Skip to main content

धनगढी न्यूज

बाघको आतंक: दोधारा–चाँदनीमा चार बाख्रा मारिए, स्थानीय चिन्तित

Advertisement

कञ्चनपुरः बाघको आक्रमणबाट साउन १७ गते दोधारा–चाँदनी नगरपालिका–२ कमलशाह टोलकी २६ वर्षीया हीराकुमारी शाहले ज्यान गुमाइन्।

शुक्रबार नरभक्षी बाघलाई नियन्त्रणमा लिई बर्दिया राष्ट्रिय निकुञ्जको वन्यजन्तु उद्धार केन्द्र रम्मापुर पठाइएपछि स्थानीय ढुक्क भएका थिए।

तर, नरभक्षी बाघ नियन्त्रणमा लिएको २४ घण्टा पनि नबित्दै चारवटा बाख्रा मारिएपछि स्थानीय पुनः चिन्तित बनेका छन्। बाख्रा मारिएपछि बाघजस्तै नरभक्षी जनावर गाउँ पसेको भन्दै स्थानीयले जनप्रतिनिधि, प्रहरी र निकुञ्जका अधिकारीलाई पुनः गुहारेका छन्।

स्थानीयका अनुसार देवीस्थानका महेश रोकाया, जमुनाभाडीका ओमप्रकाश रोकाया, श्याम सुनार र धनबहादुर सुनारका एक/एक बाख्रा शुक्रबार राति मारिएका छन्। चारै किसानका गोठमा बाँधिएका बाख्रामाथि आक्रमण भएको हो। दोधाराचाँदनी नगरपालिकाका प्रमुख किशोरकुमार लिम्बूले गाउँमा पुनः बाघ आएको भन्दै स्थानीय पुनः त्रासमा रहेको बताए।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका निमित्त प्रमुख प्रमोदकुमार यादवले दोधारा–चाँदनीमा बाख्रा खाएको खबर आएको बताए। शुक्रबार राति नै बाघ देखिएको भनिएको स्थानमा राँगो छाडिएको र केही स्थानमा ड्रोन क्यामेराबाट हेरे पनि केही नभेटिएको उनले जानकारी दिए।

अघिल्लोपटक बाघले हीराकुमारीमाथि आक्रमण गरेपछि निकुञ्जले त्यस स्थानमा राँगा छाडेर नरभक्षी बाघलाई आकर्षित गरेको थियो। र, त्यसपछि नियन्त्रणमा लिएको थियो। यसपटक राँगा छाड्दा बाघ नआएको उनले बताए। स्थानीयले भने हीराकुमारीमाथि आक्रमण गरेको भाले बाघसँगै रहेको पोथी बाघ भएको आशंका गरेका छन्।

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढी, असार ५ - राष्ट्रिय परीक्षा बोर्ड (NEB) अन्तर्गत कक्षा १२ को परीक्षामा धनगढीस्थित एसपीए कलेजकी छात्रा नीतिका अवस्थी व्यवस्था...
सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

गृहमन्त्री सुधन गुरुङले सिन्धुलीको प्रहरी हिरासतमा श्रीकृष्ण विश्वकर्माको निधन भएको विषयमा छानबिन समिति गठन भई प्रतिवेदन प्राप्त भ...
बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको हिमाली गाउँपालिका–३ लामापाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाको खार्पुनाथ गाउँपालिकाका २३ जनालाई प्रहरीले पक्राउ गरेको छ...
कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरका खेलकुद पूर्वाधारमा बजेट विनियोजन भएपछि धमाधम संरचना निर्माण अघि बढेको छ। जिल्ला खेलकुद समिति कञ्चनपुरका अनुसार यहाँ क्र...