Skip to main content

धनगढी न्यूज

लागुऔषध दुव्र्यसनको सुदूरपश्चिममा बिगबिगी , एकैदिन ७ जना युवक समातिए

Advertisement

धनगढीः सुदूरपश्चिममा लागुऔषधको समस्या विकराल बन्दै गएको छ। लागुऔषध सेवन, कारोबार र ओसारपसारमा संलग्नहरु धमाधम पक्राउ पर्न थालेका छन्।

सबैभन्दा बढी कैलाली र त्यसपछि कञ्चनपुरबाट लागुऔषधमा संलग्नहरु पक्राउ पर्न थालेका छन्। सोमबार कैलालीको घोडाघोडी नगरपालिका–१ सुखड चोकबाट भजनी नगरपालिका–९ डम्पुरका २५ वर्षीय गणेशमान सिंह ३ सय मिलिग्राम लागुऔषधसहित इलाका प्रहरी कार्यालय सुखडको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ।

त्यस्तै गोदावरी नगरपालिका–७ श्रीपुरका २८ वर्षीय शेरबहादुर चौधरीलाई १ सय ७० मिलिग्राम लागुऔषधसहित इलाका प्रहरी कार्यालय मालाखेतीले पक्राउ गरेको छ। गौरीगंगा नगरपालिका–४ राजीपुरका ३५ वर्षीय सुनिलबहादुर खडायत ५ ग्राम, नगद ७ हजार ३८०, घरमा खानतलासी गर्दा ३९ हजार नेपाली रुपैयाँ र ३७ हजार भारतीय रुपैयाँ समेत बरामद गरिएको प्रहरीले जनाएको छ।

मंगलबार विहान धनगढी उप–महानगरपालिका–४ बसपार्कबाट ३ सय ७० मिलिग्राम लागुऔषधसहित मोरङको पथरी शमशेर नगरपालिका–१ घर भइ हाल धनगढी उपमहानगरपालिका–४ बसपार्क बस्ने ४९ वर्षीय कोरिसिकेश निरौला, चुरे गाउँपालिका–३ घर भई हाल धनगढी उपमहानगरपालिका–४ बसपार्क बस्ने १६ वर्षीय एक किशोर पक्राउ परेका छन्।

त्यस्तै कञ्चनपुरको वेदकोट नगरपालिका–७ कङ्गला पुलबाट बेल्डाडी गाउँपालिका–४ घर भइ हाल वेदकोट नगरपालिका–७ बस्ने २५ वर्षीय रोहित चौधरी र भीमदत्त नगरपालिका–३ का २८ वर्षीय शुवास चौधरीलाई २ दशमलव शून्य ९ ग्राम लागुऔषधसहित प्रदेश प्रहरी कार्यालय लागुऔषध नियन्त्रण ब्युरो महेन्द्रनगर र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको संयुक्त प्रहरी टोलीले नियन्त्रणमा लिएको छ।

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढी, असार ५ - राष्ट्रिय परीक्षा बोर्ड (NEB) अन्तर्गत कक्षा १२ को परीक्षामा धनगढीस्थित एसपीए कलेजकी छात्रा नीतिका अवस्थी व्यवस्था...
सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

गृहमन्त्री सुधन गुरुङले सिन्धुलीको प्रहरी हिरासतमा श्रीकृष्ण विश्वकर्माको निधन भएको विषयमा छानबिन समिति गठन भई प्रतिवेदन प्राप्त भ...
बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको हिमाली गाउँपालिका–३ लामापाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाको खार्पुनाथ गाउँपालिकाका २३ जनालाई प्रहरीले पक्राउ गरेको छ...
कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरका खेलकुद पूर्वाधारमा बजेट विनियोजन भएपछि धमाधम संरचना निर्माण अघि बढेको छ। जिल्ला खेलकुद समिति कञ्चनपुरका अनुसार यहाँ क्र...