Skip to main content

धनगढी न्यूज

खानेपानीको सतह घट्दै गएपछि कोकाकुल हुँदै धनगढी

Advertisement

अत्तरिया । कैलालीको धनगढीमा खानेपानीको सतह दुई मिटरसम्म घटेपछि खाने पानीको समस्याले विकराल रुप लिएको छ । लामो समयको खडेरीका कारण जमिनमुनी पानीको सतह सुक्दै गएपछि धनगढीका २३ हजार २४९ परिवार प्रभावित भएका छन् ।

नेपाल खानेपानी संस्थानका ग्राहकको सङ्ख्या नौ हजार एक सय मात्र रहेको छ । अन्य सबै परिवार नल्काको पानीमै आश्रीत रहेका छन् । हाल खानेपानी संस्थानले दैनिक १४ लाख लिटर पानी वितरण गर्दै आएको भए पनी दैनिक १७ लाख लिटर पानीको थप माग भइरहेको छ ।

गर्मी मौसम सुरु भएसँगै खानेपानीको माग बढेको छ  । उपभोक्ताहरुको नल्कासमेत सुकेपछि खानेपानीको माग बढेको  खानेपानी संस्थान, धनगढीका प्रमुख शैलेन्द्र शाहले बताउनुभयो । गर्मीसँगै नल्काको पानी सुकेपछि उपभोक्ताहरु संस्थानको पानीमा निर्भर छन् ।

शाहले भन्नुभयो, ‘‘हाम्रो भूमिगत पानीको स्रोत हो । दुई मिटर पानीको सतह घटेको छ । पानी तान्न समस्या छ, बत्ती जाने, सडक र नाली निर्माणले गर्दा आपूर्ति बन्द हुने गरेको छ । खडेरीले हात्तेपम्पहरु सुकेका छन् ।’’

खानेपानी संस्थानले २१ मिटर गहिरो भूमिगत पानी उपभोक्तालाई वितरण गर्दै आएको छ । धनगढीमा आठवटा पानी वितरणका लागि ट्याङ्की निमार्ण गरिएका छन । १२ वटा बोरिङ्ग भूमिगत पानी तान्न गाडिएका छन् ।

खानेपानी संस्थानका बोरिङ्गहरुमा भूमिगत पानी आउने गरेको भए पनि पानीको सतह भने घटेको छ । जसका कारण थप पानीको समस्या सिर्जना भएको हो । शाहले  धनगढीमा चैतदेखि पानीको सतह कम हुँदै गएको बताउनुभयो ।

खानेपानी संस्थानलाई बोरिङ्गको पानी तान्न २६५ देखि २७० वाट विद्युतको भोल्टेज आवश्यक भए पनि  भोल्टेज कम हुँदा र अनियमित विद्युतका कारण पानी आपूर्तिमा समस्या भइरहेको उहाँको भनाइ छ ।

‘‘टोलमा सार्वजनिक खानेपानीका धारा छैन । जमिनको पानी समेत सुके पछि तीन महिनादेखि तराई लगायत धनगढीका बासीन्दाले खानेपानीको चरम समस्या झेल्नु परेको हो । तराईमा अत्याधिक गर्मीसँगै तातो हावा लु चलेको छ । तापक्रम ४३ डिग्रीमाथि छ ।

मनसुनी वायुर भारतको बिहारदेखि आसामसम्म बनेको न्यून चापिय अवस्था र बंगालको खाडीबाट दक्षिण उत्तर आएको वायुको कारण तत्काल एक साता अझै पानी पर्ने सम्भावना नरहेको मौसम विद् धर्मराज उप्रेतीले बताउनुभयो ।

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढी, असार ५ - राष्ट्रिय परीक्षा बोर्ड (NEB) अन्तर्गत कक्षा १२ को परीक्षामा धनगढीस्थित एसपीए कलेजकी छात्रा नीतिका अवस्थी व्यवस्था...
सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

गृहमन्त्री सुधन गुरुङले सिन्धुलीको प्रहरी हिरासतमा श्रीकृष्ण विश्वकर्माको निधन भएको विषयमा छानबिन समिति गठन भई प्रतिवेदन प्राप्त भ...
बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको हिमाली गाउँपालिका–३ लामापाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाको खार्पुनाथ गाउँपालिकाका २३ जनालाई प्रहरीले पक्राउ गरेको छ...
कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरका खेलकुद पूर्वाधारमा बजेट विनियोजन भएपछि धमाधम संरचना निर्माण अघि बढेको छ। जिल्ला खेलकुद समिति कञ्चनपुरका अनुसार यहाँ क्र...