Skip to main content

धनगढी न्यूज

अमेरिका प्रथम महिला राष्ट्रपति चुन्न आतुर

Advertisement

भनिन्छ– अमेरिकाले अश्वेत राष्ट्रपति छान्ला, तर महिला छान्न कठिन छ । बाइडेनले दौड छाडेसँगै चर्चामा रहेकी कमला ह्यारिस भने अश्वेत र महिला दुवै हुन् । अब अमेरिकी मतदाताले के गर्लान् ?

अमेरिकाको चुनावी राजनीतिलाई लक्षित गर्दै टाइम्स अफ इन्डियाले रोचक शीर्षक दिएको छ– लोटस फाइट्स टु बी पोटस् ।

लोटस अर्थात् कमल/कमला । पोटस अर्थात् प्रेसिडेन्ट अफ द युनाइटेड स्टेट्स । हालका डेमोक्र्याट राष्ट्रपति जो बाइडेनले आगामी चुनावको दौडबाट खुट्टा झिकेसँगै एकैपल्ट उपराष्ट्रपति कमला ह्यारिसको नाम ह्वाइट हाउसकी आकांक्षीका रूपमा यति बेला विश्व चर्चामा छ ।

लोटस्, अर्थात् भारतीय मुलकी कमलालाई अर्का रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पकी प्रतिस्पर्धीका रुपमा सुरु चर्चासँग के अमेरिका प्रथम महिला राष्ट्रपतिलाई स्वागत गर्न आतुर भएको हो भनी अड्कलबाजीहरू सुरु भएका छन् ।

उसो त अमेरिकामै स्थापित भनाइ छ– रंगभेद कहीँ न कहीँ सुषुप्त रुपमा रहेको यो महाशक्तिले बरु कालाजातिका नेता छान्ला, तर महिला छान्न कठिन छ । नभन्दै अमेरिकाले बाराक ओबामा छान्यो, तर हिलारी क्लिन्टन छानेन ।

कमला ह्यारिसका लागि यी दुवै संयोग एकै साथ उपलब्ध छन् । उनी अश्वेत पनि हुन्, अनि महिला पनि । तै पनि यो लडाइँमा उनी आफ्नो दलभित्र अब्बल बन्दै मैदानमा खडा छिन् । डेमोक्रेटिक पार्टी उम्मेदवारको अन्तिम टुंगो लाग्न भने अझै केही दिन प्रतीक्षा गर्नुपर्ने छ ।

अगष्ट १९ तारिखमा हुने डेमोक्रेटिक पार्टीको नेसनल कन्भेन्सनबाट उम्मेदवार टुंगो लाग्ने छ । बाइडेनको दौड परित्यागपछि डेमोक्रेटिक पार्टीमा सम्भावित उम्मेदवारको रूपमा उपराष्ट्रपति कमला ह्यारिस अग्रस्थानमा देखिएकी छन् ।

यही कारणले अब अमेरिकी चुनाव पूरापूर रोचक बन्नेवाला देखिन्छ ।

राजनीतिमा कति बेला नियमितताहरू आकस्मिकता बन्छन् र आकस्मिकताहरू नियमितता, भन्नै सकिन्न । त्यसैले होला, राजनीतिलाई अनन्त: सम्भावनाहरूको खेल भनिएको । अमेरिकी राजनीतिले आइतबार साँझ त्यस्तै एक रोचक र नयाँ मोड लिएको हो ।

आगामी राष्ट्रपतीय निर्वाचनको मतदान आउन १०७ दिन बाँकी हुँदा राष्ट्रपति जो बाइडनले राष्ट्रपतीय निर्वाचन दौड परित्याग गरी दिए । र, यसले उपराष्ट्रपति कमला ह्यारिस डेमोक्रेटिक उम्मेदवार हुन सक्ने सम्भावनाको एउटा नयाँ ढोका मात्र खोलिदिएन, महिला राष्ट्रपतिको सम्भावनाबारे बहस पनि सँगै अघि बढ्यो ।

सन् २०१६ मा अमेरिकाले यो अवसर गुमाएको थियो । त्यतिबेला डेमोक्रेटिक पार्टीको तर्फबाट हिलारी क्लिन्टन राष्ट्रपतीय निर्वाचन दौडमा थिइन् । लोकप्रियताको आधारमा उनले डोनाल्ड ट्रम्पलाई जितेकी पनि हुन् । तर, विशिष्ट निर्वाचन प्रणाली (निर्वाचक मण्डल प्रणाली) को कारण उनी राष्ट्रपतिमा निर्वाचित हुन भने सकिनन् ।

