Skip to main content

धनगढी न्यूज

Day: August 4, 2024

सुदूरपश्चिमको मुख्यमन्त्रीमा कमलबहादुर शाह नियुक्त

सुदूरपश्चिमको मुख्यमन्त्रीमा कमलबहादुर शाह नियुक्त

कैलाली- सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाह नियुक्त भएका छन् । आइतबार नेकपा एमालेको समर्थनमा दाबी पेस गरेका शाहलाई प्रदेश प्रमुख नजिर मियाँले मुख्यमन्त्री नियुक्त गरेका हुन् । प्रदेश संसदीय दलका नेतासमेत रहेका शाह दोस्रोपटक सुदूरपश्चिमको मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । उनी पहिलोपटक २६ माघ २०७९ मा मुख्यमन्त्री बनेका थिए । उनले २२ चैतमा राजनीतिक समीकरण फेरिएपछि राजीनामा दिएका थिए ।
Read More
कक्षा १२ विज्ञानमा: कैलाली मोडेल का विद्यार्थी पाण्डेयको सुदूरपश्चिममा सर्वाधिक जिपिए

कक्षा १२ विज्ञानमा: कैलाली मोडेल का विद्यार्थी पाण्डेयको सुदूरपश्चिममा सर्वाधिक जिपिए

धनगढी: राष्ट्रिय परीक्षा बोर्डले शुक्रवार सार्वजनिक गरेको कक्षा १२ को नतिजामा धनगढी उपमहानगरपािलका वडा नम्बर ४ उत्तरबेहडीमा रहेको कैलाली मोडेल माध्यामिक विद्यालयका विद्यार्थी निराजन पाण्डेयले सुदूरपश्चिम प्रदेशमा सर्वाधिक जिपिए हासिल गरेका छन्। विज्ञान विषयका विद्यार्थी पाण्डेयले ३ दशमलव ९२ जिपिए हासिल गरेका हुन्। पाण्डेयले हासिल गरेको जिपिए देशभरमै चौथो सर्वाधिक बढी हो। विद्यालयका प्रधानाध्यापक तपेन्द्रबहादुर सिंहले निराजन लगनशील र अनुशासित विद्यार्थी भएका कारण यो उपलब्धी हाँसिल गर्न सफल भएको बताएका छन्। उनले निराजन लगायत परीक्षामा उत्तीर्ण सबै विद्यार्थीहरुलाई बधाइ समेत दिएका छन्। कैलाली मोडेलमा जम्मा २३८ जना विद्यार्थी परीक्षामा सहभागी भएका थिए जसमध्ये १६५ जना उत्तीर्ण भएका छन्।उत्तीर्ण भएका १६५ जना…
Read More
‘Deadpool & Wolverine’ ले विश्वभर $820 मिलियन कमाई गर्दै, 2024 को दोस्रो सबैभन्दा ठूलो फिल्म”

‘Deadpool & Wolverine’ ले विश्वभर $820 मिलियन कमाई गर्दै, 2024 को दोस्रो सबैभन्दा ठूलो फिल्म”

प्रकाशनको पहिलो सम्पूर्ण हप्तामा $630 मिलियन कमाई गरेपछि, Marvel Studio को रेकर्ड तोड्ने R-rated सुपर-सीक्वेल Deadpool & Wolverine ले आइतबारसम्म विश्वभर कम्तिमा $820 मिलियन कमाउने अनुमान गरिएको छ, जसले 2024 को दोस्रो सबैभन्दा ठूलो फिल्म बन्नेछ, एनिमेटेड ब्लकबस्टर Inside Out 2 को $1.5 बिलियनको पछि। सोमबारदेखि बिहीबारसम्म $186 मिलियनको कमाई स्पष्ट रूपमा ठूलो रकम हो, जसले औसतमा प्रतिदिन $46 मिलियन भन्दा बढी कमाई गर्छ। यसले Deadpool & Wolverine को लागि सकारात्मक माउथ पब्लिसिटीले अहिलेसम्मको रेकर्ड तोड्ने व्यवसायलाई चलाइरहेको सुझाव दिन्छ — तर पहिलो दुई Deadpool फिल्महरूले लगभग 2.7x को अन्तिम गुणकको औसत बनाएका थिए, त्यसैले हामी नयाँ फिल्मले त्यो औसतलाई…
Read More
बाघको आतंक: दोधारा–चाँदनीमा चार बाख्रा मारिए, स्थानीय चिन्तित

