Skip to main content

धनगढी न्यूज

हेपाटाइटिसको समयमै उपचार नभए कलेजोमा हानि पुग्छ

Advertisement

कलेजोले हामीले खाएको खानेकुराबाट प्राप्त पोषक तत्वलाई ग्रहण, प्रशोधन, रगत छान्नेदेखि संक्रमणविरुद्ध लड्छ । यस्तोमा कुनै कारणवश कलेजो सुन्निएर क्षति पुगेमा यसको कार्य प्रभावित हुन्छ ।

कलेजो सुन्निने प्रमुख कारण ‘हेपाटाइटिस’ हो ।

के हो त हेपाटाइटिस ?

कुनै कारणवश कलेजो सुन्निनु हेपाटाइटिस हो । जसको मुख्य कारण ‘हेपाटोट्रोपिक भाइरस’को संक्रमण हो । यो भाइरसले मौका पाउने बित्तिकै कलेजोलाई हमला गर्छ । फलस्वरुप कलेजो सुन्निंदै गई कालान्तरमा त्यहाँ रहेका कोषलाई क्षति गरी मार्नेसम्मको असर देखिन्छ ।

हेपाटाइटिस पनि धेरै प्रकार छन्, जसलाई हेपाटाइटिस ‘ए’, बी’, ‘सी’ ‘डी’ र ‘ई’ को नामले चिनिन्छ । यी सम्पूर्णले कलेजो रोग निम्ताउँछ । जसको कारण तथा उपचार भिन्नाभिन्न हुनसक्छ । जसमा सबैभन्दा बढी देखिने र कलेजोको दीर्घ समस्या ल्याउने टाइप बी र सी हुन् ।

विश्व स्वास्थ्य संगठनका अनुसार विश्वभरमा ३ लाख ५४ हजारमा ‘बी’ र ‘सी’ छ । जुन लिभर सिरोसिस र यसको क्यान्सरको कारण बनेको छ ।

कुन हेपाटाइटिस कस्तो ?

हेपाटाइटिस ‘ए’ र ‘ई’ : दूषित पानी र खानपानबाट एक व्यक्तिबाट अर्को व्यक्तिमा हेपाटाइटिस ‘ए’ र ‘ई’ सर्न सक्छ ।

हेपाटाइटिस ‘बी’ र ‘सी’ : हेपाटाइटिस बी भनेको भाइरल संक्रमणले कलेजोलाई क्षति पुर्‍याउँछ । यो एक्युट (अस्थायी) र क्रोनिक (दीर्घ) दुवै हुनसक्छ । जुन आमाबाट प्रसबको समयमा बच्चामा सर्न सक्छ ।

संक्रामक व्यक्तिसँग यौन सम्बन्ध राख्दा वीर्य वा योनी रस र रगतमार्फत सर्न सक्छ । यो संक्रमण हेपाटाइटिस बी विरुद्ध सुईले रोकथाम गर्न सक्छ । सीको पहिचान नभएमा लिभर सिरोसिस, कलेजो क्यान्सर हुनसक्छ ।

हेपाटाइटिस ‘डी’ : एचडीभी भाइरस संक्रमणले कलेजो बिगार्नु हेपाटाइटिस डी हो । बी हुनेलाई पछि गएर हेपटाइटिस डी हुन सक्छ । तर यो विरलै मात्रामा देखिन्छ ।

कारण

भाइरल संक्रमण : विशेषगरी हेपाटाइटिस ए, हेपाटाइटिस बी र हेपाटाइटिस सी भाइरल संक्रमणको कारणले हुन्छ ।

स्वतः प्रतिरक्षा अवस्था : प्राय: शरीरको प्रतिरक्षा कोषिकाहरूले कलेजोका कोषिकाहरू क्षतिग्रस्त भएको संकेत गर्छ ।

अल्कोहोलिक हेपटाइटिस : मदिरा हाम्रो कलेजोले सिधै पाचन गर्छ । अत्याधिक मदिरा कलेजोले थेग्न सक्दैन र यसको काममा बाधा गर्छ । त्यसैले जब धेरै मदिरा सेवन गर्छ, त्यो व्यक्तिलाई हेपाटाइटिसको जोखिम बढ्छ । अत्याधिक मदिरा पिउने ४० प्रतिशतको कलेजो बिग्रिएर मृत्युकै मुखमा पुग्ने जोखिम रहन्छ ।

औषधिको साइड इफेक्ट : यो पनि हेपाटाइटिसको कारण हो । कतिपय औषधिको अत्याधिक सेवनले कलेजोका कोषिकाहरू सुन्निएर हेपाटाइटिसको जोखिम बढाउँछ ।

जडिबुटी भएका आयुर्वेदिक औषधिको जथाभावी प्रयोग, क्षयरोगको औषधि जस्ता केही एलोप्याथिक औषधिले पनि हेपाटाइटिस गराउन सक्छ ।

मोटोपन : अहिले मोटोपन पनि हेपाटाइटिसको कारण बनेको छ । मोटोपन भएपछि शरीरमा फ्याटी लिभर (अनावश्यक बोसो) बढ्छ । जसले कलेजोको कोषलाई क्षति गराई हेपाटाइटिस गराउन सक्छ । फ्याटी लिभर धेरै भएको अवस्थामा ३० प्रतिशतमा हेपाटाइटिसको जोखिम रहन्छ ।

