Skip to main content

धनगढी न्यूज

नेपाल महिला टोलीको एसिया कपमा चुनौती भारतविरुद्धको खेलको तयारी

Advertisement

काठमाडौं – एसीसी महिला एसिया कप क्रिकेटमा नेपालले आज भारतको सामना गर्दैछ। समूह चरणको अन्तिम खेलमा नेपालले बलियो प्रतिद्वन्द्वी भारतसँग प्रतिस्पर्धा गर्न लागेको हो।

पहिलो खेलमा यूएईमाथि ६ विकेटको जित निकाल्दै विजयी सुरुवात गरेको नेपाल दोस्रो खेलमा पाकिस्तानसँग ९ विकेटले पराजित भएको छ। समूह ‘ए’को भारत चार अंकसहित शीर्ष स्थानमा छ। भारत निरन्तर जित निकाल्दै अघिल्लो चरण प्रवेश गर्न चाहन्छ। नेपालमाथि अघिल्लो चरण प्रवेशका लागि भारतविरुद्ध जित निकाल्नैपर्ने दबाब छ।

समूह चरणका दुई खेल सकिँदा नेपाल र पाकिस्तान एक हार र एक जितसहित समान दुई अंकसहित रनरेटका आधारमा दोस्रो र तेस्रो स्थानमा छन्। यो समूहको यूएईले भने खाता खोल्न सकेको छैन। आजै अर्को खेलमा यूएईले पाकिस्तानको सामना गर्नेछ।

पाकिस्तान यूएईसँग पराजित भएर नेपाल भारतसँग विजयी भए नेपाल सेमिफाइनल प्रवेश गर्नेछ। पाकिस्तान र यूएईको खेल दिउँसो २:१५ बजे सुरु हुनेछ भने नेपाल र भारतको खेल मंगलबार साँझ ७:१५ बजे श्रीलंकाको डम्बुला मैदानमा हुनेछ।

दुई समूहमा विभाजन गरिएको
प्रतियोगितामा आठ टोली सहभागी छन्। नेपाल समूह ‘ए’ मा छ। नेपालको समूहमा भारत र पाकिस्तान जस्ता टेस्ट राष्ट्रसँगै यूएई छ।

समूह ‘बी’ मा श्रीलंका, बंगलादेश, मलेसिया र थाइल्यान्ड छन्। समूह ‘बी’मा श्रीलंका चार अंकसहित शीर्ष स्थानमा छ भने थाइल्याण्ड र बंगलादेश समान दुई अंकसहित दोस्रो र तेस्स्रो स्थानमा छन्। मलेसिया भने अंकबिहीन छ।

समूह चरणमा हुने १२ खेलबाट उत्कृष्ट दुईदुई देश सेमिफाइनल पुग्नेछन्। सेमिफाइनलमा विजयी दुई टोलीबिच फाइनल भिडन्त साउन १३ गते हुनेछ।

नेपालको पहिलो ऐतिहासिक जित
नेपालको पहिलो खेलको जितमा ब्याटिङतर्फ सम्झना खड्का र बलिङमा कप्तान इन्दु बर्माको योगदान महत्त्वपूर्ण रहयो। श्रीलंकाको डम्बुला शुक्रबार मैदानमा टस जितेर सुरुमा बलिङ गरेको नेपालविरुद्ध यूएईले ८ विकेटको क्षतिमा दिएको ११५ रन बनाएको थियो। ११६ रनको लक्ष्य नेपालले १६।१ ओभरमा चार विकेटको क्षतिमा ११८ रन बनाउँदै पूरा गरेको थियो।

नेपालको पहिलो जितका लागि सम्झना खड्काले ४५ बलको सामना गर्दै ११ छक्काको मद्तमा ७२ रन बनाइन भने कप्तान इन्दु बर्माले तीन विकेट हात पारिन्।

नेपालको दोस्रो खेल
आइतबार पाकिस्तानसँग भएको दोस्रो खेलमा भने नेपाल ९ विकेटले पराजित भयो। टस हारेर सुरुमा ब्याटिङ गरेको नेपालले ६ विकेटको क्षतिमा दिएको १०९ रनको लक्ष्य पाकिस्तानले ११।५ बलमा मात्र १ विकेटको क्षतिमा ११० रन बनाउँदै पूरा गरेको हो।

एसिया कपमा नेपाली टिम

नेपाली महिला एसिया कप टोलीको कप्तानी इन्दु बर्माले गरेकी छन्। नेपाली टिममा पूर्व कप्तान रुविना क्षेत्रीसँगै सीता रानामगर, बिन्दू रावल, कविता कुँवर, पूजा महतो, कविता जोशी, सम्झना खड्का, काजोल श्रेष्ठ, सबनम राई, राजमती ऐरी, ममता चौधरी, कृतिका मरासिनी, रोमा थापा र डली भट्ट छन्।

तेस्रो पटक एसिया कप खेल्दै नेपाल
नेपालको महिला क्रिकेट टिमले तेस्रो पटक एसिया कपमा प्रतिस्पर्धा गर्न लागेको हो। यसअघि नेपालले चीनमा भएको सन् २०१२ को एसिया कप र सन् २०१६ मा थाइल्याण्डमा सम्पन्न प्रतियोगितामा सहभागीता जनाएको थियो।

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

एसपीए कलेजद्वारा उत्कृष्ट विद्यार्थी नितिका अवस्थी र चार्टर्ड अकाउन्टेन्ट इन्द्र रोकायालाई सम्मान

एसपीए कलेजद्वारा उत्कृष्ट विद्यार्थी नितिका अवस्थी र चार्टर्ड अकाउन्टेन्ट इन्द्र रोकायालाई सम्मान

धनगढी -सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपीए) कलेजले आफ्नो स्टेप अप गाला २०८३ कार्यक्रमका अवसरमा दुई जना उत्कृष्ट विद्यार्थीलाई सम्म...
नबिल एसएसई को तीन महिने तालिम कार्यक्रम प्रमाणपत्र वितरणसहित सम्पन्न

नबिल एसएसई को तीन महिने तालिम कार्यक्रम प्रमाणपत्र वितरणसहित सम्पन्न

धनगढी । सुदूरपश्चिमाञ्चल एकेडेमी एसपीए कलेज, धनगढी र नबिल बैंक लिमिटेडको सहकार्यमा सञ्चालित नबिल एसएसई (Nabil School of Social Ent...
डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव धनगढीमा

डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव धनगढीमा

९ साउन, धनगढी। धनगढीमा सत्याग्रह गरिरहेका डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चूडामणि पौडेल धनगढी प...
बाजुराको हिमाली गाउँपालिकामा जिप दुर्घटना, ९ जना घाइते

बाजुराको हिमाली गाउँपालिकामा जिप दुर्घटना, ९ जना घाइते

बाजुरा जिल्लाको हिमाली गाउँपालिका–५ क्युडीस्थित कुवाडी–क्युडी भित्री कच्ची सडकखण्डमा सोमबार दिउँसो भएको जिप दुर्घटनामा चालकसहित ९ ...