८ वर्षपछि खेल फेरि दोहोरिने सम्भावना देखिएको छ । रिपब्लिकन पार्टीले उनै डोनाल्ड ट्रम्पलाई उम्मेदवार बनाउने निश्चित भइसकेको छ ।

अब हुने छैन दुई वृद्धको ‘रिम्याच’

बाइडेनले नै ह्यारिसलाई ‘इन्डोर्स’ गरेका छन् । बाइडेनको चुनावी अभियानका सम्पूर्ण संयन्त्र, यहाँसम्म कि चुनावी कोषलाई समेत ह्यारिस चुनावी अभियानमा रूपान्तरण गरिएको छ ।

अमेरिकी मतदाता ‘दुई बुढाको रिम्याच’ हेर्न इच्छुुक थिएनन् । जो बाइडेन र डोनाल्ड ट्रम्प बीचको ‘म्याच’ सन् २०२० मै भइसकेको थियो । ठीक त्यही परिदृश्य दोहोरिने कुरा धेरैका लागि विरक्ति र पट्यारको विषय बनिरहेको थियो ।

८१ वर्षीय बाइडेन र ७८ वर्षीय ट्रम्पको पुनर्भिडन्त रोचक र रोमाञ्चक हुने आधार कमजोर थिए । अन्ततः बाइडेन आफैंले जनताको ‘हृदयको आवाज’ सुने । एक राजनेताको कर्तव्य पदमा बसेर जनताको सेवा गर्नु मात्र हैन, पदत्याग गरेर उनीहरूलाई खुशी दिनु पनि हो भन्ने प्रमाणित गरिदिए ।

बाइडेन अमेरिकी इतिहासका एक औसत राष्ट्रपति हुन् । उनी न त प्रथम राष्ट्रपति जर्ज वासिङ्गटन जस्ता ठूलो योद्धा थिए, न संस्थापक पितामध्येका अन्य राष्ट्रपति जेफर्सन, हेमिल्टन जस्ता बौद्धिक । न त अब्राहम लिंकन न रुजबेल्ट जस्ता ऐतिहासिक न केनेडी, बिल क्लिन्टन र बाराक ओमाबाजस्ता चमत्कारिक युवा

बाइडेनको छवि एक शालीन, भद्र र शान्त राष्ट्रपतिका रूपमा रह्यो । उनले त्यस्ता धेरै चिजलाई ट्रयाकमा ल्याए, जो त्यसअघिका राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकालमा ‘डिरेल’ हुन खोजेका थिए ।

उम्मेदवारी दौडको परित्याग गर्न बाइडेनलाई पक्कै सजिलो थिएन । दुई कार्यकाल राष्ट्रपति अमेरिकाको स्थापित प्रचलन नै हो । बाइडेनलाई पनि दोस्रोपल्ट उठ्न पाउने कानुनी सुविधा थियो ।

स्वयं बाइडेनको पार्टी र समर्थकहरूले नै उनले उम्मेदवारी परित्याग गर्दिए हुन्थ्यो भन्ने अपेक्षा राख्थे । अपेक्षा मात्र हैन, त्यो एक हदसम्म दबाब बन्न थालेको थियो । तर, उम्मेदवारी परित्याग गर्न दबाब दिनेले उनलाई ‘नराम्रो र दुष्ट मान्छे’ सिद्ध गर्न खोजेका थिएनन् ।

उनीहरूको भनाइ यति मात्र थियो कि उमेर र स्वास्थ्यको कारण बाइडेन थप कार्यकाल प्रभावकारी राष्ट्रपति नहुन सक्दछन् । र, बाइडेन नै डेमोक्रेटिक उम्मेदवार हुने हो भने पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको विजयको सम्भावना बढ्ने छ ।

बाइडेनले यो सिद्ध गरे कि एक लोकतान्त्रिक राजनेताले आफ्ना अवसर र अधिकार मात्र हेरेर हुँदैन, आफ्ना समर्थकहरूको मनोभावना पनि बुझ्नपर्ने हुन्छ ।

