Skip to main content

धनगढी न्यूज

मध्यराति किशोरीलाई जंगलमा लगेर सामूहिक बलात्कार, एक जना पक्राउ

Advertisement

अत्तरिया : कैलालीको गोदावरी नगरपालिका-१० का पदम थापा जबरजस्ती करणीको आरोपमा पक्राउ परेका छन्।

साउन ९ गते राति गोदावरी नगरपालिका-३ की १७ वर्षीया किशोरी लक्ष्मी (नाम परिवर्तन) लाई जंगलमा लगेर बलात्कार गरेको आरोपमा थापा पक्राउ परेका हुन्। पीडित किशोरीले प्रहरीमा उजुरी दिएपछि घट्ना अहिले वाहिर आएको हो ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक पदमबहादुर विष्टले साउन १५ गते थापालाई घरबाटै पक्राउ गरिएको जानकारी दिए। थापाले फेसबुकमा फेक आइडी बनाएर लक्ष्मीसँग कुरा गर्दै आइरहेका थिए।

परिचय लुकाएर कुरा गरिरहेका थापाले साउन ९ गते मध्यराति लक्ष्मीलाई घर बाहिर भेट्न बोलाए। लक्ष्मीलाई बाइकमा राखेर राति झण्डै १ः३० बजे गोदावरी नगरपालिका-१० को मालाखेती जंगलमा पुर्‍याए। थापाले सोही स्थानमा आफ्ना चार जना अन्य साथिहरुलाई समेत बोलाएका थिए।

थापासहित उनका अन्य साथिहरुले मालाखेती जंगलमा लक्ष्मीलाई सामूहिक बलात्कार गरेपछि पुनः घरमै ल्याएर छोडे। लक्ष्मीले आफूमाथि सामूहिक बलात्कार गर्ने कसैलाई पनि चिनेकी थिइनन्।

बलात्कारपछि थापाले पनि फेसबुकबाट ब्लक गरे। पीडित किशोरीले प्रहरीमा उजुरी दिएपछि, प्रहरीले अनुसन्धान थालेको थियो। प्रहरीले लक्ष्मीसंग कुराकानी गरेको फेक एकाउन्टको इमेल पहिचान गरी थापालाई पक्राउ गर्न सफल भएको एसपी विष्टले बताए।

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

बाढीपहिरो प्रभावितका लागि सुजङ्ग बोर्डिङ स्कुलद्वारा रु. २ लाख २२ हजार सहयोग

बाढीपहिरो प्रभावितका लागि सुजङ्ग बोर्डिङ स्कुलद्वारा रु. २ लाख २२ हजार सहयोग

सुदूरपश्चिमको डोटीस्थित सुजङ्ग इङ्लिस बोर्डिङ स्कुलले हालैको बाढी तथा पहिरोबाट प्रभावित परिवारको राहत र पुनःस्थापनाका लागि प्रधा...
एसपीए कलेजद्वारा उत्कृष्ट विद्यार्थी नितिका अवस्थी र चार्टर्ड अकाउन्टेन्ट इन्द्र रोकायालाई सम्मान

एसपीए कलेजद्वारा उत्कृष्ट विद्यार्थी नितिका अवस्थी र चार्टर्ड अकाउन्टेन्ट इन्द्र रोकायालाई सम्मान

धनगढी -सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपीए) कलेजले आफ्नो स्टेप अप गाला २०८३ कार्यक्रमका अवसरमा दुई जना उत्कृष्ट विद्यार्थीलाई सम्म...
नबिल एसएसई को तीन महिने तालिम कार्यक्रम प्रमाणपत्र वितरणसहित सम्पन्न

नबिल एसएसई को तीन महिने तालिम कार्यक्रम प्रमाणपत्र वितरणसहित सम्पन्न

धनगढी । सुदूरपश्चिमाञ्चल एकेडेमी एसपीए कलेज, धनगढी र नबिल बैंक लिमिटेडको सहकार्यमा सञ्चालित नबिल एसएसई (Nabil School of Social Ent...
डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव धनगढीमा

डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव धनगढीमा

९ साउन, धनगढी। धनगढीमा सत्याग्रह गरिरहेका डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चूडामणि पौडेल धनगढी प...