Skip to main content

धनगढी न्यूज

Day: July 23, 2024

एसपिए कलेजले आयोजना गरेको वक्तृत्वकलामा तृप्ती सिंह प्रथम

एसपिए कलेजले आयोजना गरेको वक्तृत्वकलामा तृप्ती सिंह प्रथम

धनगढीः धनगढीको एसपिए कलेजले आयोजना गरेको वक्तृत्व कला प्रतियोगितामा धनगढी–६ मा रहेको राइजिङ स्टार इङ्गिस स्कुलकी छात्रा तृप्ती सिंहले प्रथम स्थान हासिल गरेकी हुन्। एसपिए कलेजले “लागुपदार्थ नियन्त्रणमा विद्यार्थीको भूमिका“ शिर्षकमा मङ्गलवार वक्तृत्वकला प्रतियोगिता आयोजना गरेको हो। वर्तमान समयमा लागूपदार्थको कारणले थुप्रै युवा–युवतीहरूको भविष्य अन्धकार भइरहेको र समाजमा समेत नराम्रो असर परिरहेको परिपेक्षमा लागुपदार्थ सम्बन्धी विद्यार्थीहरूमा चेतना जगाउने उद्देश्यले वक्तृत्वकला प्रतियोगिता आयोजना गरिएको कलेजले जनाएको छ। पाँच विद्यालयबाट दुई÷दुई जना गरी जम्मा १० जना सहभागी भएको प्रतियोगितामा डिस्कभरी स्कुलका अनुपराज गिरी दोस्रो र एक्सिस विद्याश्रमकि मधु शर्कीले तृतीय स्थान हासिल गरेकी हुन्। विजेता तीनै जनालाई पुरस्कार र प्रमाणपत्र वितरण गरिएको आयोजक…
Read More
उपसभामुख इन्दिरा रानाको बारेमा मुकुल ढकालको सनसनीपूर्ण खुलासा

उपसभामुख इन्दिरा रानाको बारेमा मुकुल ढकालको सनसनीपूर्ण खुलासा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का निलम्बित महामन्त्री डा. मुकुल ढकालले उपसभामुख इन्दिरा राना मगरले अमेरिकाको भिसाका लागि दूतावासलाई लेखेको पत्रका बारेमा प्रतिक्रिया दिएका छन् । तत्कालीन समयमा आफू महामन्त्री रहेको र त्यसैबेला जानकारीमा पाएर यो विषयको सोधखोज गर्दा आर्थिक लेनदेन भएको पाएको उनले उल्लेख गरेका छन् । मंगलबार यस विषयमा लामो फेसबुक स्टाटस लेख्दै ढकालले उपसभामुख रानले यो प्रकरणमा पदबाट राजीनामा दिएर छानबिनलाई सहयोग गर्नुपर्ने पनि उल्लेख गरेका छन् । यसअघि राना र रास्वपाले यो प्रकरणमा आर्थिक लेनदेन भएको नपाइएको दाबी गरेका थिए । तर, ढकालले भने लाखौँको लेनदेन भएको आफूले पाएको दाबी गरेका छन् । र यसको प्रमाण पीडितसँग…
Read More
लागुऔषध दुव्र्यसनको सुदूरपश्चिममा बिगबिगी , एकैदिन ७ जना युवक समातिए

लागुऔषध दुव्र्यसनको सुदूरपश्चिममा बिगबिगी , एकैदिन ७ जना युवक समातिए

धनगढीः सुदूरपश्चिममा लागुऔषधको समस्या विकराल बन्दै गएको छ। लागुऔषध सेवन, कारोबार र ओसारपसारमा संलग्नहरु धमाधम पक्राउ पर्न थालेका छन्। सबैभन्दा बढी कैलाली र त्यसपछि कञ्चनपुरबाट लागुऔषधमा संलग्नहरु पक्राउ पर्न थालेका छन्। सोमबार कैलालीको घोडाघोडी नगरपालिका–१ सुखड चोकबाट भजनी नगरपालिका–९ डम्पुरका २५ वर्षीय गणेशमान सिंह ३ सय मिलिग्राम लागुऔषधसहित इलाका प्रहरी कार्यालय सुखडको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ। त्यस्तै गोदावरी नगरपालिका–७ श्रीपुरका २८ वर्षीय शेरबहादुर चौधरीलाई १ सय ७० मिलिग्राम लागुऔषधसहित इलाका प्रहरी कार्यालय मालाखेतीले पक्राउ गरेको छ। गौरीगंगा नगरपालिका–४ राजीपुरका ३५ वर्षीय सुनिलबहादुर खडायत ५ ग्राम, नगद ७ हजार ३८०, घरमा खानतलासी गर्दा ३९ हजार नेपाली रुपैयाँ र ३७ हजार भारतीय…
Read More
कञ्चनपुरमा महिलाको मृत शरीर भेटियो