लक्षण

एक्युट हेपाटाइटिसको स्पष्ट लक्षण देखिंदैन । यद्यपि, संक्रामक र दीर्घ हेपाटाइटिसमा यी लक्षण देखा पर्छन् ।

– जण्डिस

– चुरोटको लत लागेकालाई पिउँदा असहज अनुभव हुने

– पिसाबको रंगमा परिवर्तन

– अत्याधिक थकान

– बान्ता हुने वा वाकवाकी लाग्ने

– पेटको माथिको भाग सुन्निने र दुख्ने

– चिलाउने

– एक्कासि तौल घट्ने

– भोक कम लाग्ने वा लाग्दै नलाग्ने

जटिलता

हेपाटाइटिसको समयमा उपचार भएन र फैलिंदै गयो भने कलेजोले काम गर्न सक्दैन । जसले कलेजो फेल, क्यान्सर र लिभर सिरोसिस नै गराउन सक्छ ।

यस्तोमा दिमाग बेसुर हुने, रगत बाक्लो भएर एक ठाँउमा घोच्यो भने पनि रगत बगिरहने र शरीरमा निलो धब्बा देखिने लगायत गम्भीर लक्षण देखिनुका साथै ज्यान जाने जोखिम रहन्छ ।

कसरी जण्डिस गराउछ ?

हामीले खाएको खाना पचाउन कलेजोबाट पित्त बाहिर निस्कन्छ । यस्तोमा संक्रमणले सुन्निएमा पित्त बग्ने बाटोमा अवरोध हुनसक्छ । त्यससँगै शरीरको पहेंलोपन व्यवस्थापन गर्ने बिलोरुविनले पनि काम गर्न नसक्दा जण्डिस हुनसक्छ ।

पहिचान

लक्षण र अवस्थाको गम्भीरताका आधारमा हेपाटाइटिसको पहिचान हुन्छ ।

– पेटको अल्ट्रासाउन्ड

– कलेजो कार्य परीक्षण

– ‘अटोइम्युन ब्लड मार्कर’ परीक्षण

– कलेजो बायोप्सी

उपचार

हेपाटाइटिस उपचार लक्षण, यसको प्रकृति र कारणअनुसार हुन्छ । अस्थायी ए र ई हेपाटाइटिस चिकित्सकको निगरानीमा केही हप्तामा कम हुन्छ । यो औषधिसँगै शरीरले बिस्तारै आफैं ठीक पार्छ ।

दीर्घ हेपाटाइटिस बी र सी भने उपचारबाट निको बनाउन सकिंदैन, नियन्त्रण मात्रै हुनसक्छ । हेपाटाइटिस सीको समयमै पहिचान र १२ सातासम्म सिफारिस गरिएको औषधि खाएमा ९५ प्रतिशत सफल उपचार गर्न सकिन्छ ।

त्यस्तै, बीको हकमा गम्भीरताको आधारमा उपचार सुरु भएपनि रोकथाम गर्न कठिन हुन्छ । कलेजो फेल भएमा कलेजो प्रत्यारोपण पनि एक विकल्प हो ।

हेपाटाइटिसमा आहार कस्तो हुनुपर्छ ?

स्वस्थ आहारको मद्दतले हेपाटाइटिसको समस्यालाई व्यवस्थापन गर्न सजिलो हुन्छ । यद्यपि, के खाने र कति खाने भन्ने कुरा यसको गम्भीरता र कलेजोको कति भाग सुन्निएको छ त्यसआधारमा निर्धारित गरिन्छ ।

– प्रशस्त पानी, ताजा फलफूल, गेडागुडीको झोल खाने, चिल्लो कम खाने, अण्डाको सेतो भाग खाने, आफ्नो खानामा प्याज र लसुन जस्ता परम्परागत मसलाहरू जिरा, बेसार समावेश गर्न सकिन्छ ।

– रक्सी, जंकफुड, परिष्कृत पिठोबाट बनेका खानेकुरा, प्रशोधित खानेकुरा खानुहुँदैन ।

कसरी बच्ने ?

– दूषित खानपानबाट बच्ने

– जथाभावी जडिबुटी र औषधि नखाने

– मोटोपन घटाउने र बढाउने औषधि भन्दै हचुवाको भरमा नखाने

– मदिरा नपिउने

– तौल नियन्त्रण गर्ने

– असुरक्षित यौन सम्बन्ध नराख्ने

– अरुले प्रयोग गरेको धारिलो हतियारबाट टाढा रहने ।

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढी, असार ५ - राष्ट्रिय परीक्षा बोर्ड (NEB) अन्तर्गत कक्षा १२ को परीक्षामा धनगढीस्थित एसपीए कलेजकी छात्रा नीतिका अवस्थी व्यवस्था...
सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

गृहमन्त्री सुधन गुरुङले सिन्धुलीको प्रहरी हिरासतमा श्रीकृष्ण विश्वकर्माको निधन भएको विषयमा छानबिन समिति गठन भई प्रतिवेदन प्राप्त भ...
बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको हिमाली गाउँपालिका–३ लामापाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाको खार्पुनाथ गाउँपालिकाका २३ जनालाई प्रहरीले पक्राउ गरेको छ...
कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरका खेलकुद पूर्वाधारमा बजेट विनियोजन भएपछि धमाधम संरचना निर्माण अघि बढेको छ। जिल्ला खेलकुद समिति कञ्चनपुरका अनुसार यहाँ क्र...