चन्दादातासँग चुनावी प्रतिस्पर्धा

अब ‘रिम्याच’ को ‘प्रवृत्ति’ बदलिएको छ । चुनावी प्रतिस्पर्धा सन् २०२० को जस्तो हैन, सन् २०१६ को जस्तो हुने देखिएको छ । सन् २०१६ मा डोनाल्ड ट्रम्प र हिलारी क्लिन्टनबीच प्रतिस्पर्धा भएको थियो । यसपटक क्लिन्टनको ठाउँमा कमला ह्यारिस हुन सक्नेछिन् ।

क्लिन्टन र ह्यारिस बीचको भिन्नता यति हो कि क्लिन्टन ‘श्वेत’ र ह्यारिस ‘अश्वेत’ महिला हुन् । दुवैको दृष्टिकोण र व्यक्तित्वमा थुप्रै समानता छन् ।

बाइडेनको दौड परित्याग र ह्यारिसको प्रस्तावले डेमोक्रेटिक पार्टीका नेता कार्यकर्ता, समर्थक र मतदातामा उत्साह छाएको छ । सम्भवतः विपक्षी उम्मेदवार डोनाल्ड ट्रम्पले समेत थप दबाबको महसुस गरेका छन् ।

भनिन्छ– ट्रम्प आफैं कुनै बेला ह्यारिसको समर्थक थिए । सन् २०११ र २०१३ को क्यालिफोर्निया महान्यायधिवक्ताको प्रतिस्पर्धामा ट्रम्पले ह्यारिसलाई राम्रो रकम चन्दा सहयोग गरेका थिए ।

बाइडेनले आफ्नो नाम प्रस्ताव भएसँगै ह्यारिसले छोटो प्रतिक्रिया दिएकी थिइन्, ‘मतदान सुरु हुन १०७ दिन बाँकी छ । हामी मिल्छौं, हामी लड्छौं, हामी जित्छौं ।’

ह्यारिसको यस्तो प्रतिक्रियाले डेमोक्रेटिक समर्थकको उत्साहलाई ह्वात्तै माथि ल्याएको थियो ।

यो दौड सम्भवतः डोनाल्ड ट्रम्पका लागि पनि अन्तिम हो । उनले सन् २०१६ मा जस्तै यसपटक पनि महिला उम्मेदवारसँग भिड्नुपर्ने सम्भावना बढेको छ । विश्लेषकहरू ठान्दछन् कि यसले ट्रम्प आक्रमकता घटाउने छ ।

हिलारी पूर्वराष्ट्रपति बिल क्लिन्टनकी पत्नी हुन् । उनले चुनावताका परिवारवाद र शक्ति सम्भ्रान्तहरूको घेराभित्रकी पात्रको रूपमा चर्को आलोचना व्यहोरेकी थिइन् । ओबामा शासनकालमा उनी शक्तिशाली विदेशमन्त्रीका रूपमा परीक्षित पात्र थिइन् । अझ उनीमाथि मोनिका लेवेन्स्की काण्डमा पति बिलको बचाउ गरेको आरोप पनि थियो ।

तर, कमला ह्यारिसमाथि यस्ता कुनै आरोप छैनन् । उनी यस्ता सबै प्रकारका ‘ब्यागेज’मुक्त छन् ।

कमलाकी आमा भारतीय मूलकी तमिल महिला थिइन् र पिता जमैकाली अफ्रिकी । आप्रवासीहरूको देश भनेर चिनिने देशमा ह्यारिस बहुसाँस्कृतिकतावादी र समावेशी अमेरिकाको प्रतीक बन्न सक्नेछिन् ।

पहिला अश्वेत राष्ट्रपति बाराक ओबामाका पिता केन्याली अश्वेत भए पनि माता अमेरिकी श्वेत महिला नै थिइन् । ह्यारिस राष्ट्रपति निर्वाचित भएमा अमेरिकाको इतिहासले ओबामाकालीन सीमा पनि नाघेर अझ एक कदम अघि बढ्नेछ ।

उपराष्ट्रपति उम्मेदवार को ?