बाघको आतंक: दोधारा–चाँदनीमा चार बाख्रा मारिए, स्थानीय चिन्तित

कञ्चनपुरः बाघको आक्रमणबाट साउन १७ गते दोधारा–चाँदनी नगरपालिका–२ कमलशाह टोलकी २६ वर्षीया हीराकुमारी शाहले ज्यान गुमाइन्। शुक्रबार नरभक्षी बाघलाई नियन्त्रणमा लिई बर्दिया राष्ट्रिय निकुञ्जको वन्यजन्तु उद्धार केन्द्र रम्मापुर पठाइएपछि स्थानीय ढुक्क भएका थिए। तर, नरभक्षी बाघ नियन्त्रणमा लिएको २४ घण्टा पनि नबित्दै चारवटा बाख्रा मारिएपछि स्थानीय पुनः चिन्तित बनेका छन्। बाख्रा मारिएपछि बाघजस्तै नरभक्षी जनावर गाउँ पसेको भन्दै स्थानीयले जनप्रतिनिधि, प्रहरी र निकुञ्जका अधिकारीलाई पुनः गुहारेका छन्। स्थानीयका अनुसार देवीस्थानका महेश रोकाया, जमुनाभाडीका ओमप्रकाश रोकाया, श्याम सुनार र धनबहादुर सुनारका एक/एक बाख्रा शुक्रबार राति मारिएका छन्। चारै किसानका गोठमा बाँधिएका बाख्रामाथि आक्रमण भएको हो। दोधाराचाँदनी नगरपालिकाका प्रमुख किशोरकुमार लिम्बूले गाउँमा पुनः…
Read More
ओलम्पिकको शीर्ष स्थानका लागि अमेरिका र चीनको लडाइँ

ओलम्पिकको शीर्ष स्थानका लागि अमेरिका र चीनको लडाइँ

पेरिस ओलम्पिकमा शीर्ष स्थानका लागि अमेरिका र चीन बिचको प्रतिस्पर्धात्मक लडाइँ जारी छ। शनिबारको खेल सकिँदा चीन १६ स्वर्ण पदकका साथ पहिलो स्थानमा छ भने अमेरिका १४ स्वर्ण पदकका साथ दोस्रो स्थानमा छ। शनिबार अमेरिकी टोलीलाई केही धक्का भने लागेको छ। सेन्ट लुसियाकी जुलियन अलफ्रेडले अमेरिकी साकारी रिचर्डसनलाई स्तब्ध पार्दै यो वर्षको तेज महिला बनेकी छिन्। सो स्पर्धामा अमेरिकी मेलिसा जेफरसन दोस्रो स्थानमा सीमित भइन्। अलफ्रेड लेन्ट लुसियाको पहिलो ओलम्पिक पदक विजेता हुन्। सेन्ट लुसिया दुई लाख भन्दा कम जनसङ्ख्या भएको क्यारेबियन टापु हो। यस भन्दा अघिको सात ओलम्पिक संस्करणमा सेन्ट लुसियाले कुनै पदक जितेको थिएन। उनले आफ्नो दिवङ्गत बाबुले…
Read More
अमेरिकाको आग्रह: आफ्ना नागरिकलाई तत्काल लेबनान छोड्न