कञ्चनपुरमा महिलाको मृत शरीर भेटियो

कञ्चनपुरः कञ्चनपुरमा एक महिलाको शव फेला परेको छ। जिल्लाको दोधारा– चाँदनी नगरपालिका–३ जमुनाघाडी रमेश डौडेको खेतबारीमा नामथर नखुलेकि अन्दाजी २९ वर्षीया महिलाको शव सोमबार फेला परेको प्रहरीले जनाएको छ। उक्त शबलाइ पोष्टमार्टमका लागि दोधारा–चाँदनी अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले  जनाएको छ।  
Read More
अमेरिका प्रथम महिला राष्ट्रपति चुन्न आतुर

अमेरिका प्रथम महिला राष्ट्रपति चुन्न आतुर

भनिन्छ– अमेरिकाले अश्वेत राष्ट्रपति छान्ला, तर महिला छान्न कठिन छ । बाइडेनले दौड छाडेसँगै चर्चामा रहेकी कमला ह्यारिस भने अश्वेत र महिला दुवै हुन् । अब अमेरिकी मतदाताले के गर्लान् ? अमेरिकाको चुनावी राजनीतिलाई लक्षित गर्दै टाइम्स अफ इन्डियाले रोचक शीर्षक दिएको छ– लोटस फाइट्स टु बी पोटस् । लोटस अर्थात् कमल/कमला । पोटस अर्थात् प्रेसिडेन्ट अफ द युनाइटेड स्टेट्स । हालका डेमोक्र्याट राष्ट्रपति जो बाइडेनले आगामी चुनावको दौडबाट खुट्टा झिकेसँगै एकैपल्ट उपराष्ट्रपति कमला ह्यारिसको नाम ह्वाइट हाउसकी आकांक्षीका रूपमा यति बेला विश्व चर्चामा छ । लोटस्, अर्थात् भारतीय मुलकी कमलालाई अर्का रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पकी प्रतिस्पर्धीका रुपमा सुरु चर्चासँग के…
Read More
छिमेकीको हत्या गरेको आरोपमा सिरहामा एक जना पक्राउ

छिमेकीको हत्या गरेको आरोपमा सिरहामा एक जना पक्राउ

८ साउन, जनकपुरधाम । सिरहामा छिमेकीको हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा अर्नमा गाउँपालिका-२ ब्रह्मपुरीका ५२ वर्षीय बच्चु भन्ने बचाइ महतो रहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता मुक्तिनाथ सापकोटाले जानकारी दिए । बच्चुले गत जेठ ३ गते बिहान ब्रह्मपुरीस्थित खेतमा सोही ठाउँका ५३ वर्षीय बुधराम महतोलाई कोदालोले हानेर हत्या गरेको आरोप छ । ट्याक्टर लिएर खेतमा पुगेका बुधरामलाई बचाइले कोदालो प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको थियो । प्रहरीका अनुसार लामो समयदेखि जग्गाको विषयलाई लिएर बुधराम र बचाइबीच विवाद थियो । घटनालगत्तै फरार भएका बचाइलाई खोजतलासको क्रममा सिरहाको औरही गाउँपालिका-१ दरहैयास्थित नेपाल-भारतको सीमा क्षेत्रमा लुकीछिपी बसिरहेको…
Read More
आजदेखि सुदूरपश्चिम प्रदेश सभाको विशेष अधिवेशन

आजदेखि सुदूरपश्चिम प्रदेश सभाको विशेष अधिवेशन

धनगढी – सुदूरपश्चिम प्रदेशमा आजदेखी प्रदेश सभाको विशेष अधिवेशन सुरु हुने भएको छ । नेपाली कांग्रेस र नेकपा एमालेका बहुमत प्रदेश सभा सदस्यहरुले माग गरेपछि आजदेखी विशेष अधिवेशनसुरु हुने भएको हो । प्रदेश प्रमुख नजिर मियाँले प्रदेश सभाका एक चौथाइभन्दा बढी सांसदले विशेष अधिवेशन माग गरेपछि बोलाउन पत्राचार गरेका थिए । प्रदेश प्रमुखको आह्वानअनुसार मंगलबार दिउँसो २ बजे विशेष अधिवेशनको पहिलो बैठक बोलाइएको प्रदेश सभा सचिवालयले जनाएको छ । संघमा राजनीतिक समीकरण फेरिएर कांग्रेस–एमालेको गठबन्धन बनेपछि सुदूरपश्चिममा २० असारमा एकीकृत समाजवादीका मुख्यमन्त्री दीर्घबहादुर सोडारी नेतृत्वको सरकारबाट बाहिरिएको थियो । एमाले बाहिरिएसँगै अल्पमतमा परेका सोडारीले चालु आर्थिक वर्ष २०८१÷८२ का लागि ल्याएको…
Read More
” महेन्द्रनगर जाँदै गरेको बसको ढोका भाँचिएपछि यात्रु त्रसित “