यो चुनावमा उपराष्ट्रपतिका लागि जोडा छनोट कमला ह्यारिसको अर्को चुनौती हो । श्वेत पुरुषमध्येबाट उपराष्ट्रपति उम्मेदवार छनौट हुने सम्भावना बढी छ, जसले समावेशिता र सन्तुलनको सन्देश दिनेछ ।

उता डोनाल्ड ट्रम्पले भने आफूभन्दा आधा कम उमेरका ३९ वर्षीय जेडी भान्सलाई उपराष्ट्रपति उम्मेदवार छनोट गरिसकेका छन् ।

लिङ्ग र वर्गको मात्र हैन, उमेरको बहस पनि ह्यारिसको अनुकूल हुन सक्दछ । अहिले उमेरमाथि पनि चर्को बहस भइरहेको छ र यो मुद्दाले पनि मतदाता हिस्सालाई प्रभावित गर्न सक्दछ । ७८ वर्षीय ट्रम्प सामु ५९ वर्षीया ह्यारिस युवा र ऊर्जावान नै मान्नुपर्छ । साथै, उनी परिपक्क उमेर समूहभित्र छिन् ।

ट्रम्पसँग साँच्चैको टक्कर

ट्रम्पसँगको चुनावी प्रतिस्पर्धामा बाइडेन निकै कमजोर र विचरा प्रतित भइरहेका थिए । यदि ह्यारिसलाई डेमोक्रेटिक पार्टीले अगाडि बढाएमा ट्रम्पले चुनावी बहसमा आफ्नै शैलीमा जवाफ पाउनेछन् । डेमोक्रेटिक पार्टीविरुद्ध आक्रामक देखिएका ट्रम्पविरुद्ध अहिलेसम्म ह्यारिस अग्रस्थानमा रहेर प्रतिकार गर्दै आएकी छन् ।

विपक्षीहरूको प्रहार सामना गर्न माहिर खासगरी अश्वेत मतदाता र महिलाबीच लोकप्रिय छन् ।

जुलाई १८ मा नर्थ क्यारोलिनामा भएको सार्वजनिक सभामा कमला ह्यारिसले ट्रम्पको एजेन्डालाई एकपछि अर्को गर्दै आक्रमण गरेकी थिइन् । त्यसपछि चर्चा के भयो भने कमला ह्यारिस डेमोक्रेटिक पार्टीमा ट्रम्पलाई आफ्नै शैलीमा जवाफ दिन सक्ने एक मात्र नेता हुन् ।

अहिलेसम्म चुनावी अभियानमा ट्रम्पले जो बाइडेनको व्यक्तित्वविरुद्ध सीधा प्रश्न र प्रहार केन्द्रित गर्दै आएका थिए । तर अब ट्रम्पसँग यो सुविधा रहनेछैन । यसले ट्रम्पको नेतृत्वमा भइरहेको एकतर्फी लडाइँलाई वास्तवमै द्विपक्षीय र रोचक बनाउनेछ ।

अन्तर्राष्ट्रिय मामिलामा विशेषज्ञता रहेकी ह्यारिस अमेरिकाको आन्तरिक राजनीतिमा मात्र पकड राख्दिनन्, विदेश मामिलामा पनि प्रखर छिन् । इजरायल वा युक्रेनका बारेमा कमलाको अडान बाइडेनको भन्दा बढी स्पष्ट छ । उनी यहूदी राष्ट्र इजरायलको कट्टर समर्थक हुन् । अन्तर्राष्ट्रिय मामिलामा स्पष्ट सोचका कारण उनले इजरायलका कट्टर समर्थक अमेरिकी जनताको मतलाई आकर्षित गर्न सक्छिन् ।

त्यसो त, ह्यारिसकी पति डगलस एमहफ एक यहूदी हुन् । उनीहरूले सन् २०१४ मा विवाह गरेका थिए । यसरी उनले यहूदी मतको फाइदा लिन सक्छिन् ।

ट्रम्पभन्दा १९ वर्ष कान्छी ह्यारिस डेमोक्रेटिक पार्टीमा भने बाइडेनपछि परिपक्व, जिम्मेवार मानिन्छिन् । यो अर्थमा उनले तुलनात्मक रूपमा नयाँ पुस्ताको प्रतिनिधित्व गर्छिन् भन्न सकिन्छ । बन्दुक, हिंसा, गर्भपतन जस्ता विषयमा बोलेर युवाहरुमाझ निकै लोकप्रिय रहँदै आएकी छन् ।

