावत गर्न जोखिम युक्त हुँदा तत्कालका लागि पुलको दुवै प्रवेश स्थानमा तारजाली लगाइपुल प्रयोगमा रोक लगाइएकोले तत्कालका लागि पुल प्रयोग नगर्न अछामका प्रमुख जिल्ला अधिकारी शिवप्रसाद लम्सालले अपिल गरे ।

अछाम जिल्लातर्फ चण्डीका मावि र दैलेखतर्फ प्रि नर्सरी स्कुलमा अध्ययनरत विद्यार्थी हरुलाइ आवतजावतमा समस्या भइ सोही पुलबाट जोखिमपूर्ण तरिकाले हिँड्डुल गरिरहेकाले पुनः कुनै खालको अप्रिय घटना नहोस् भनेर सो पुलबाट आवतजावत नगर्न अनुरोध गरेका गरिएको हो ।

जीर्ण पुलको तत्काल मर्मतका लागि सोही स्थानबाट करिब दुई सय मिटरको हाराहारीको पञ्चदेवल विनायक नगरपालिका–९ ओदल्ताडा र दैलेखको आठबिस नगरपालिका–४ को नैनेलमाडु जोड्ने गरी निर्माणाधीन कर्णाली नदीको नयाँ पुल यथा शीघ्र निर्माण गरी सञ्चालनमा ल्याउन गृह मन्त्रालय र अन्य सम्बन्धित निकायलाई आवश्यक पहलका लागि जानकारी गराइएको प्रजिअ लम्सालले  बताए ।

             

दुवै जिल्लाका स्थानीय प्रशासन र स्थानीय तहहरूको समन्वयात्मक प्रयासमा अछाम जिल्ला पञ्चदेवल विनायक नगरपालिका–९ को ओदल्ताडा र दैलेख जिल्ला आठबीस नगरपालिका–४ को नैनेलमाडुमा निर्माणाधीन उक्त नयाँ झोलुङ्गे पुल १५ दिनभित्र सम्पन्न भई सञ्चालनमा ल्याउने गरी कार्यअघि बढेको र जीर्ण पुलको मर्मतको तयारीका लागि अछामबाट प्राविधिक कर्मचारीको टोली मिति जेठ २८ गते नै उक्त स्थानमा पुगी पुलको प्रारम्भिक निरीक्षण र नाप जाँच गरिसकेको छ ।

पुलको लट्ठा चुँडिएपछि पञ्चदेवल विनायक नगरपालिका–९ का  चिल्ताडा, भाटगाउँ, भानाकोट, तामकोट, राकुलगायत बस्तीको नजिकको बजार खिड्की जीउँला र राकम रहेकाले त्यस ठाउँका नागरिकलाई आवतजावतसँगै दैनिक उपभोगका सामान ढुवानीमा  समस्या भएको छ ।रासस

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

बाढीपहिरो प्रभावितका लागि सुजङ्ग बोर्डिङ स्कुलद्वारा रु. २ लाख २२ हजार सहयोग

बाढीपहिरो प्रभावितका लागि सुजङ्ग बोर्डिङ स्कुलद्वारा रु. २ लाख २२ हजार सहयोग

सुदूरपश्चिमको डोटीस्थित सुजङ्ग इङ्लिस बोर्डिङ स्कुलले हालैको बाढी तथा पहिरोबाट प्रभावित परिवारको राहत र पुनःस्थापनाका लागि प्रधा...
एसपीए कलेजद्वारा उत्कृष्ट विद्यार्थी नितिका अवस्थी र चार्टर्ड अकाउन्टेन्ट इन्द्र रोकायालाई सम्मान

एसपीए कलेजद्वारा उत्कृष्ट विद्यार्थी नितिका अवस्थी र चार्टर्ड अकाउन्टेन्ट इन्द्र रोकायालाई सम्मान

धनगढी -सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपीए) कलेजले आफ्नो स्टेप अप गाला २०८३ कार्यक्रमका अवसरमा दुई जना उत्कृष्ट विद्यार्थीलाई सम्म...
नबिल एसएसई को तीन महिने तालिम कार्यक्रम प्रमाणपत्र वितरणसहित सम्पन्न

नबिल एसएसई को तीन महिने तालिम कार्यक्रम प्रमाणपत्र वितरणसहित सम्पन्न

धनगढी । सुदूरपश्चिमाञ्चल एकेडेमी एसपीए कलेज, धनगढी र नबिल बैंक लिमिटेडको सहकार्यमा सञ्चालित नबिल एसएसई (Nabil School of Social Ent...
डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव धनगढीमा

डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव धनगढीमा

९ साउन, धनगढी। धनगढीमा सत्याग्रह गरिरहेका डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चूडामणि पौडेल धनगढी प...