Skip to main content

धनगढी न्यूज

११ महिनामा ५५ करोड ८७ लाख रुपैयाँको चुरा, टीका र पोते आयात

Advertisement

गत आर्थिक वर्षको ११ महिनामा ५४ करोड ८७ लाख ६३ हजार रुपैयाँ बराबरको चुरा, टीका र पोते आयात भएको छ । भन्सार विभागका अनुसार अघिल्लो आर्थिक वर्षको ११ महिनामा ५१ करोड २१ लाख ६४ हजार रुपैयाँ बराबरको चुरा, टीका र पोते आयात भएको थियो ।

साउनदेखि जेठसम्म ३७ करोड ७४ लाख ३२ हजार रुपैयाँ बराबरको चुरा र टीका आयात भएको विभागले जनाएको छ । भारतबाट मात्रै ३७ करोड ५२ लाख ५२ हजार रुपैयाँ बराबरको चुरा र टीका आयात भएको थियो । यस्तै चीनबाट २१ लाख ८० हजार रुपैयाँबराबरको चुरा र टीका आयात भएको हो ।

विभागका अनुसार १७ करोड १३ लाख ३१ हजार रुपैयाँ बराबरको ४ लाख १२ हजार ६२८ किलो पोतेका दाना भएको छ । सबैभन्दा बढी चीनबाट ११ करोड ६८ लाख ७८ हजार रुपैयाँ बराबरको पोते आयात भएको छ । जापानबाट १ करोड ९७ लाख ४४ हजार रुपैयाँ र भारतबाट २ करोड ४६लाख ८६ हजार रुपैयाँ बराबरको पोत आयात भएको हो ।

नेदरल्यान्ड्स, पाकिस्तानलगायत मुलुकबाट पनि नेपालमा पोते आयात हुने गरेको विभागको तथ्यांक छ ।मुलुकमा ११ महिनामा १ करोड ३६ लाख ५६ हजार रुपैयाँ बराबरको ६८ हजार ६४३ किलो सिन्दुर आयात गरिएको छ । साउनदेखि जेठसम्म ४ करोड ५६ लाख २८ हजार रुपैयाँ बराबरको १८ हजार ३९३ लिटर नङ पलिस आयात गरिएको छ ।

कान्तिपुर दैनिक बाट साभार

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढी, असार ५ - राष्ट्रिय परीक्षा बोर्ड (NEB) अन्तर्गत कक्षा १२ को परीक्षामा धनगढीस्थित एसपीए कलेजकी छात्रा नीतिका अवस्थी व्यवस्था...
सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

गृहमन्त्री सुधन गुरुङले सिन्धुलीको प्रहरी हिरासतमा श्रीकृष्ण विश्वकर्माको निधन भएको विषयमा छानबिन समिति गठन भई प्रतिवेदन प्राप्त भ...
बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको हिमाली गाउँपालिका–३ लामापाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाको खार्पुनाथ गाउँपालिकाका २३ जनालाई प्रहरीले पक्राउ गरेको छ...
कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरका खेलकुद पूर्वाधारमा बजेट विनियोजन भएपछि धमाधम संरचना निर्माण अघि बढेको छ। जिल्ला खेलकुद समिति कञ्चनपुरका अनुसार यहाँ क्र...