गर्भपतनमा ह्यारिस अडान

अमेरिकामा पछिल्लो पाँच दशकदेखि गर्भपतनको बहस चलिरहेको छ । सन् १९७२ मा अमेरिकी सर्वोच्च अदालतले एक मुद्दामा १२ हप्ताकी गर्भवती महिलालाई गर्भपतन गर्न अनुमति दिएको थियो । उक्त फैसलाले देशको जनमत दुई पक्षमा ध्रुवीकृत बन्यो ।

एकाथरीको विश्वास र बुझाइ छ– गर्भमा बच्चाको ज्यान लिनु पाप हो । ट्रम्पको रिपब्लिकन पार्टीले यही मतलाई समर्थन गर्छ ।

अर्काथरी, महिलालाई आफ्नो शरीरमा पूर्ण अधिकार रहेको मत राख्छन् । यदि तिनीहरू बच्चा जन्माउन चाहँदैनन् भने गर्भावस्थाको पहिलो १२ हप्तामा गर्भपात गर्ने अधिकार छ । यो मतको पक्षमा छ डेमोक्रेटिक पार्टी । ह्यारिस यसको पक्षमा स्पष्ट अडानमा छिन् ।

कमला ह्यारिस मार्च २०२४ मा गर्भपतन क्लिनिक पुगिन् । अमेरिकी इतिहासमा उपराष्ट्रपतिको आधिकारिक रूपमा गर्भपतन केन्द्र गएको यो पहिलो पटक हो । न्यूयोर्क टाइम्सका अनुसार कमलाले यसो गरेर आफू अधिकारको लडाइँमा अमेरिकी महिलाको साथमा रहेको बलियो सन्देश दिइन् । महिला मत तान्न उनका लागि यही अडान र गतिविधि काफी देखिन्छ ।

‘आप्रवासी एलियन होइनन्’

अमेरिका आफूलाई आप्रवासीहरूको देशको रूपमा चिनाउन चाहन्छ । हो पनि यस्तै ।

जुलाई १३ मा गोली लागेपछि ट्रम्पले जता संकेत गरे, त्यो थियो– डेमोक्रेटिक पार्टी सत्तामा हुँदा अवैध रूपमा अमेरिका गएका मानिसहरूको संख्या ।

जुलाई १९ मा राष्ट्रपतिको उम्मेदवार बनेपछि ट्रम्पले आफ्नो पहिलो भाषणमा पनि अवैध आप्रवासीको मुद्दा उठाए । ट्रम्प आप्रवासीलाई एलियनको संज्ञा दिने गर्छन् ।

सन् २०२० मा ट्रम्पले सत्ता छाडे र बाइडेन आए । यो अवधिमा अमेरिका प्रवेश गर्ने अवैध आप्रवासीहरूको संख्यामा कीर्तिमानी वृद्धि भएको विषय रिपब्लिकन पार्टीले जोडतोडका साथ उठाइरहेको छ ।

आप्रवासन मुद्दामा ह्यारिस असफल भएको विरोधीहरूको आरोप छ । तर उनी यो समस्यालाई जराबाटै समाधान खोज्नुपर्ने मत राख्छिन् । उनले अवैध आप्रवासीलाई राजनीतिक मुद्दाका रूपमा मात्रै हेर्न नसकिने मत राख्दै आएकी छन् ।

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढी, असार ५ - राष्ट्रिय परीक्षा बोर्ड (NEB) अन्तर्गत कक्षा १२ को परीक्षामा धनगढीस्थित एसपीए कलेजकी छात्रा नीतिका अवस्थी व्यवस्था...
सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

गृहमन्त्री सुधन गुरुङले सिन्धुलीको प्रहरी हिरासतमा श्रीकृष्ण विश्वकर्माको निधन भएको विषयमा छानबिन समिति गठन भई प्रतिवेदन प्राप्त भ...
बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको हिमाली गाउँपालिका–३ लामापाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाको खार्पुनाथ गाउँपालिकाका २३ जनालाई प्रहरीले पक्राउ गरेको छ...
कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरका खेलकुद पूर्वाधारमा बजेट विनियोजन भएपछि धमाधम संरचना निर्माण अघि बढेको छ। जिल्ला खेलकुद समिति कञ्चनपुरका अनुसार यहाँ क्र...