धनगढी न्यूज

राजीनामा पत्र बोकेर हिंडेका छौं, समर्थनबारे समीक्षा गर्ने बेला भयो : खेलकुदमन्त्री श्रेष्ठ

Advertisement

१ असार, काठमाडौं । युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले सरकार पुरातन शैलीमा चलेको आरोप लगाउँदै सरकारलाई दिएको समर्थनबारे समीक्षा गर्ने बेला आएको बताएका छन् ।

शनिबार काठमाडौंमा राष्ट्रिय स्वतन्त्र पार्टीको स्थापनाको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उनले यस्तो अभिव्यक्ति दिएका हुन् ।

सरकार पुरातन शैली र कर्मकाण्डी हिसाबमै चलेकोले आफूहरु खल्तीमा राजीनामा पत्र बोकेर हिँडेको उनले बताए । ‘ हामी दुई धारे तरबारका बीचमा चलिरहेका छौं । केही चिजमा हामीलाई अनावश्यक, अनाधिकृत हिसाबले कुनै किसिमको सम्झौता गर्नुपर्‍यो भने त्यो दिन नै राष्ट्रिय स्वतन्त्र पार्टीबाट सरकारबाट बाहिर आउन तयार छ । हाम्रो राजीनामा पत्रमा मिति मात्रै लेख्न बाँकी छ, त्यो तयार गरेर बोकेर हामी हिँडेका छौं ।’

सरकारमा गएपछि शासकीय बेथिति सामाजिक बेथितिभन्दा पनि डरलाग्दो कुरा हो भन्ने कुरा आफूहरुले अनुभव गरिरहेको बताउँदै उनले वर्तमान राजनीतिक परिस्थितिबारे पार्टीभित्र सल्लाह पनि भएको बताए ।

 

प्रतिक्रिया

छुटाउनुभयो कि ?

एसपिए कलेजसँग जोडिएका १७ अन्तर्राष्ट्रिय क्रिकेट खेलाडीहरू, जसमा १४ कलेजकै विद्यार्थी

एसपिए कलेजसँग जोडिएका १७ अन्तर्राष्ट्रिय क्रिकेट खेलाडीहरू, जसमा १४ कलेजकै विद्यार्थी

  शैक्षिक उत्कृष्टता र खेल प्रतिभालाई एउटै धारमा जोड्ने एसपिए कलेजले, आफ्ना विद्यार्थीहरु लाई स्थानीय मैदानबाट अन्तर्र...
विशेष महाधिवेशन उद्घाटनअघि जुलुस निकाल्दै कांग्रेस, यस्तो छ रुट

विशेष महाधिवेशन उद्घाटनअघि जुलुस निकाल्दै कांग्रेस, यस्तो छ रुट

२७ पुस, काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरहरूले उद्घाटन सत्रअघि जुलुस प्रदर्शन गर्दैछन् । विशेष महाधिवेशनक...
उज्यालो नेपाल पार्टी विभाजित, २० केन्द्रिय सदस्य सहित डा.जोशी रास्वपा तिर

उज्यालो नेपाल पार्टी विभाजित, २० केन्द्रिय सदस्य सहित डा.जोशी रास्वपा तिर

कैलालीः उज्यालो नेपाल पार्टीका उपाध्यक्ष  एवम् सुदूरपश्चिम प्रदेशसभा सदस्य डा. तारा जोशीको नेतृत्वमा २० केन्द्रीय सदस्...
तनहुँको शुक्लागण्डकीमा ३ जनाको शव फेला, हत्याको आशङ्का

तनहुँको शुक्लागण्डकीमा ३ जनाको शव फेला, हत्याको आशङ्का

पोखरा । तनहुँको शुक्लागण्डकीमा एकैदिन ३ जनाको शव फेला परेको छ । दुई पुरुष र एक महिलाको शव फेला परेको प्रहरीले जनाएको छ । श...
हाम्रो पात्रो
लोक सेवा तयारी
महत्त्वपूर्ण लिन्क
live stream
×