Skip to main content

धनगढी न्यूज

श्रीलंकाले सुपर ओभरमा ३ रनको लक्ष्य दिए, भारतले एक बलमै जित्यो!

Advertisement

काठमाडौं – श्रीलंकाविरुद्धको टी–२० सिरिजको तेस्रो खेलमा भारतले रोचक जित निकालेको छ। यसअघि सिरिजका दुई खेल जितिसकेको भारतविरुद्ध शानदार प्रदर्शन गरेको श्रीलंका अन्तिम खेलमा सुपर ओभरमा पराजित भएको हो। टस हारेर सुरुमा ब्याटिङ गरेको भारतले ९ विकेट गुमाउँदै १३७ रन बनाएको थियो। १३८ रनको लक्ष्य पछ्याएको श्रीलंकाले ८ विकेटको क्षतिमा १३७ रन बनाउँदै खेल सुपर ओभरमा धकेलेको हो।


सुपर ओभरमा पहिलो ब्याटिङ गरेको श्रीलंकाले दुई विकेट गुमाएर भारतलाई मात्र तीन रनको लक्ष्य दियो। उसका लागि कुसल मेन्डिसले दुई बलमा एक रन जोडे भने कुसल परेरा, पथुम निसानका शून्यमै आउट भए। अर्को एक रन वाइड पाएको श्रीलंकाले मात्र दुई रन जोडेको हो। भारतका वासिङ्टन सुन्दरले चार बल फाल्दा दुई विकेट हात पारेका हुन्।

३ रनको लक्ष्य पछ्याएको भारतका लागि कप्तान सूर्यकुमार यादवले पहिलो बलमा चौका प्रहार गर्दै रोचक जित निकालेका हुन्। यो रोचक जितसँगै भारतले श्रीलंकाविरुद्धको टी–२० सिरिजमा ३-० को शानदार जित निकालेको छ।

पहिलो खेलमा ४३ रनको जित निकालेको भारतले वर्षाका कारण अवरुद्ध भएको दोस्रो खेलमा डिएलएस पद्धतिमा ७ विकेटको जित निकालेको थियो। अब भारतले श्रीलंकासँगै ओडिआइका तीन खेलको सिरिज खेल्नेछ।

सूर्यकुमार यादवको कप्तानीमा श्रीलंका भ्रमणमा रहेको भारतले टी–२० र ओडिआइ दुवै सिरिज आफ्नो पक्षमा पार्ने लक्ष्य राखेको छ। भारतका प्रमुख प्रशिक्षक गौतम गाम्भीरले नयाँ कप्तानसहितको टिमलाई महत्त्व दिएका छन्। भारतको क्रिकेटमा नयाँ युगको सुरुवात गर्ने घोषणा गरेका गाम्भीरले सूर्यकुमारलाई कप्तान बनाएका हुन्। यो सिरिजलाई प्रशिक्षक गाम्भीर र कप्तान यादवको अग्नि परीक्षाको रुपमा लिइएको छ।

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढी, असार ५ - राष्ट्रिय परीक्षा बोर्ड (NEB) अन्तर्गत कक्षा १२ को परीक्षामा धनगढीस्थित एसपीए कलेजकी छात्रा नीतिका अवस्थी व्यवस्था...
सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

गृहमन्त्री सुधन गुरुङले सिन्धुलीको प्रहरी हिरासतमा श्रीकृष्ण विश्वकर्माको निधन भएको विषयमा छानबिन समिति गठन भई प्रतिवेदन प्राप्त भ...
बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको हिमाली गाउँपालिका–३ लामापाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाको खार्पुनाथ गाउँपालिकाका २३ जनालाई प्रहरीले पक्राउ गरेको छ...
कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरका खेलकुद पूर्वाधारमा बजेट विनियोजन भएपछि धमाधम संरचना निर्माण अघि बढेको छ। जिल्ला खेलकुद समिति कञ्चनपुरका अनुसार यहाँ क्र...