” महेन्द्रनगर जाँदै गरेको बसको ढोका भाँचिएपछि यात्रु त्रसित “

धनगढी: बैतडीबाट महेन्द्रनगरतर्फ आइरहेको बसको ढोकाबाट खसेर महिला घाइते भएकी छन्। भीमदत्त राजमार्ग अन्तरगत डोटीको जोरायल गाउँपालिका–१ को बुडरमा ना ७ ख १२६४ नम्बरको बसको आपतकालीन ढोकाबाट खसेर महिला घाइते भएको प्रहरीले जनाएको छ। घाइते हुनेमा डडेल्धुराको आलिताल गाउँपालिका–१ की ४० वर्षीया कलावती बोहोरा रहेकी छन्। आपतकालीन ढोका भाँचिदा खसेर घाइते भएकी बोहोराको छतिवन स्वास्थ्य चौकीमा प्राथमिक उपचारपछि धनगढी ल्याइएको छ। माया मेट्रो अस्पतालमा अहिले उनको उपचार जारी छ। बस र चालक कञ्चनपुरको भीमदत्त नगरपालिका–३ बस्ने ४५ वर्षीय प्रेमसिंह धामीलाई इलाका प्रहरी कार्यालय बुडरले नियन्त्रणमा लिएको छ।
Read More
नेपाल महिला टोलीको एसिया कपमा चुनौती भारतविरुद्धको खेलको तयारी

नेपाल महिला टोलीको एसिया कपमा चुनौती भारतविरुद्धको खेलको तयारी

काठमाडौं – एसीसी महिला एसिया कप क्रिकेटमा नेपालले आज भारतको सामना गर्दैछ। समूह चरणको अन्तिम खेलमा नेपालले बलियो प्रतिद्वन्द्वी भारतसँग प्रतिस्पर्धा गर्न लागेको हो। पहिलो खेलमा यूएईमाथि ६ विकेटको जित निकाल्दै विजयी सुरुवात गरेको नेपाल दोस्रो खेलमा पाकिस्तानसँग ९ विकेटले पराजित भएको छ। समूह ‘ए’को भारत चार अंकसहित शीर्ष स्थानमा छ। भारत निरन्तर जित निकाल्दै अघिल्लो चरण प्रवेश गर्न चाहन्छ। नेपालमाथि अघिल्लो चरण प्रवेशका लागि भारतविरुद्ध जित निकाल्नैपर्ने दबाब छ। समूह चरणका दुई खेल सकिँदा नेपाल र पाकिस्तान एक हार र एक जितसहित समान दुई अंकसहित रनरेटका आधारमा दोस्रो र तेस्रो स्थानमा छन्। यो समूहको यूएईले भने खाता खोल्न सकेको छैन।…
Read More
टीकापुरमा ‘स्वाइन फिभर’को जोखिमले किसानले बङ्गुरपालन छाडे

टीकापुरमा ‘स्वाइन फिभर’को जोखिमले किसानले बङ्गुरपालन छाडे

टीकापुर (कैलाली),  साउन ७ गते । बङ्गुरमा देखापरेको स्वाइन फिभरका कारण जिल्लाका किसानले बङ्गुरपालन छाडेका छन् । व्यावसायिक रूपमा बङ्गुरपालन गर्दै आएका किसानले स्वाइन फिभरको जोखिमले पुनः बङ्गुरपालन गर्न आँट गरेका छैनन् । साना व्यवसायीले समेत बङ्गुरपालन गर्न छाडेका छन् । करिब दुई वर्षअघि देखापरेको रोगले व्यवसायीले बङ्गुरपालनमा चासो देखाए पनि फेरि रोग आउने हो कि भन्ने जोखिममा सबैमा उत्तिकै छ । स्थानीयस्तरमा किसान र समूहमा समेत बङ्गुरपालन गर्ने गरेका थिए अहिले त्यो पनि रोकिएको छ । बङ्गुरपालन व्यवसाय कम भएपछि यतिखेर कैलालीमा बङ्गुरको मासु अभाव हुन थालेकाे छ । एक वर्षअघि प्रतिकिलो रु. तीन सय ५० मा पाइने मासु…
Read More