अमेरिकाको आग्रह: आफ्ना नागरिकलाई तत्काल लेबनान छोड्न

काठमाडौँ– अमेरिकाले आफ्ना नागरिकलाई कुनै पनि अवस्थामा तत्काल लेबनान छाड्न आग्रह गरेको छ । बेरुतमा रहेको अमेरिकी दूतावासले आफ्ना नागरिकहरूलाई मध्यपूर्वमा बढ्दो  बढ्दो तनावबारे जानकारी गराउँदै कुनै पनि टिकट लिएर अमेरिका फर्किन भनेको हो । इरानले गत बुधबार तेहरानमा हमास प्रमुख इस्माइल हानियाहको हत्याको लागि इजरायलको विरुद्धमा कठोर बदला लिने चेतावनी दिएपछि मध्यपूर्वमा थप युद्धको खतरा बढेको छ । इजरायलले बेरुतमा हिजबुल्लाह कमाण्डर फुआद शुक्रको हत्या गरेको केही घण्टापछि हमास प्रमुख इस्माइलको हत्या भएको थियो । हिजबुल्लाहले शनिबार उत्तरी इजरायलको बेइट हिलेल सहरमा दर्जनौँ रकेट प्रहार गरेको थियो । सामाजिक सञ्जालमा पोष्ट गरिएको फुटेजमा वायु रक्षा प्रणालीले मिसाइललाई रोकिरहेको देखाएको छ। हताहतको कुनै जानकारी प्राप्त भएको छैन । इरानको रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) ले हमासका…
Read More
बर्षाले: दुई सय रोपनी खेतमा नोक्सानी

बर्षाले: दुई सय रोपनी खेतमा नोक्सानी

सुलीकोट समाचारदाता   सुलीकोट, साउन २० गते । गोरखाको बेनी खोलामा आएको बाढीले दुई सय रोपनी धान खेत बगरमा परिणत गरिदिएको छ । गोरखा नगरपालिका–३ र ५ का स्थानीय किसानले लगाएको धान खेत लगातार परेको वर्षाका कारण बाढी आएर रोपोसहित बगाउँदा बगरमा परिणत भएको हो । बेनी खोलामा आएको बाढीले १९ वटा कुलो र दुई सय रोपनी खेत बगायो, स्थानीय किसान खिलबहादुर कुमालले भन्नुभयो, “बेनी खोलाको सयाैँ रोपनीमा रोपिएको खेत पूर्ण रूपमा बगर बनेको छ ।” बेनी खोलामा आएको बाढीले गोरखा नगरपालिकाभित्रका सयौँ किसान मर्कामा परेका छन् । माथिबाट ल्याएको ढुङ्गा, माटो, गेग्य्रान, रुखका हाँगाबिँगा, बालुवा र लेदोले पुरेपछि धेरै नै क्षति भएको छ । उहाँले…
Read More
मर्निङवाक गर्दा बाघले हमला गर्यो

मर्निङवाक गर्दा बाघले हमला गर्यो

शालिग्राम नेपाल चितवन, साउन २० गते । भरतपुर महानगरपालिका–१ स्थित नारायणी नदी किनारमा ‘ मर्निङवाक’ गरेको एक व्यक्तिलाई बाघले आक्रमण गर्दा घाइते भएका छन्  । बिहान करिब ५ः२० बजेको समयमा पैदल हिँडेका भरतपुर–२ बेलटाँडी बस्ने ६० वर्षीय पशुपति श्रेष्ठलाई एक्कासि बाघले आक्रमण गरेको चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिनुभयो । बाघको आक्रमणबाट घाइते भएको श्रेष्ठको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । उहाँको मुख र हातमा चोट लागेको छ । स्वास्थ्य अवस्था मध्यम रहेको अस्पतालले जानकारी दिएको छ । बाघको खोजी तथा नियन्त्रणको लागि जिल्ला वन कार्यालयबाट कर्मचारीहरू खटिएका छन् ।
Read More